Skip to main content

Posts

Showing posts from October, 2014

एसएलसी नतिजा ग्रेडिङ प्रणालीमा

काठमाडौं :  परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीले आगामी वर्षदेखि प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्ने भएको छ। पहिलो चरणमा ९९ विद्यालयको परीक्षाको नतिजा मात्र ग्रेडिङ प्रणालीमा सार्वजनिक गरिनेछ।    यो प्रणालीबाट नतिजा सार्वजनिक भएपछि अहिलेजस्तो विद्यार्थीलाई उत्तीर्ण र अनुत्तीर्ण भनेर छुट्ट्याइने छैन। विद्यार्थीले पाएको अंकका आधारमा 'क, ख, ग, घ' वा 'ए, बी, सी, डी' मा श्रेणी छुट्ट्याएर प्रमाणपत्र दिइनेछ।     विद्यालय क्षेत्र सुधार योजना (एसएसआरपी) अनुसार परीक्षणका रूपमा गत वर्षदेखि ती ९९ विद्यालयमा प्राविधिक धारको पढाइ सुरु गरिएको हो। ती विद्यालयमा प्राविधिक धारअन्तर्गत कक्षा ९ देखि इन्जिनियरिङ, ओभरसियर र अन्य प्राविधिक विषयको पढाइ भइरहेको छ। एसएसआरपीअनुसार माध्यमिक तहमा प्राविधिक र साधारण धारका पढाइ हुन्छन्।    ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक भएपछि अहिलेजस्तो विद्यार्थीलाई उत्तीर्ण र अनुत्तीर्ण भनेर छुट्ट्याइने छैन। विद्यार्थीले पाएको अंकका आधारमा 'क, ख, ग, घ' वा 'ए, बी, सी, डी' मा श्रेणी छुट्ट्याए

श्रमिकका बालबालिका पढ्ने विद्यालयलाई कोरियाको सहयोग

पर्वत,  कार्तिक १३  : पर्वतको पाङ गाविसको मालढुङ्गामा रहेको श्रमिक प्राथमिक विद्यालयमा पढ्ने बालबालिकालाई दक्षिण कोरियामा रहेको ‘सोफिया हायर सेकेन्डरी स्कुल’ले सहयोग गरेको छ ।    बाग्लुङ र पर्वतको सिमानामा रहेको मालढुङ्गामा बस्ने श्रमिकहरूको बालबालिकालाई पढाउने उद्देश्यले २०६६ सालमा जिफन्टको सहयोगमा सो विद्यालय स्थापना भएको हो ।    सो विद्यालयमा पढ्ने ३५ जना विद्यार्थीलाई जाडोका लागि ज्याकेट, स्विटर तथा विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । मालढुङ्गामा बस्ने सुकुम्बासी श्रमिकहरूलाई काम र तिनका आश्रित बालबालिकालाई शिक्षा दिने उद्देश्यले सो विद्यालय स्थापना गरिएको विद्यालयका संस्थापक अध्यक्ष तथा जिफन्टका जिल्ला अध्यक्ष शिवप्रसाद पौडेलले बताए ।     वर्षभरि गिट्टी कुट्ने र बालुवा चालेर जीविका चलाउने श्रमिकहरूले बालबालिकालाई शिक्षा दिन नसक्दा उनीहरूको भविष्य अन्धकार बन्ने अवस्था आएकाले विभिन्न दातृ संस्थाको सहयोगमा सो विद्यालय स्थापना गरिएको पौडेलले बताए ।     कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा आवश्यक भवन तथा कोठा नहुँदा एउटै कोठामा दुईवटा कक्षा सञ्चालन गर्नुपरे

