Skip to main content

एसएलसी अनियमितता गर्नेलाई कडा कारबाही

७९ औ संस्करणको एसएलसी परीक्षा बिहीबारदेखि सुरु हुदैछ । परीक्षा चैत १ देखि ९ गतेसम्म चल्नेछ । हरेक दिन बिहान ८ बजेदेखि सुरु परीक्षा ११ बजेसम्म हुनेछ ।
 dinanath-sharmaभक्तपुर, फाल्गुन २९ - शिक्षा मन्त्री दीनानाथ शर्माले एसएलसी परीक्षामा अनियमितता गर्नेलाई कडाइका साथ कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । 'परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०६८ अनुसार अनियमिता गर्ने कसैलाई बाँकी राखिने छैन,' राजधानीमा मंगलबार आयोजित अन्तक्रिर्यामा मन्त्री शर्माले भने, 'चाहे चिट चोराउने, कालोपाटीमा लेखाएर विद्यार्थीलाई अनियमितता गराउने शिक्षक हुन् या विद्यार्थी र कर्मचारीदेखि सुरक्षामा खटिने सुरक्षाकर्मी अनियमितता गर्ने कसैलाई छुट दिइने छैन ।' परीक्षाको गुणस्तरमा सरकारले सम्झौता गर्न नसक्ने उनले उल्लेख गरे ।
त्यसैगरी शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले चौध अञ्चलमा चौधैजना सहसचिव स्थलगत अवलोकनमा खटाइएको बताए । 'परीक्षाका निम्ति सार्वजनिक सूचना जारी भइसकेको छ,' उनले भने, 'निर्देशिका लागू भएको छ । यदि कसैले अनियमितता गरेको फेलापरे कारबाही गरिनेछ ।' अनियमिता गर्नेलाई एक लाख रुपैयाँ जरिवाना र छ महिना कैद हुनसक्ने छ ।
यसैगरी परीक्षा नियन्त्रक खगराज बरालले एसएलसी परीक्षाको तयारी पुरा भएको जनाएका छन् । ७९ औ संस्करणको एसएलसी परीक्षा बिहीबारदेखि सुरु हुदैछ । परीक्षा चैत १ देखि ९ गतेसम्म चल्नेछ । हरेक दिन बिहान ८ बजेदेखि सुरु परीक्षा ११ बजेसम्म हुनेछ ।
नियन्त्रक बरालले सबै जिल्लाका परीक्षा केन्द्रहरूमा उत्तरपुस्तिका पुगिसकेको बताए । जिल्लालाई आवश्यक पर्ने परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, केन्द्राध्यक्ष निर्देशन पुस्तिका र खर्चको अख्तियारी जिल्ला शिक्षा कार्यालयहरूमा पुगिसकेकोे उनले बताए । त्यस्तै केन्द्राध्यक्ष नियुक्ति र अभिमुखीकरणका कार्यक्रम सकिएको उनले जनाकारी दिए । परीक्षामा ५ लाख ४७ हजार १ सय ६५ जना सहभागि हुदैछन् । त्यसमा नियमितर्फ ४ लाख ३० हजार ९७  र एक्जेम्टेडतर्फ १ लाख १७ हजार ६८ जना छन् । त्यस्तै १ हजार ७ सय ८६ परीक्षा केन्द्र निर्धारण गरिएको छ  । परीक्षा सञ्चालनका लागि १ हजार ७ सय ८६ केन्द्राध्यक्ष, २ हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८ सय ९० निरीक्षक, ७ हजार २ सय ९७ सहयोगी र १७ हजार ८ सय ६० सुरक्षाकर्मी परिचालन हुने बरालले बताए ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन शिक्षा ऐन २०२८ को दफा १७ मा प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा, परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्विकृतिविना प्रवेश गरेमा, अरूको तर्फबाट परीक्षा दिएमा र परीक्षाको मर्यादा भङ्ग हुने कुनै कार्य गरेमा त्यस्ता व्यक्तिलाई १ लाख रुपैयासम्म जरिवाना, ६ महिनासम्म  कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।  शिक्षा नियमावली २०५९ को नियम ४३ मा परीक्षा सम्बन्धी नियम उल्लङ्घन गर्ने शिक्षक तथा कर्मचारीहरूलाई आवश्यक कारबाही गर्ने जनाएको छ ।  परीक्षा केन्द्रमा एउटा परीक्षार्थीको सट्टा अर्को व्यक्तिले नक्कली परीक्षार्थी भई परीक्षा दिएको पाइएमा रद्द गरी कम्तिमा २ वर्षसम्म निष्काशन गर्न सकिने व्यवस्था गरेको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...