Skip to main content

Posts

Showing posts from September, 2015

पश्चिमाञ्चलको नेपाली, अंग्रेजी र सामाजिकको अन्तिम नतिजा

माध्यमिक तह पश्चिमाञ्चल विषयः नेपाली वि.नं. १०११÷०७१–७२ खुला पदसंख्या ः द्दढ क्र.सं. रो.नं. नाम,थर ज्ञ ज्ञज्ञज्ञण्ज्ञण्ढण्ण् जीतकुमार के.सी. द्द ज्ञज्ञज्ञण्ज्ञण्ण्ढघ दीपक ज्ञवाली घ ज्ञण्ज्ञण्ज्ञण्द्धढज्ञ अर्जुनप्रसाद पाण्डेय द्ध ज्ञण्ज्ञण्ज्ञण्घघण् पिताम्बर पराजुली छ ज्ञण्ज्ञण्ज्ञण्ठठट कृष्ण प्रसाद घिमिरे ट ज्ञण्ज्ञण्ज्ञण्द्धघठ छविलाल न्यौपाने ठ ज्ञद्धज्ञण्ज्ञण्टज्ञड सुरेन्द्र चपाई ड ज्ञण्ज्ञण्ज्ञण्छछघ खडानन्द शर्मा ढ ज्ञघज्ञण्ज्ञण्घण्द्द मेघराज सापकोटा ज्ञण् ज्ञद्दज्ञण्ज्ञण्ज्ञघद्द नुर राज गैरे ज्ञज्ञ ज्ञज्ञज्ञण्ज्ञण्ज्ञज्ञज्ञ लिलापति घिमिरे ज्ञद्द ज्ञण्ज्ञण्ज्ञण्द्धछघ नविन कुमार शाही ज्ञघ ज्ञज्ञज्ञण्ज्ञण्छछघ फत बहादुर बस्नेत ज्ञद्ध ज्ञण्ज्ञण्ज्ञण्ठटद्द तिलक बहादुर बटाला ज्ञछ ज्ञज्ञज्ञण्ज्ञण्ण्द्दण् उषा न्यौपाने ज्ञट ज्ञण्ज्ञण्ज्ञण्ज्ञटड धनिराम भुसाल ज्ञठ ज्ञण्ज्ञण्ज्ञण्ज्ञद्धघ संझना विष्ट ज्ञड ज्ञघज्ञण्ज्ञण्द्दटठ पूर्ण पति कंडेल ज्ञढ ज्ञण्ज्ञण्ज्ञण्ज्ञढज्ञ पवित्रा कोइराला द्दण् ज्ञज्ञज्ञण्ज्ञण्द्धटद्ध ललिता कार्की द्दज्ञ ज्ञण्ज्ञण्ज्ञण्ण्ण्ढ भीमलाल भुसाल द्द

त्रिविद्वारा नयाँ क्याम्पस सम्बन्धनमा रोक

काठमाडौं ९ असोज /  आर्थिक चलखेल बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले नयाँ क्याम्पस सम्बन्धनमा रोक लगाएको छ । त्रिविसँग हालसम्म पनि सम्बन्धनसम्बन्धी स्पष्ट नीति नै छैन । डिनहरूले पेश गर्ने गरेको प्रस्तावका आधारमा त्रिविका पदाधिकारीहरूले सम्बन्धन प्रदानको निर्णय गर्दै आएका थिए । त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले सम्बन्धन नीति नै नभएको र जथाभावी रूपमा सम्बन्धन दिइनुहुन्न भनेर नयाँ सम्बन्धन रोक्का गरिएको जानकारी दिँदै भन्नुभयो, “नयाँ क्याम्पसलाई सम्बन्धन दिन केन्द्रीय नीति नै रहेनछ । त्यस्तो नीति बनेपछि मात्रै नयाँ सम्बन्धन खुलाउँछौँ ।” त्रिविले हालसम्म एक हजार ५० वटा क्याम्पसलाई सम्बन्धन दिएको छ । तीमध्ये ५६१ क्याम्पस निजीस्तरमा सञ्चालित छन् । त्रिविले सबैभन्दा बढी मध्यमाञ्चलमा र शिक्षाशास्त्र तथा व्यवस्थापन विषय अध्यापनका लागि सम्बन्धन दिएको छ । त्रिविका पाँच वटा सङ्काय र चार अध्ययन संस्थान छन् । उप–कुलपति डा. खनियाँले सम्बन्धनका लागि सङ्काय र अध्ययन संस्थानका गरी नौ वटा नीति रहेको बताउँदै सम्बन्धन नीति तर्जुमा गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो

