Skip to main content

विद्यार्थीको जाँच सकेपछि शिक्षकहरु आफ्नै जाँचको तयारीमा


१३ चैत, काठमाडौं । एसएलसी सकिएको र अरु कक्षाको वाषिर्क परीक्षा पनि सकिन लागेपछि विद्यालयमा कार्यरत अस्थायी र करार शिक्षकहरु आफ्नै जाँचको तयारीमा जुटेका छन् । आउँदो जेठ दोस्रो हप्ता हुने स्थायी शिक्षकको परीक्षाका लागि झण्डै ५ लाखले आवेदन दिएका छन् । आवेदन दिएका कार्यरत र नयाँ शिक्षकहरु अहिले तयारीमा व्यस्त भएका छन् ।
स्थायी शिक्षकको दरबन्दी सबै जिल्लामा गरी ४ लाख ७९ हजार ८ सय ५३ रहेको शिक्षक सेवा आयोगले जनाएको छ । आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी १३ हजार ५९ शिक्षकलाई स्थायी गर्ने गरी दरखास्त आहृवान गरेको छ । माध्यमिक तहमा २ हजार २ सय ८६ पदका लागि ६१ हजार ३४ को आवेदन परेको छ । यस्तै निम्न माध्यमिक तहमा २ हजार ७ सय ९३ पदको लागि १ लाख ६६ हजार ५ सय ५८ ले आवेदन दिएका छन् । प्राथमिक तहको ७ हजार ९ सय ८० पदको लागि २ लाख ५२ हजार २ सय ६१ को आवेदन परेको छ ।
सबैभन्दा बढी काठमाडौंमा २७ हजार ८ सय ९१ जनाको आवेदन परेको छ । काठमाडौंमा माविका लागि ३ हजार ९ सय ३७, निमाविका लागि ९ हजार ४ सय ९३ र प्राविका लागि १४ हजार ४ सय ६१ ले दरखास्त दिएको आयोगले जनाएको छ । आयोगले १७ वर्षपछि खुला गरेको स्थायी शिक्षकका लागि आउँदो जेठ ९, १० र ११ गते लिखित परीक्षा लिँदैछ ।
परीक्षाका लागि आयोगले सबै विषयको नमूना प्रश्नपत्र पनि सार्वजनिक गरेको छ । आयोगको वेवसाइटमा नमूना प्रश्नपत्र र पाठ्यक्रम हेर्न सकिने शिक्षक सेवा आयोगका अध्यक्ष उदयराज सोतीले जानकारी दिनुभयो ।
हाल देशभर झण्डै २५ हजार शिक्षक पद रिक्त रहे पनि आयोगले १३ हजार ५९ शिक्षकलाई स्थायी गर्ने गरी दरखास्त आहृवान गरेको हो । हाल देशभर एक लाख ४७ हजार शिक्षक रहेकोमा ४० हजारको संख्यामा अस्थायी र राहत शिक्षक कार्यरत छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...