Skip to main content

विद्यार्थीले बनाए तापक्रम नाप्ने यन्त्र


काठमाडौँ,  वैशाख ३ गते  । नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसिआइटी)मा अध्ययनरत चार विद्यार्थीले आफूहरुले तापक्रम मापन गर्न सक्ने यन्त्रको निर्माण गरेको दाबी गरेका छन् । 
    संसारको जुनसुकै कुनामा बसेर अर्को कुनाको तापक्रम नाप्न सकिने यन्त्र आफूहरुले निर्माण गरेको उनीहरुको दाबी छ ।  
    एनसिआइटीको सातौँ सेमेस्टरमा अध्ययनरत प्रशान्त ढुङ्गाना, गोकर्ण कार्की, सुनिल गोदार र अनिश थापाले सो यन्त्रको निर्माण गरेका हुन् ।  उनीहरुले सो यन्त्रलाई ‘डिजिटल टेम्प्रेचर डिस्प्ले’ नाम दिएका छन् । 
    तीन महिनाको प्रयासमा तयार पारिएको यन्त्र निर्माणमा १० हजार रुपैयाँ खर्च भएको ढुङ्गानाले बताए । 
    ढुङ्गानाका अनुसार एक स्थानबाट अर्को स्थानमा सजिलै बोकेर लैजान सकिने डिजिटल प्रविधिको यन्त्रले वातावरणमा भएको तापक्रम तत्काल देखाउने छ ।  
    यन्त्रमा मानिसको स्पर्श हुनेबित्तिकै स्क्रिनमा शरीरको तापक्रम देखिन्छ । यस्तै, यन्त्रले सेल्सिय, फरेनहाइट, र केल्भिनसहित सबै युनिटमा तापक्रम देखाउने प्रविधिसमेत जडान गरिएको उनले बताए । 
    विद्यार्थीहरुले सो यन्त्रको उपयुक्त परीक्षणका लागि सरकारी निकायलाई समेत आग्रह गरेका छन् । 
    विद्यार्थी ढुङ्गानाका अनुसार अमेरिकाको लोकेसन तय गरेर मेसिनमा राख्ने बित्तिकै सो यन्त्रले अमेरिकाको समेत तापक्रम मापन गर्न सक्छ । 
    आफूहरुले निर्माण गरेको यन्त्रको वैज्ञानिक परीक्षणका लागि विज्ञान, वातावरण तथा प्रविधि मन्त्रालयलाई आग्रह गरिएको पनि ढुङ्गानाले बताए । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...