म उपकुलपति हुनेछु -- प्रा.डा. मनप्रसाद वाग्ले

बलजफ्ती पढेर करै करमा तीन चोटी ब्याक पेपर लागेर स्नातकोत्तर उत्तीर्ण भएछु धन्य कापी जाँच्नेहरु मैले आफैंले चित्त नबुझाएको बिषयमा पनि उच्चतम अंक प्रदान गरी मलाई उम्काएछौ क्लास त टेकेकै छैन तर पनि नोट सार्ने निहुमा एक दर्जन जति साथी बनाइएछ धन्य ती सच्चा मित्र जसले चिट पास नगरेका भए म आजसम्म लण्ठु हुनेथिएँ कलेज नगएर पनि म व्यस्त थिएँ पार्टी कार्यालयले मलाई जिम्मा दियो सडकमा ढुंगा हान्ने र आन्दोलनमा मान्छे कुट्ने लुट्ने चुट्ने र तह लगाउने ठेक्का पट्टामा दादागिरी गरेर पार्टीलाई धनी बनाउने उमेर चढ्दै जाँदा झल्याँस्स भएछु भोलीको मेरो भविष्य के होला एउटा गतिलो ठाउँमा खुट्टा नटेके न परिवारले पत्याउँछन् न छिमेकीले पार्टी गुहारें र लुसुक्क विश्वविद्यालयमा छिरें सहायक प्राध्यापक भएर पार्टी कामले पढाउन गइएन बरु काजमै पार्टीको काम गरियो उपकुलपति आफ्नै पार्टीको भएकाले कुनै रोकतोक बिना मस्ती गरियो बरु सिनेट र कार्यकारी जस्तो शक्तिशाली ठाउँमा जिम्मेवार सदस्य पड्काइयो त्यसै कारण त नपढ़ाए पनि बिद्याबारिधी नगरेपनि आर्शिवादले प्राध

प्रस्तावित विद्यालय शिक्षा नीति,२०७२ --- प्रा.डा. विद्यानाथ कोइराला

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यालय शिक्षा नीति कस्तो हुनुपर्दछ भनेर व्यक्तिगत रुपमा मस्यौदा तयार गर्नुभएको छ । उहाँले वहस सिर्जना गर्न यो मस्यौदा तयार गर्नुभएको हो । मस्यौदाका प्रतिहरु उहाँले शिक्षा मन्त्रालयका पदाधिकारीहरुलाई पनि हस्तान्तरण गर्नुभएको छ । उहाँले यसबारेमा आफ्ना सुझावहरुको पनि अपेक्षा गर्नुभएको छ ।  प्रस्तावित विद्यालय शिक्षा नीति,२०७२ नीति १ः– सबै बालबालिकालाई अनिवार्य एवं निशुल्क रुपमा आधारभूत शिक्षा उपलव्ध गराइने छ ।   रणनीतिः– स्थानीय सरकारले अनिवार्य तथा निशुल्क शिक्षाको जिम्मेवारी लिने छ ।कार्यनीतिः– बालबालिकाको सामाजिक एवं आर्थिक अवस्थालाई दृष्टिगत गरी अनिवार्य एवं निशुल्क आधारभूत शिक्षाको लागि नियमित एवं खुला मोड प्रणाली लागु गरिने छ । स्थानीय विद्यालयमार्फत द्वैध मोड लागु गरिनेछ । अनौपचारिक शिक्षा सञ्चालक तथा तिनका संयन्त्रहरु विद्यालयद्धारा सञ्चालित द्वैध मोड प्रणालीलाई प्राविधिक सहयोग उपलव्ध गराउँने छन् ।   क्Should we say something about how economically disadvantaged region (where local govt can't raise fund to invest in educ

