Skip to main content

कक्षा १२ को उत्तर पुस्तिकाको पोको हटियाको डाँडाखेतमा बेवारिसे अवस्थामा !


गल्कोट, २०६९ चैत १६ । उच्च माध्यमिक शिक्षा परिषदले यहि बैशाख १७ गतेदेखि सञ्चालन गर्न लागेको कक्षा १२ र बैशाख ३१ गतेदेखि सञ्चालन गर्न लागेको कक्षा ११ को परीक्षाका लागि शिक्षा परिषद पोखराले ..............
पठाएको एक बोरा उत्तरपुस्तिका आज बागलुङ बुर्तिबाङ सडकखण्डको हटिया गाविस ६ डाँडाखेतमा बाटोमा अलपत्र अबस्थामा भेटिएको छ ।
उक्त उत्तरपुस्तिका स्थानीय युवाहरुले ढलेपिपलनेर बाटोमा बेबारिसे अबस्थामा फेला पारेपछि हटिया प्रहरीचौकीमा बुझाएका थिए । उक्त उत्तरपुस्तिका कहाँबाट ल्याएको र कहाँ लाने भन्ने बारे थाहा नभएको र उत्तरपुस्तिका ल्याउने सवारी साधनको नम्बर पनि खुल्न नसकेको प्रहरी सहायक निरीक्षक रुद्रप्रसाद शर्माले जानकारी दिए ।
यता उत्तरगंगा उच्चमाविका प्राचार्य ईश्वरीप्रसाद पौडेलले भने उच्च माध्यमिक शिक्षा परिषद पोखराबाट उत्तरगंगा उच्चमावि र भानु उच्चमावि परीक्षा केन्द्रका लागि उत्तरपुस्तिका लिएर आउने क्रममा नरेठाँटीको गौदीखोलामा गाडी तर्न नसकेपछि नरेठाँटीकै एक घरमा छोडिएकाले लिन जानु भनेर शिक्षा परिषदका कर्मचारी माफर्त निर्देशन आएको बताए । तर उत्तरपुस्तिका नरेठाँटी देखी एक घण्टाको दूरीमा भेटिनु र चैतको खडेरीमा गाडी खोला तर्न नसकेको भन्नु विश्वसनीय देखिदैन ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...