चौकीदारीबाट विद्यालय

बाजुरा, कार्तिक १३ - बाजुराको ब्रह्मतोला, बजेडीका स्थानीय बासिन्दाले भारतमा चौकीदारी गरी आर्जन गरेको कमाइबाट गाउँमा विद्यालय सञ्चालन गरेका छन् । स्थानीयकै पहलमा डेढ दशकअघि स्थापना गरिएको बजेडी विद्यालयलाई हाल निम्न माध्यमिक तहको बनाइएको छ । स्थापनाकालदेखि उक्त विद्यालय सञ्चालनका लागि भारतमा चौकीदारी गर्दै आएका स्थानीयवासीले नै रकमको जोहो गर्दै आएका छन् । बजेडीबाट प्रायः घरका एक जना भारतका विभिन्न सहरमा कार्यरत छन् । उनीहरूमध्ये अधिकांश भारतका विभिन्न स्थानमा रातभर चौकीदारी गर्दै आएका बजेडीका बासिन्दाले विद्यालयकै लागि भारतमा कोष बनाएर रकम पठाउने गरेका हुन् । 'अघिल्लो वर्ष डेढ लाख संकलन गरी शिक्षकको तलब दियौँ,' स्थानीय अभिभावक खडकराज जोशीले भने । गाउँका सयभन्दा बढी सदस्यले विद्यालय सञ्चालनका लागि भारतमा नियमित रकम जम्मा गरेर पठाउने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दयाराम जैशीले बताए । 'आफूले कमाएको रकमबाट वाषिर्क ५ प्रतिशत रकम भारत पुगेका कामदारले विद्यालयका लागि छुट्याउने गरेका छन्,' अध्यक्ष जैशीले भने । आठ कक्षासम्म पठनपाठन हुने भए पनि शिक्षक संख्या अपुग छ

एमबिबिएस छात्रवृत्तिका विद्यार्थी अन्योलमा

काठमाडौं, कार्तिक १३ - स्वास्थ्य मन्त्रालयले सिफारिस ढिलाइ गर्दा एमबिबिएस अध्ययनका निम्ति छात्रवृत्ति पाएका विद्यार्थी अन्योलमा परेका छन् । एमबिबिएस, बिडिएस र बिएस्सी नर्सिङ विषय पढ्ने तयारीमा रहेका करिब दुईसय विद्यार्थी अन्योलमा परेका हुन् । यी विद्यार्थीले शिक्षा मन्त्रालयले २०७० पुसमा प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । उनीहरुले साधारण र आरक्षित कोटामा अध्ययनको अवसर पाएका छन् । मन्त्रालयले अध्ययन गर्ने कलेज सिफारिस नगर्दा करिब दुई महिना पढाइ छुटिसकेको छ । विद्यार्थीले आफ्नो समस्यालाई लिएर नेपाल मेडिकल काउन्सिलल, शिक्षा र स्वास्थ्य मन्त्रालय धाइरहेका छन् । 'तर हाम्रो समस्याबारे सुनवाई हुनसकेन,' पीडित विद्यार्थी प्रतिनिधिले भने, 'यो निकायबाट त्यो निकायलाई दोष दिने काममात्र भइरहेको छ । पढ्ने अवसर गुमेकाले हामी अन्योलमा छौं ।'काठमाडौं विश्वविद्यालयअन्तर्गतका कलेजहरुले एमबिबिए, बिडिएस र नर्सिङ विषयका यो वर्षको सेसनको पठनपाठन सुरु गरिसकेका छन् । गत वर्षको विद्यार्थीलाई कलेज सिफारिस नगर्दै शिक्षा मन्त्रालयले यही २०७१ मंसिर पहिलो साता नयाँ सत्रका लागि एमबिबिएस प्रवेश

एमए पास गरेर कक्षा एक मा शिक्षक !