त्रिविद्वारा नयाँ क्याम्पस सम्बन्धनमा रोक

प्रकृति अधिकारी काठमाडौँ, असोज ८ गते । आर्थिक चलखेल बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले नयाँ क्याम्पस सम्बन्धनमा रोक लगाएको छ । त्रिविसँग हालसम्म पनि सम्बन्धनसम्बन्धी स्पष्ट नीति नै छैन । डिनहरूले पेश गर्ने गरेको प्रस्तावका आधारमा त्रिविका पदाधिकारीहरूले सम्बन्धन प्रदानको निर्णय गर्दै आएका थिए । त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले सम्बन्धन नीति नै नभएको र जथाभावी रूपमा सम्बन्धन दिइनुहुन्न भनेर नयाँ सम्बन्धन रोक्का गरिएको जानकारी दिँदै भन्नुभयो, “नयाँ क्याम्पसलाई सम्बन्धन दिन केन्द्रीय नीति नै रहेनछ । त्यस्तो नीति बनेपछि मात्रै नयाँ सम्बन्धन खुलाउँछौँ ।” त्रिविले हालसम्म एक हजार ५० वटा क्याम्पसलाई सम्बन्धन दिएको छ । तीमध्ये ५६१ क्याम्पस निजीस्तरमा सञ्चालित छन् । त्रिविले सबैभन्दा बढी मध्यमाञ्चलमा र शिक्षाशास्त्र तथा व्यवस्थापन विषय अध्यापनका लागि सम्बन्धन दिएको छ । त्रिविका पाँच वटा सङ्काय र चार अध्ययन संस्थान छन् । उप–कुलपति डा. खनियाँले सम्बन्धनका लागि सङ्काय र अध्ययन संस्थानका गरी नौ वटा नीति रहेको बताउँदै सम्बन्धन नीति तर्जुमा गर्न कार्यदल गठन गरिएको जानकारी

अव आधारभूत तह ९ कक्षासम्म हुने

काठमाडौँ ।अव कक्षा ९ सम्मको आधारभूत शिक्षा हुनेभएको छ । हालसम्म कक्षा १ देखि ८ सम्मलाइ आधारभूत शिक्षा मानिएको थियो । आधिकारीक रुपमा १–८ ले नै आधारभूत शिक्षाको मान्यता नपाउदै यो परिवर्तन हुन लागेको हो । विद्यालय क्षेत्र सुधार योजनाले १ देखि ८ सम्मको शिक्षालाई आधारभूत शिक्षा र ९ देखि १२ सम्मको शिक्षालाई माध्यमिक मानेको थियो । तर शिक्षा ऐन नआउदा त्यो कानुनीरुपमा लागु भएको थिएन । लागु् नहुदै आधार भूत शिक्षाको परिभाषा फेरिन लागेको हो । नयाँ संविधानमा पनि १ देखि ८ कक्षालाई आधारभूत शिक्षा मानेर अनिवार्य र निशुल्क गर्ने प्रताव गरिएको थियो । कोरीयामा गएकोमहिना सम्पन्न सन् २०३० पछिको शिक्षा नीति तय गर्न बसेको विश्व शिक्षा मञ्चको सभाले आधारभूत शिक्षा १ देखि ९ सम्मलाई मान्ने घोषण गरेको हो । त्यसमा नेपालका तर्फबाट सहभागि शिक्षा मन्त्री चित्रलेखा यादवले सहमति जनाएकीहुन् । विश्वका विभिन्न मुलुकका शिक्षामन्त्री, दातृ निकाय तथा संयुक्त राष्टसंघिय निकायहरुको सम्मेलनले जारी गरेको घोषणा पत्रमा कक्षा १ देखि १२ सम्म पुर्ण सरकारी लगानी सहितको निशुल्क शिक्षाको व्यवस्था गर्ने उल्लेख गरिएको छ । जसमा १

