Skip to main content

निष्काशित चार निरीक्षकहरु माथिको कार्बाही फिर्ता गर्न जिशिअलाई दबाब !




सुवास कँडेल, बागलुङ २०६९ चैत ३ । बागलुङमा यो वर्षको एसएलसी परीक्षालाई मर्यादित बनाउन तयार गरिएको आचारसंहिता कार्यान्वयनको विषयले यतिवेला जिल्ला शिक्षा कार्यालयमा तनाव उत्पन्न भएको छ ।
जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले परीक्षाको पहिलो दिन चार जना विद्यालय निरीक्षकहरु फणिन्द्र आचार्य, मञ्जु शर्मा, रञ्जना पन्त र नारायण लामिछानेलाई परीक्षा स्थलमै परीक्षालाई मर्यादित बनाउन तयार परोको १७ बुँदे आचारसंहिता उल्लंघन गरेको भनेर कार्वाहिका लागि केन्द्राध्यक्षलाई सिफारिस गरेका छन् । तर त्यस्को केहि घण्टा नवित्दै जिल्ला शिक्षा अधिकारी र कार्यालयका अरु कर्मचारीहरुलाई कार्वाही फुकुवा गर्नका लािग दवाव आउन थालेको शिक्षा स्रोतले बताएको छ ।
खास गरि राजनीतिक दल र शिक्षक संगठनहरुले उक्त आचारसंहिता पालना गर्ने भनेपनि कार्वाहिको सिफारिसमा परेका चार जनालाई उन्मुक्ति दिनका लागि दवाव दिएको जिल्ला शिक्षा अधिकारी पौडेलले बताउदै आचारसंहिता उल्लंघन गर्ने चारै जनालाई पुनः निरीक्षकको रुपमा राख्न नमिल्ने स्पष्ट पारेका छन् ।
शिक्षा कार्यालयले एक सूचना जारी गरि नाम फरक परेको भनेर उम्कन खोजेपनि कतिपयले यसलाई जिल्ला शिक्षा अधिकारीकै कमजोरीको रुपमा बुझेका छन् । जिशिअ पौडेलले पहिलो दिन पत्रकारकै रोहवरमा चार जना निरीक्षकको नाम सार्वजनिक गरेका थिए तर अहिले आएर शिक्षक संघ संगठनको दवाव पछि कार्यालयले आफुले नाम नदिएको तर, पत्रकारले थाहा पाएको भनेर भाका फेरेको छ ।
जिल्लाका केहि राजनीतिक दल र शिक्षक संघ संगठनले कार्वाहिमा परेकालाई जिल्ला शिक्षा कार्यालयमा गएर दवाव दिदै कार्वाहिमा परेका निरिक्षकहरुलाई कार्वाहि नगर्न आग्रह गरेपछि शिक्षा कार्यालय केहि लचिलो बनेको बताईन्छ । तर, जिल्ला शिक्षा अधिकारी पौडेलले भने भोलिका दिनमा ती निरीक्षकहरु परीक्षामा सहभागी गराए अर्को कदम चाल्ने बताए ।
जिल्ला शिक्षा अधिकारी पौडेललाई सम्पर्क गरि अन्तवार्ता दिन आग्रह गर्दा आफु विवादमा आउन नचाहेको प्रतिक्रिया दिए । उनले अन्तरवार्ता पछि झन् ठुलो दवाव आउनसक्ने भएकाले कुराकानी गर्न नचाहेको पनि बताए ।


२ चैत,महोत्तरी/
महोत्तरीको गौशालामा रहेको त्रिभुवन उच्च मावि परीक्षाकेन्द्रमा संचारकर्मीलाई परीक्षाहलमा प्रवेश गर्नमा रोक लगाएका छन । एसएलसी परीक्षाको दोश्रो दिन नेपाली विषयको परीक्षा चलिरहेको बेलामा जिल्ला शिक्षा कार्यालय जलेश्वरबाट आएको अनुगमन टोली संग पत्रकारहरू रिपोर्टिङ्ग गर्न जादा विशेष परिस्थितीमा मात्रै परीक्षाहल भित्र रिपोटिङ्ग गर्न सक्ने भन्दै स्थानिय प्रशासनले रोक लगाएको हो । यता प्रमुख जिल्ला अधिकारी विष्णु थापा, जिल्ला शिक्षा अधिकारी कृष्ण प्रसाद पोखरेल तथा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष हरी मण्डलसंग जानकारी लिदा एसएलसी परीक्षा अबधी भरी पत्रकारले आफनो परिचयपत्र देखाई केन्द्राध्यक्ष वा अनुगमन टोलीसंग रिपोर्टिङ्ग गर्न सक्ने बताउनुभयो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...