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएकै दिन प्युठानका श्यामबहादुर बुढाले गोर्खा सैनिकमा नियुक्ति पाए । घटनाले संसार तरंगित थियो, उनी सैनिक पोशाकमा सपथ लिदै थिए । त्यो थियो ३१ अक्टुबर १९८४ को कुरा । त्यसको ३ वर्षमै जागिर नछाडेको भए अहिले अवकास प्राप्त गोर्खा सैनिक श्याम बुढा भएर हिंडिरहेका हुन्थे । कडा सैनिक अनुशासनको चौघेरा उनको स्वतन्त्र स्वभावले थेग्न सकेन । 'अनि मैले सैनिक जागिर छाडेँ', बाँकेका शिक्षकले विगत सम्झे, 'मनदेखिनै इच्छा नभएपछि त्यो जागिरमा बसेर मैले प्रगति गर्न सक्दिन भन्ने लाग्यो र छाडिदिएँ ।'   भएको एउटा जागिर छाडेपछि उनी फुर्सदमा थिए । सोच आउँदै थियो व्यापार गरौं कि अरु जागिर खोजौं वा भारतमै अरु मजदुरी गर्न छिरुँ ? संयोग त्यही बेला बाँकेका चिनारु आफन्त स्कुल खोल्ने तयारी गरिरहेका थिए । समस्या के थियो भने स्कुल त खोल्ने, अरु विषय पढाउने शिक्षक फेला पर्लान् तर अंग्रेजी पढाउने कसले ? विकल्पमा देखिए तिनै श्यामबहादुर बुढा ।  सिम्लामा मजदुरी गर्ने बुबाले ५ वर्षकै उमेरमा पढाउनकै लागि साथ लगेका थिए । सिम्लामै उनले विद्यालय र प्रमाणपत्र तह सके

पोखरा विश्वविद्यालय : हरेक शिर्षकमा भ्रष्टाचार

काठमाडौं, कार्तिक १३ - पोखरा विश्वविद्यालयबाट नयाँ कलेजहरुलाई सम्बन्धन दिँने लगायत आर्थिक क्रियाकलाप हुने अधिकांश क्षेत्रमा भ्रष्टाचार भएको खुलेको छ । विश्वविद्यालयका पूर्व र बहालवाला गरी दुई उपकुलपति सहित अन्य पदाधिकारीविरुद्ध दायर भ्रष्टाचार मुद्दामा सम्बन्धन, भौतिक निर्माण, कर्मचारी नियक्ती लगायतमा आर्थिक चलखेल भेटिएको अनुसन्धानबाट खुलेको हो । मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्व उपकुलपति केशरजंग बराल र निलम्बित उपकुलपति खगेन्द्र भट्टराईले लगायतका पदाधिकारीहरुलाई गैरकानूनी सम्बन्धनका साथै अन्य अनियमिततामा संलग्न रहेको आरोप लगाइएको छ । 'शुरुमा सम्बन्धनका लागि दिएका निवेदनमाथि कुनै कारवाही नगरी तिनलाई रद्द गरिएको छ' अख्तियारस्रोतले भन्यो, 'त्यसलगत्तै केही महिनामा फेरी सूचना निकालेर सम्बन्धनका लागि आहृवान गरिएको छ ।' सम्बन्धनका क्रममा ९ लाख ५० हजार रुपैंया भ्रष्टाचार भएको दावी सहित अख्तियारले उपकुलपति खगेन्द्र भट्टराई, रजिष्ट्रार मानबहादुर केसी, योजना महाशाखा प्रमुख हरि खडा सहितलाई विपक्षी बनाएको छ । साधार