शिक्षकको कोटामा कर्मचारी, पत्रकार र शिक्षक नेता कोरिया जाँदै (नामावली सहित)

काठमाडौँ । कोरियन सरकारले उपलव्ध गराएको माध्यमिक शिक्षक कम्पुटर प्रशिक्षक तालिम लिन मन्त्रालयका कर्मचारी तिनका नातेदार र शिक्षक नेता सहितको जम्बो टोली कोरिया जाने भएको छ । कोरियन सरकारले नेपालको माध्यमिक विद्यालय तहमा कार्यरत शिक्षकलाई प्रशिक्षक तालिम दिएर आइसिटी शिक्षा (ICT education )लाई विद्यालयमा प्रभावकारी बनाउने उद्देश्यले यस वर्ष २२ कोटा उपलब्ध गराएको छ । कोरियाको उल्सान नगरमा आउदो नोभेम्बर २२ देखि डिसेम्बर ४ तारेखसम्म संचालन हुने उक्त तालिममा नेपालको तर्फबाट भने शिक्षकको सहभागिता नभई शिक्षा मन्त्रालयका कर्मचारी र तिनका नातेदार प्रा.वि.र नि.मा.वि. तहका शिक्षक, शिक्षक नेता तथा पत्रकार जाने भएका छन । कोरियन सरकारले विद्यालयस्तरमा प्रविधियुक्त शिक्षाको विस्तार गर्न भन्दै मावि शिक्षकहरुलाई वर्षेपिच्छे कम्पुटर प्रशिक्षक तालिम दिने गर्दै आएको छ । गत वर्ष उक्तकोटामा केहि मावि स्तरका शिक्षक नेता तथा अभिभावकहरुको टोली गएको थियो । त्यसको चौतर्फी आलोचना भएको थियो । त्यसपछि शिक्षकका संघसंगठनहरु र शिक्षामन्त्रालयले समेत पहिलो पटक भएकाले शिक्षक नेताहरु गएका र अव देखि वास्तविक मावि शिक

६२ उच्च माविमा आजदेखि प्राविधिक शिक्षा

काठमाडौं ८ असोज /   प्राविधिक विषय लिएर एसएलसी पास गरेका विद्यार्थीले बल्ल पढ्न पाउने भएको छ। यो कक्षा ११ को पढाइ हो। पढाउनका निम्ति सरकारले न्यूनतम पूर्वाधार पुगेका ६२ उच्च माध्यमिक विद्यालय छनोट गरेको छ। ती उच्च माविले कक्षा ११ र १२ सञ्चालन सम्बन्धन पाएका छन्। सम्बन्धन पाउनेमा भक्तपुर दरबार स्क्वायर हातामा रहेको श्री पद्म उच्च मावि एक हो। प्राविधिक धारमा एसएलसी उत्तीर्ण विद्यार्थी पढ्न पाउनुपर्ने मागसहित उक्त विद्यालयका प्राचार्य राम हाडाको अध्यक्षतामा प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय सञ्जालसमेत गठन गरेका छन्। लामो संघर्षपछि पठनपाठन सम्बन्धनसँगै सञ्जालको शुक्रबारबाट कक्षा सुरु गर्ने भएको छ। प्राविधिक धारका विद्यार्थी उच्च माविमा इन्जिनियरिङ पढ्न चाहनेले सिभिल, इलेक्ट्रिकल कम्प्युटर र इलेक्ट्रोलिक्स इन्जिनियरिङ पढ्नु पर्नेछ। कृषि प्राविधिक विषय रोज्नेले प्लान्ट र एनिमल साइन्स पढ्नु पर्नेछ। भक्तपुरको उक्त उच्च माविमा भने सिभिल इन्जिनियरिङको मात्र व्यवस्था छ। उक्त विषय रोज्नेले अनिवार्य विषयका रूपमा अंग्रेजी, फिजिक्स, केमेस्ट्री र गणित विषय एक–एक सय पूर्णाङ पढ्नु पर्न

