Skip to main content

विद्यार्थीको घरमा शिक्षक जानैपर्ने व्यवस्था



काठमाडौं, १६ चैत
शिक्षा विभागले सिकाइमा सुधार गर्न शिक्षक प्रत्येक विद्यार्थीको घरमा जानैपर्ने अनिवार्य व्यवस्था गर्ने भएको छ । आगामी शैक्षिक सत्रदेखि कक्षा एकदेखि तीनसम्म एक शिक्षक एक कक्षाको व्यवस्था गर्ने र शिक्षकलाई विद्यार्थीको
घरमै पुग्नुपर्ने व्यवस्था गर्न
लागेको हो । 
शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीका अनुसार कक्षा शिक्षक तीन्ा महिनामा एकपटक स्वयं विद्यार्थीको घरमा पुगेर अभिभावकलाई भेट्ने र विद्यार्थीको पढाइबारे छलफल गर्नुपर्ने बताए । 
शुक्रबार भएको पत्रकार सम्मेलनमा महानिर्देशक अवस्थीले भने, 'सिकाइलाई उपलब्धिपूर्ण बनाउन शिक्षक विद्यार्थीका घरमा पुग्नेछन् र शिक्षकले विद्यार्थीको कमजोरी पत्ता लगाई सिकाइमा सुधार गर्न सक्छ ।' 
विभागले विद्यार्थीको सिकाइलाई उपलब्धिमुखी बनाउन नयाँ शैक्षिकसत्रदेखि प्राथमिक तहमा 'एक कक्षा एक शिक्षक'को व्यवस्था गर्ने भएको छ । धेरै शिक्षकले पढाउँदा साना विद्यार्थीको सिकाइमा खासै उन्न्ाति हुन नसकेपछि विभागले एक शिक्षक एक कक्षाको अवधारणा ल्याएको हो । 
विभागले देशभरका सबै विद्यालयलाई सर्कुलर जारी गरी 'एक कक्षा एक शिक्षक' सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ । आगामी शैक्षिकसत्रमा कक्षा एकदेखि तीन कक्षासम्मका लागि एक शिक्षक एक कक्षामा राख्न्ा सुरु गर्ने भएको छ । 
विभागले ०७० लाई 'सिकाइ सुधार वर्ष'का रूपमा लिने र समग्र एक कक्षा एक शिक्षकको प्रणाली अपनाएर आगामी वर्षमा प्राथामिक तहको अहिलेको सिकाइ उपलब्धि ४० प्रतिशतलाई ६० प्रतिशतमा पुर्‍याउने लक्ष्य लिएको छ । प्राथमिक तहको गुणस्तर खस्केका कारण एक कक्षाको जिम्मा एक शिक्षकलाई दिन लागिएको हो । ती शिक्षकलाई तालिम दिने तयारीसमेत विभागको छ ।
सरकारले धेरै प्रयास गरेको भनिए पनि अहिले पनि विद्यालय उमेर समूहका चार दशमलव सात प्रतिशत बालबालिका विद्यालय आउन सकेका छैनन् । विभागले ०७१ सम्म्ा सबै बालबालिकालाई विद्यालय ल्याउन अनिवार्य भर्ना अभियानसमेत गर्ने जनाएको छ । दुई वर्षभित्र विद्यालयबाहिर रहेका विद्यार्थीलाई समेट्न स्थानीय निकाय, गाविस, नगरपालिका तथा गैरसरकारी संस्थाको सहयोगमा दिवा खाजाको व्यवस्था पनि गर्न थालिएको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...