नेपालको अन्तरिम संविधान २०६३ सँग सम्बन्धित विषयबस्तु

नेपालको अन्तरिम संविधान २०६३ का प्रमुख विशेषताहरु: * जनताका प्रतिनिधिहरुले जारी गरेको पहिलो संविधान, * सार्वभौमसत्ता तथा राजकिय सत्ता जनतामा निहित * जनताका मौलिक हकसम्बन्धि स्पष्ट व्यबस्था * राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना (चौथो संशोधन पछि) * वर्गीय ,जातिय ,लेङ्गीक समस्या समाधान गर्न राज्यको पुनर्सँरचना गर्ने अवधारणा * प्रतिस्प्रधात्मक वहुदलिय शाषन व्यबस्था * नागरिक स्वतन्त्रताको निश्चितता * मानव अधिकारको प्रत्याभूति * वालिग मताधिकार * पूर्ण प्रेस स्वतन्त्रता * कानुनी राज्यको प्रत्याभूति * राष्ट्रपतिको व्यबस्था * राजनैतिक सहमतिको एउटा दस्तावेज नेपालको अन्तरिम संबिधान २०६३मा व्यवस्था भएका मौलिक हकहरु के के हुन ? नेपालको अन्तरिम संबिधान २०६३ को भाग ३ धारा १२ देखी धारा ३२ सम्मले नेपाली नागरिकका लागि मौलिक हकहरुको व्यवस्था गरेको छ। जुन यस प्रकार छन:- –धारा १२)स्वतन्त्रताको हक –धारा १३)समानताको हक –धारा १४)छुवाछुत तथा जातिय भेदभाव बिरुद्धको हक –धारा १५)प्रकाशन ,प्रसारण तथा छापाखाना सम्बन्धी हक –धारा १६)बातावरण तथा स्वास्थ्यसम्बन्धी हक –धारा १७)शिक्षा तथा सन्स्क्रिती सम्बन्धी हक

प्रथम विश्वयुद्धसँग सम्बन्धित विषयबस्तु

प्रथम विश्वयुद्ध १९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्य पूर्व (आंशिक रुपमा चीन र प्रशान्त द्विप समुह)मा चलेको लडाईंलाई प्रथम विश्वयुद्ध भनेर जानिन्छ| यी क्षेत्रहरुमा यो लडाईं जल, थल तथा आकाशमा लडिएको थियो| यस युद्धमा अभूतपूर्व ज्यान-मालको क्षति भएको थियो र नैं यस युद्धलाई विश्वयुद्ध भनिएको हो | औद्योगिक क्रांतिको कारण संसारका सबै ठूला देशहरुले आफ्नो उद्योगको निम्ति काँचो माल प्राप्त गर्नका साथै आफ्ना देशमा मेसिनद्वारा उत्पादित सामानहरु बेच्नको निम्ति संसारका कमजोर देशहरुलाई उपनिवेश बनाउन चाहन्थे | यो उद्देश्य प्राप्तिको निम्ति सैनिक शक्तिमा वृद्धि गराउनुका साथै कूटनैतिक संधिहरु पनि गरे | यो होडबाजीमा राष्ट्रहरुमा अविश्वास र वैमनस्यता बढ्यो र युद्ध गर्नु अनिवार्य भयो। ऑस्ट्रियाको सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या यस युद्धको तात्कालिक कारण थियो। यो घटना २८ जून, १९१४मा सेराजेवोमा भएको थियो| एक महिनापछि ऑस्ट्रियाले सर्बियाको विरुद्धको युद्ध घोषणा गरयो। रूस, फ्रान्स र ब्रिटेनले सर्बियालाई सहायता गरे र जर्मनीले आस्ट्रियालाई। अगस्तमा जापान, ब्रिटेन आदि