छात्रामैत्री शौचालय निर्माण

पाल्पा, असोज ८ गते । जिल्लाका सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण भएपछि छात्राहरुलाई सहज भएको छ । छात्रामैत्री शौचालयको अभावमा छात्रालाई समस्या हुँदै आएकामा शौचालय निर्माणपछि उनीहरु महिनावारी भएको अवस्थामा पनि नियमित रुपमा विद्यालयमा आउन थालेका छन् । जिल्लामा विसं २०६८ देखि २०७२ असारसम्म २०६ वटा छात्रा शौचालय निर्माण भएको जिल्ला शिक्षा कार्यालय पाल्पाको प्राविधिक दीपेन्द्र बस्यालले जानकारी दिनुभयो । जिल्ला शिक्षा कार्यालयले विसं २०६८ देखि २०७० सम्म १०८ विद्यालयलाई प्रतिशौचालय रु दुई लाखका दरले अनुदान रकम प्रदान गरेको थियो भने २०७१ सालमा ९८ वटा विद्यालयलाई रु दुई लाख पचास हजारका दरले अनुदान रकम वितरण गरेको थियो । ती शौचालय निर्माणमा करिब रु चार करोड ५४ लाख खर्च भएको जानकारी जिशिकाले दिएको छ । रासस

उमाविमा दरबन्दी वितरण हुन सकेन

बैतडी, असोज ८ गते । बैतडीमा उच्च माध्यमिक विद्यालयका लागि आएको दरबन्दी अझै वितरण हुन सकेको छैन । छिमेकी जिल्लामा दरबन्दी वितरण भएर शिक्षकसमेत नियुक्त गरिसक्दा बैतडीमा भने दरबन्दी वितरणको कुनै छाँटकाँट देखिएको छैन । उच्च माध्यमिक तहको दरबन्दी वितरणका लागि गत महिना जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक लीलाधर बबालको संयोजकत्वमा समिति गठन गरेको भएपनि सो समितिले समेत दरबन्दी वितरणमा कुनै प्रगति गर्न सकेको छैन । जिल्ला शिक्षा अधिकारी अमर भट्टले स्थानीय विकास अधिकारी जिल्लामा नभएकाले निर्णय गर्न नसकेको बताउनुभयो । एसएलसी पूरक परीक्षाभन्दा पहिला नै दरबन्दी वितरणको समस्या समाधान हुने बताउँदै उहाँले अब भने पूरकमा उत्तीर्ण भएका विद्यार्थी भर्ना भएपछि मात्रै दरबन्दी वितरणको काम सम्पन्न हुने उल्लेख गर्नुभयो । शिक्षा विभागले यस वर्ष बैतडीका उच्च माध्यमिक विद्यालयका लागि ३५ दरबन्दी सिर्जना गरेको छ । रासस

