Skip to main content

बिष्णु उच्च माबिको ६० औ बर्षिक उत्सव तथा हिरक जयन्ति

मभ्य पाहाडी लोकमार्गको पुर्वी गन्तब्य पाँचथरको उत्तरी गाबिस च्याङथापुमा अवस्थित बिष्णु उच्च माबिको ६० औ बर्षिक उत्सव तथा हिरक जयन्ति भब्यताका साथ सम्पन्न भएको छ । २००९ सालमा स्थापना भएको बिद्यालयले हालसम्ममा समाजको लागि पुर्याएको योगदान तथा स्थानियले बिद्यालय प्रति देखाएको आत्मियता उत्सव स्थिलमा अवलोकन गर्न पाईयो । गएको ६० बर्षमा बिद्यालयले उत्पादन गरेका जनशक्तिले बिद्यालय प्रति देखाएको सदासयता तथा स्थानिय अविभावकको संरक्षणमा बिद्यालयले ठुलै प्रगति हाँसिल गरेको महोत्सव अवलोकन पश्चात महसुस भएको सहभागिले बताए । सडक मार्गले छोएको लामो समय नभए पनि बाक्लीएको यातायातको चहलपहल संगै निकै ब्यस्त देखिएको बिद्यालय परिषरमा तिन दिन सम्म लगातार कार्यक्रमहरू भईरहे । जयन्तिको अवसरमा दिन दिवसिय कार्यक्रमको आयोजना गर्दै बिद्यालयले सहयोगी व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । साठि वर्ष पुगेको अवसरमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन सोहि गाविसमा बाल्यकाल कटाएका साहित्यकार प्राध्यापक डा. गोविन्दराज भटराईले व्यानर खोलेर तथा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको हो । च्याङ्थापु बजारमा लामवद्ध भएका विद्यार्थी, अभिभावकहरूले अतिथिहरूलाई फुलमाला ले स्वागत गरेपछि विभिन्न सास्कृतिक प्रस्तुतीका साथ निस्किएको र्‍याली वजार परिक्रमा गरि विद्यालय पुगेपछि क्रायक्रमको उद्घाटन गरिएको हो । उत्सवमा विद्यालय संस्थापक, जग्गादाता, चन्दा दाता, पुर्व शिक्षक, विद्यालयलाई महत्वपुर्ण योग्दान दिने अविभावकहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग पुर्‍याउने करिव २ सय जनालाई खादा र सम्मान पत्र सहित सम्मान गरिएको विद्यालयका शिक्षक यज्ञ भटराईले जानकारी दिनुभएको छ । कार्यक्रममा विद्यालयको हाल सम्मको गतिविधि समाविष्ट गरेर प्रकासन गरेको स्मारिका प्रा. डा. भटराईले विमोचन गर्नु भएको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...