चैत १८ – भारतमा प्राथमिक र माध्यमिक शिक्षामा १२ लाख भन्दा बढी शिक्षकको अभाव रहेको पाइएको छ ।
योग्य र प्रशिक्षित शिक्षकको व्यवस्था गर्नु अनिवार्य भएपनि ६ देखि १२ वर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा दिने व्यक्ति समेतको अभाव रहेको पाइएको हो ।सबैभन्दा...............
धेरै उत्तर प्रदेशमा तीन लाख जना शिक्षकको अभाव रहेको सरकारी तथ्याङ्क छ । यस्तै, बिहारमा २ लाख ६० हजार, पश्चिम बंगालमा एक लाख, झारखण्डमा ६८ हजार मध्य प्रदेशमा ९५ हजार शिक्षकको पद खाली रहेको छ ।
धेरै उत्तर प्रदेशमा तीन लाख जना शिक्षकको अभाव रहेको सरकारी तथ्याङ्क छ । यस्तै, बिहारमा २ लाख ६० हजार, पश्चिम बंगालमा एक लाख, झारखण्डमा ६८ हजार मध्य प्रदेशमा ९५ हजार शिक्षकको पद खाली रहेको छ ।
भएका शिक्षकमा पनि ८ लाख ६० हजार जना शिक्षक योग्य र प्रशिक्षत छैनन् । राष्ट्रिय अध्यापक शिक्षा परिषदले तोकेको मापदण्ड पूरा नगर्ने विद्यालय धेरै रहेका छ । सरकारले शिक्षाको अधिकार सम्बन्धि कानून लागू गर्नका लागि तोकिएको तीन वर्षको म्याद सकिदा पनि अधिकांश विद्यालयहरुले शिक्षकको पदपूर्ति र आधारभूत सुविधा पनि विस्तार गर्न नसकेको भन्दै सरोकारवालाले आलोचना गरेका छ ।
सरकारले कानुन लागू गर्न उदासीन देखिंदा लाखौं विद्यार्थी शिक्षाको अधिकारबाट बन्चित हुने भन्दै उनीहरुले कडाई गर्न पनि माग गरेका छन् । कानून लागू गर्न तोकिएको तीनवर्षे समय आइतबार सकिंदैछ । कानून अनुसार आवश्यक भौतिक तथा शैक्षिक मापदण्ड पूरा नगर्ने विद्यालय विरुद्ध अभिभावकले मूद्धा दायर गर्ने सक्ने व्यवस्था गरिएको छ ।