विश्वको भूगोल सम्बन्धी प्रश्नहरुको जवाफः

 क्षेत्रफलको हिसाबले सबैभन्दा सानो भु-परिवेष्टित राष्ट्र भ्याटिकन सिटी हो भने सबैभन्दा ठुलो भु-परिवेष्टित राष्ट्र कुन हो ? -- कजाकस्तान ** हजारौ तालको देश भनेर कुन देशलाई चिनिन्छ ? -- फिनल्याण्ड ** आधा रातमा सुर्य उदाउने देश कुन हो ? -- नर्वे ** भूगोल शब्दको अंग्रेजी शब्द Geography कुन भाषा सँग सम्बन्धित छ ? -- ग्रीक ** क्षेत्रफलको हिसाबल दक्षिणी सुडान विश्वको कति औ ठुलो राष्ट्र हो ? -- ९१ औ ** कोइला कुन प्रकारको उर्जा हो ? -- अनवीकरणिय ** 'Cartography' शब्दावली कुन सँग सरोकार राख्दछ ? -- Map ** भूगोल शब्दको प्रयोग सर्वप्रथम कसले गरेका थिए ? -- इरेस्टस्थनीज **विश्वमा सर्वप्रथम कफी खेतीको सुरुवात गर्ने देश कुन हो ? -- इथोपिया ** मृतसागर कुन देशमा पर्छ ? -- इजरायल ** गंगा, ब्रम्हपुत्र, सिन्ध, मेकङ नदीकुन महसागरमा मिसिने प्रमुख नदीहरु हुन् ? -- हिन्द

सामुदायिक स्कुलमा पूर्वप्राथमिक शिक्षाको तयारी

काठमाडौं,  कार्तीक १२  /  देशभरका सामुदायिक विद्यालयमा एकवर्षे पूर्वप्राथमिक शिक्षाको व्यवस्था गर्ने तयारी गरिएको छ । शिक्षा ऐनको आठौँ संशोधन मस्यौदामा सबै सार्वजनिक विद्यालयमा एकवर्षे पूर्वप्राथमिक शिक्षा दिने व्यवस्था गरिएको छ । देशभरमा करिब ३४ हजार सार्वजनिक विद्यालय छन् । ती सबै विद्यालयमा एकवर्षे पूर्वप्राथमिक शिक्षा सञ्चालन गर्ने विषयमा सहमति भएर ऐन संशोधन मस्यौदामा उल्लेख गरिएको शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले बताए । ऐनको मस्यौदा शिक्षा मन्त्रालयले संसद्मा पेस गर्ने तयारी गरेको छ । ‘देशभरका सामुदायिक विद्यालयमा एकरूपता कायम गर्न एकवर्षे पूर्वप्राथमिक शिक्षाको व्यवस्था गर्न लागिएको हो,’ सहसचिव लम्सालले भने, ‘यो व्यवस्था राख्न सबैको सहमति छ ।’ हाल एसएलसी दिँदासम्म सामुदायिक विद्यालयमै केहीले ११ वर्ष र केहीले १० वर्ष मात्र अध्ययन गर्ने गरेको उनको भनाइ छ । संशोधन मस्यौदा पारित भएर ऐन बनेपछि देशभरका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीमा समानता कायम हुने र सिकाइ उपलब्धि पनि बराबरी हुने लम्सालको भनाइ छ । सबै विद्यार्थीको आधार एउटै हुँदा माथिल्लो तहको अध्ययनमा समेत सहज

आन्दोलनरत शिक्षकलाई प्रहरीले बल प्रयोग गरी हटायो

काठमाडौँ,     कार्तिक १२ ।  लामो समयदेखि रत्नपार्कमा अनसनमा बस्दै आएका अस्थायी शिक्षकहरुलाई प्रहरीले हटाएको छ । रत्नपार्कस्थित शान्तिबाटिकामा झण्डै एक वर्षदेखि अस्थायी शिक्षक केन्द्रीय आन्दोलन समितिले रिले अनसन गर्दै आएको थियो । आसन्न सार्क सम्मेलनका क्रममा सहरलाई सजाउने क्रममा शान्तिबाटिकामा रहेका आन्दोलनकारीहरुलाई प्रहरी बल प्रयोग गरी हटाइएको बताइएको छ ।  आन्दोलनरत शिक्षकहरुले भने अब आफूहरुको आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताएका छन् ।  

