Skip to main content

एसएलसी सकियो, अब के गर्ने ?

 

९ चैत, काठमाडौं । बिद्यालय शिक्षाको अन्तिम खुड्किलोको रुपमा रहेको एसएलसी परीक्षा शुक्रबारदेखि सकिएको छ । गत १ गतेदेखि शुरु भएको परीक्षामा विद्यार्थीहरुले सबै विषयको लिखित परीक्षा दिइसकेका छन् । केही प्रयोगात्मक विषयको परीक्षा विद्यालय आफैंले लिने व्यवस्था छ । यस हिसाबले यस वर्षको एसएलसीमा सहभागी झण्डै साढे ५ लाख विद्यार्थी शुक्रबारदेखि फुर्सदिला भएका छन् ।
परीक्षा सकिएको दिन सबैलाई हाईसञ्चो हुन्छ । त्यसमाथि सबैले निकै महत्व दिने एसएलसी परीक्षा सकिएको दिन त बिझेको काँडा झिके जस्तै नै आनन्द हुन्छ । नतिजा सार्वजनिक हुने अबको तीन महिनासम्म विद्यार्थीहरु फुर्सदिला हुन्छन् । एसएलसी सकिएपछि बि्रजकोर्स गर्ने, कम्प्युटर र भाषा सिक्ने प्रवृत्ति हिजोआज फेशन जस्तै भएको छ । शहरबजारमा मात्रै होइन, गाउँघरमा समेत विद्यार्थीलाई लोभ्याउने गरी यस्ता तालिमे केन्द्र स्थापना भएका छन् । तर शिक्षाविदको सुझाव छ-’पहिले के पढ्ने भनेर निक्र्योल नगर्दासम्म बि्रजकोर्समा फस्न हुन्न ।’
एलएलसीको परीक्षा सकेर फुर्सदिला भएका विद्यार्थीहरुलाई शिक्षाविद डा. विद्यानाथ कोइरालाको सुझाव यस्तो छ :
· जाँच सकिने बित्तिकै अब के गर्ने भनेर चिन्ता नगर्नुस् । दुईचार दिन मज्जाले सुत्नुस् । शरीरलाई ‘रिल्याक्स’ हुने गरी आनन्दले सुत्नु उपयुक्त हुन्छ ।
· बाआमाले १० वर्ष मेरो पढाईमा लगानी गरे, अब मैले बाआमालाई के गर्न सक्छु भनेर सोच्नुहोस् । परिवार, आफन्त र नजिकका मान्छेसँग यसबारेमा सोधखोज गरेर आफूले कुन लाइन लिँदा राम्रो हुन्छ भनेर निर्णय गर्नुस् ।
· आफूले के सीप सिक्न सक्छु भनेर बिचार गर्नुस् । यस्ता सीपमा मोबाइल, घडी, रेडियो, कम्प्युटर बनाउनेदेखि खेतीकिसानीका नयाँ र नौला प्रविधि समेत पर्छन् ।
· बि्रज कोर्समा नफस्नुस् । मैले कुन विषय पढ्दा उपयुक्त हुन्छ भन्ने कुरा निक्र्योल गर्नुहोस् । आफ्नो रहर, बाबुआमाको हैसियत, सम्बन्धित विषयको पृष्ठभूमि र त्यसको भविष्य, छात्रवृत्ति पाइने/नपाइने अवस्था जस्ता धेरै कुरा पहिले ख्याल गर्नुपर्छ । आफ्नो रहर र क्षमताले धान्ने र उपयुक्त लाग्ने विषय छनोट गरिसकेपछि मात्र बि्रजकोर्स गर्नु राम्रो हुन्छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...