कमल खत्री
म्याग्दी, १७ चैत/ म्याग्दीको घतान–६ गलेश्वर शिवालय क्षेत्रमा सञ्चालित शालिग्राम गण्डकी वेद विद्याश्रम संस्कृत विद्यालय विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको छ ।
सरकारले निम्न माध्यामिक तहसम्मको स्वीकृत प्रदान गरिएको भए पनि तीनजना मात्र विद्यार्थीले अध्ययन गरिरहेका छन् । रोजगारीको अवसर नहुनु, समयसापेक्ष परिवर्तन गर्न नसक्नु, जाति विशेषले अध्ययन गर्ने विषय हो भन्ने बुझाइका कारण यो विद्यालयमात्र नभई देशभर संचालित संस्कृत विद्यालय र त्यसको अध्ययनप्रति आकर्षण बढ्न सकेको छैन ।
जिल्लामै संस्कृति शिक्षामा पठनपाठन हुने उक्त विद्याश्रममा अहिले राखु–७ का १० वर्षीय गणेश रिजाल, मराङका १४ वर्षीय विदुर सुवेदी, र विम–८ का कृष्ण भट्टराईले अध्ययन गरिरहेका छन् ।
दैनिक ५ देखि ७ घण्टा वेद, रुद्री, चण्डि र उपदेशका अतिरिक्त शास्त्रहरूको समेत पठनपाठन हुने शिक्षक योगनाथ पौडेलले बताउनुभयो । आफूहरूले आधारभूत संस्कृति शिक्षा अध्ययन गर्दै आएको वेद विद्याश्रमको कक्षा ७ मा अध्ययनरत कृष्ण भट्टराईले बताउनुभयो ।
उहाँले समयसापेक्ष अंग्रेजी, गणित, विज्ञानलगायतका विषयलाई समावेश गरि अध्ययन गरेमा आफूहरूलाई सहज हुने बताउनुभयो । वि.स. २०२६ सालदेखि विद्यालय संचालन भए पनि व्यवस्थित हुन नसकेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्षका रुद्रबहादुर केसीले बताउनुभयो ।
विद्यालय सञ्चालनका लागि मासिक ३० हजार खर्च हुने कोषले जनाएको छ । कोषले अध्ययन गर्न आउने विद्यार्थीलाई निशुल्क आवास सुविधासमेत दिँदै आएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।
गत वर्ष केही महिनासम्म विद्यार्थी शून्य भए पनि अहिले तीनजनाले अध्ययन गर्न थालेका छन् । नयाँ शैक्षिक सत्रदेखि देशका विभिन्न क्षेत्रबाट नयाँ विद्यार्थी आउने जानकारी आएकोले छिट्टै विद्यार्थी संख्या बढ्ने वेद विद्याश्रमले जनाएको छ ।