पोखरा विश्वविद्यालय-- भ्रष्टाचार प्रकरण

काठमाडौ, कार्तिक १२ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जथाभावी सम्बन्धन दिएको र भवन निर्माणमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका पोखरा विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र पदाधिकारीसहित २४ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार पोखरा विश्वविद्यालयमा व्यापक आर्थिक भ्रष्टाचार भएको फेला परेकाले उपकुलपति प्रा. खगेन्द्र भट्टराई, रजिस्ट्रार मानबहादुर केसीसहित पूर्व तथा वर्तमान पदाधिकारी र कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको हो । अभियोगपत्रमा अख्तियारले विश्वविद्यालयको २ करेाड २४ लाख १६ हजार रुपैयाँ अनियमितता भएको जिकिर गरिएको छ । विश्वविद्यालयका पदाधिकारीहरूसँग भ्रष्टाचार भएको रकमबराबर बिगो असुलउपर गर्न तथा सोही बराबर जरिवाना असुल गर्न अभियोगपत्रमा मागदाबी गरिएको छ । अख्तियारले भ्रष्टाचार निवारण्ा ऐनबमोजिम उनीहरूलाई जनही अधिकतम पाँच वर्षसम्मको कैद सजाय गर्न माग गरेको छ । अख्तियारले गत साउन १५ देखि विश्वविद्यालयमा छानबिन थालेको थियो । अख्तियारको केन्द्रबाटै खटिएका र पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका कर्मचारीले लगातार एक

विद्यार्थी शुल्क सूचनापाटीमा राख्न निर्देशन

काठमाडौँ, ११ कात्तिक । निजी विद्यालय (संस्थागत) लाई विद्यार्थीको भर्ना र वार्षिक शुल्क सबैले थाहा पाउने गरी सूचनापाटीमा राख्ने व्यवस्था गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरोकार भएका निकायलाई मंगलबार निर्देशन दिएको छ । निजी विद्यालयले विद्यार्थी भर्ना गर्दा आफूखुसी र अस्वभाविक रुपमा वार्षिक शुल्क लिइरहँदा समेत सम्बन्धित सरकारी निकाय मौन रहेको भन्ने उजुरीका सम्बन्धमा आयोगले शिक्षा मन्त्रालयका सचिवलाई सो निर्देशन दिएको हो । शिक्षा ऐन र नियमावलीको व्यवस्थाबमोजिम एवम् विद्यार्थी, अविभावक तथा आम सर्वसाधारणको सूचनाको हकअनुरुप सबै तहका निजी विद्यालयमा शिक्षा विभागबाट शुल्क निर्धारण एवम् अद्यावधिकसमेत गरी सोको जानकारी सहजरुपमा देख्ने गरी विद्यालय परिसरमा राख्नुपर्ने आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विद्यार्थी भर्ना गर्दा लाग्ने शुल्क, कक्षागत लाग्ने मासिक शुल्क तथा अन्य प्रकारका शुल्कको सम्बन्धमा बुँदागत स्पष्ट उल्लेख गरी स्थायी रुपमा सर्वजनिक सूचनापाटीमा राख्न लगाउने व्यवस्था गराउन र त्यसको प्रभावकारी कार्यान्वयन एवम् अनुगमन मन्त्रालयबाट गर्ने व्यवस्था गर्न आयोगले पत्र लेख