नेपालको संविधान २०७२ मा व्यवस्था गरिएका मौलिक हकहरु::-

नेपालको संविधान २०७२ मा व्यवस्था गरिएका मौलिक हकहरु::- १. सम्मानपूर्वक बाच्न पाउने हक (धारा१६) २. स्वतंत्रताको हक (धारा१७) ३. समानताको हक (धारा१८) ४. संचारको हक (धारा१९) ५.न्याय सम्बन्धी हक (धारा२०) ६. अपराध पिढीतको हक (धारा२१) ७. यातना विरुद्धको हक (धारा२२) ८. निवारक नजर बन्द विरुद्धको हक (धारा२३) ९. छुवाछुत तथा भेदभाव विरुद्धको हक (धारा२४) १०. सम्पतीको हक (धारा२५) ११. धार्मिक स्वतन्त्रताको हक (धारा२६) १२. सुचनाको हक (धारा२७) १३. गोपनियताको हक (धारा२८) १४. शोषण बन्द विरुद्धको हक (धारा२९) १५. स्वच्छ वातावरणको हक (धारा३०) १६. शिक्षाको हक (धारा३१) १७. भाषा तथा संस्कृतीको हक (धारा३२) १८. रोजगारीको हक (धारा३३) १९. श्रमको हक (धारा३४) २०. स्वास्थ्य सम्बन्धी हक (धारा३५) २१. खाद्य सम्बन्धी हक (धारा३६) २२. आवासको हक (धारा३७) २३. महिला को हक (धारा३८) २४. बालबालिकाको हक (धारा३९) २५. दलितको हक (धारा४०) २६. जेष्ठ नागरिकको हक (धारा४१) २७. सामाजिक न्यायको हक (धारा४२) २८. सामाजिक सुरक्षाको हक (धारा४३) २९. उपभोक्ताको हक (धारा४४) ३०. देश निकाला विरुद्धको हक (धारा४५) ३१. संवैधानिक उपचारको हक (धारा४६)

पश्चिमाञ्चलको निमावि सामाजिक विषयको नतिजा

पश्चिमाञ्चलको निमावि समाजिक विषयको नतिजा क्र.नं. रो.नं. उम्मेदवारको नाम छनौट समूह ज्ञ. ज्ञण्द्दण्छण्ण्ण्ड कमल पौडेल क्षेत्री खुला द्द. ज्ञण्द्दण्छण्ण्द्दद्ध श्यामलाल न्यौपाने अपाङ्गता घ. ज्ञण्द्दण्छण्ण्घढ हस्तबहादुर वि.सी. खुला द्ध. ज्ञण्द्दण्छण्ण्छठ हरिनारायण प्रसाद चौधरी मधेशी छ. ज्ञण्द्दण्छण्ण्छढ जमुना श्रेष्ठ महिला, आ.ज. ट. ज्ञण्द्दण्छण्ण्ठज्ञ लोकनाथ मिश्र उपाध्याय खुला ठ. ज्ञण्द्दण्छण्ण्ठढ रमा कुमारी खड्का खुला, महिला ड. ज्ञण्द्दण्छण्ण्डज्ञ बुद्धिमाया गुरौ महिला ढ. ज्ञण्द्दण्छण्ण्ढज्ञ गणेशकुमार यादव मधेशी, अपाङ्गता ज्ञण्. ज्ञण्द्दण्छण्ण्ढड दिपक कुमार यादव मधेशी ज्ञज्ञ. ज्ञण्द्दण्छण्ज्ञज्ञट गगन बहादुर खड्का पि.क्षे. ज्ञद्द. ज्ञण्द्दण्छण्ज्ञज्ञठ नरबहादुर नेपाली खुला, दलित ज्ञघ. ज्ञण्द्दण्छण्द्दद्दड मञ्जु पन्थी महिला ज्ञद्ध. ज्ञण्द्दण्छण्द्दढठ सुरेश प्रसाद धवल दलित ज्ञछ. ज्ञण्द्दण्छण्घठड लालबहादुर बुढा अपाङ्गता ज्ञट. ज्ञण्द्दण्छण्द्धज्ञढ विष्णुबहादुर बोहरा खुला ज्ञठ. ज्ञण्द्दण्छण्द्धद्दघ गोमा कुमारी शर्मा महिला ज्ञड. ज्ञण्द्दण्छण्द्धद्धठ अतीराम ओली खुला ज्ञढ. ज्