कार्यमूलक अनुसन्धान

अनुसन्धानको पृष्ठभूमिः विद्यार्थीले विद्यालय छाड्नुको दोष स्वयं विद्यार्थीलाई नै दिएर अन्य पक्षप्रति चासो नदिने प्रवृत्ति प्रशस्तै छ । उनीहरु विभिन्न पारिवारिक, सामाजिक आदि कारणले विद्यालय छाड्न पुग्छन् भन्ने तर्फ कमैको मात्र ध्यान पुगेको देखिन्छ । आफ्नो विद्यालयमा पनि यसरी बिचमै विद्यालय छाड्ने विद्यार्थीहरुको संख्या उल्लेख्य रहेकोले यसै विषयमा कार्यमूलक अनुसन्धान गर्ने सोच बढ्यो । विद्यालयले विगतका वर्षहरुमा झैं विद्यालयले आयोजना गरेको घरदैलो अभियानका क्रममा म आफ्ना एकजना सहकर्मी शिक्षकका साथ विद्यार्थीहरुको पारिवारिक, आर्थिक र शैक्षिक अवस्थाका बारेमा बुझ्न उनीहरुको घरघरमा गएको थिएँ । घरदैलो अभियानका क्रममा हामीले जिम्मेवारी पाएको क्षेत्रमा जाने क्रममा एक जना विद्यार्थीको पारिवारिक अवस्थाको बारेमा हामीले उनको मिल्ने एकजना साथी मार्फत धेरै कुराको जानकारी पायौं । उनी विद्यालय आउन छाडेको ५ दिन भइसकेको हुँदा मलाई उनको बारेमा यस अघि नै चासो बढेको थियो । मेरो मनमा उठ्यो कि अब उनको घरमा गएर उनलाई नियमित विद्यालय ल्याउन कसरी सकिन्छ । यही विषयले मेरो मष्तिष्कमा घर बनाइरह्यो । सहकर्मी

General Knowledge

GK 1 National park - Established date - Area Chitwan - 2030 BS - 932 sq.km. Sagarmatha - 2032 BS - 1148 sq.km. Langtang - 2032 BS - 1710 sq.km. Rara - 2032 BS - 106 sq.km. Khaptad - 2042 BS - 225 sq.km. Shey Phoksundo - 2040 BS - 3555 sq.km. Bardia - 2032 BS - 968 sq.km. Makalu Barun - 2049 BS - 1500 sq.km. Shivapuri Nagarjun - 2058 BS - 159 sq.km. Banke - 2067 BS - 550 sq.km. GK 2. Mahendra Highway - 1024 km  Tribhuvan Highway - 189 km Araniko Highway - 114 km Prithivi Highway - 174 km Madan Ashrit Highway - 36 km Mechi Highway - 267 km Koshi Highway - 111 km Siddhartha Highway - 183 km Rapti Highway - 196 km Karnali Highway - 210 km Mahakali Highway - 320 km Seti Highway - 64 km Ratna Highway - 113 km GK 3 Deserts and their location Sahara - Africa Australian - Australia Arabian - Saudi Arabia and Yemen Kalahari - Botswana Gobi - Mongolia, China Taklamakan - China Namib - Namibia Somali - Somalia Atacama - Chile Thar - India, Pakistan Karakorum - Turkmenistan Sonoran - America

सामान्य ज्ञान ८

Group A १.लाल सलामको सुरुवाद गर्ने देश कुन हो ?-- अमेरिका  २.टाईको प्रचलन कुन देशबाट आएको हो ?-- फ्रान्स  ३.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो ?- -चीन  ४.कुन देशमा लामखुट्टे पाइदैन् ?--फ्रान्स  ५.विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो ?--स्वी डेन  ६.कुन देशमा अखबार कपडामा छापिन्छ ?--- स्पेन  ७.कुन देशको राष्ट्रिय गान छैन् ?-- स्वीट्जरल्या ण्ड  ८.कुन देशमा सर्प पाईदैन् ?--आईस्ल्याण्ड  ९.दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो ?--इजिप्ट  १०.कुन देशमा श्रीमती सुत्केरी हुदाँ कर्मचारी लोग्नेलाई पनि बिदा दिइन्छ ? --स्वीडेन  ११.सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो ?--चीन  १२.विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो ?--चीन १३.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन हो ?--मेक्सिको  १४.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो ?--भारत  १५.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो ?--अफगानिस्थान  १६.सबैभन्दा बढि मतदाता भएको देश कुन हो ?--भारत  १७.ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो ?--नेदरल्याण्ड  १८.सबैभन्दा बढि घरपा