Skip to main content

निजी विद्यालयको चर्को शुल्कको व्यापक विरोध


काठमाडौं, ७ वैशाख
निजी विद्यालयले अभिभावकबाट असुल्ने चर्को शुल्कको व्यापक विरोध सुरु भएको छ । नयाँ शैक्षिक सत्रसँगै निजी विद्यालयले असुल्दै आएको चर्को शुल्कका कारण मुलुकभरका लाखौं अभिभावक मारमा परेको अभिभावक संघ नेपालले जनाएको छ । उसले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निजी विद्यालयले सरकारले निर्धारण गरेभन्दा झन्डै दोब्बर शुल्क असुल्दै आएको दाबी गरेको हो । शिक्षा विभागले मुलुकभरका निजी शैक्षिक संस्थालाई चालू शैक्षिक सत्रका लागि शुल्क नबढाउन निर्देशन दिए पनि त्यसको अवज्ञा भइरहेको संघ अध्यक्ष शुप्रभात भण्डारीले बताए । ‘निर्धारितभन्दा चर्को भर्ना र वार्षिक शुल्क लिएकाले लाखौं अभिभावक ठगिएका छन्,’ उनले भने, ‘सरकारले निर्देशन र नियम नमान्ने विद्यालयमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउनै पर्छ ।’
सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै निजी शैक्षिक संस्थाले भर्ना शुल्क असुलिरहेका छन् भने विद्यालय हाताबाटै पाठ्यपुस्तकसमेत बिक्री–वितरण भइरहेको संघको आरोप छ । संघका अनुसार शिक्षा मन्त्रालयद्वारा जारी ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका–२०६९ कार्यान्वयन नगरेर निजी विद्यालयको छाता संगठन प्याब्सनले सरकारी निर्देशनलाई ठाडै अवज्ञा गर्दै’ आएको छ । ‘यसै कारण निजी शैक्षिक संस्थाले सरकारी निर्देशन अवज्ञा गरेको प्रस्ट हुन्छ,’ भण्डारीले भने । निजी विद्यालयले भर्नाको समय लि“दै आएको धरौटी रकमको वार्षिक ब्याज संघले मागेको छ । धरौटी रकम पढाइपछि विद्यालयले दि“दै आएको छ । पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेभन्दा बढी पुस्तक निजी विद्यालयले राख्दै आएका कारण अभिभावक मारमा परेको जनाइएको छ ।
निजी विद्यालय ‘समाजिकीकरण हुनुपर्ने’समेत संघले अघि सारेको छ । त्यस्तै, सरकारले सामुदायिक विद्यालयको शिक्षा पूर्ण निःशुल्क घोषणा गरे पनि कार्यान्वयन नगरिएको संघको दाबी छ । ‘समुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन नसकेका कारण अभिभावक निजी विद्यालयतर्फ आकर्षित भएका छन्,’ संघ उपाध्यक्ष सरिता अर्यालले भनिन्, ‘सामुदायिक विद्यालयका शिक्षक तालिमप्राप्त छन् तर तालिम कक्षा कोठामा प्रयोग गर्दैनन्, त्यसैले समस्या आएको हो ।’ निजी विद्यालयले प्राथमिक तहमा भर्नाको समय लि“दै आएको अन्तर्वार्ता तत्काल खारेजी गर्नसमेत संघले माग गरेको छ । ‘कक्षा १ मा पढ्ने विद्यार्थीसँग विद्यालयले अन्तर्वार्ता दि“दा कस्तो दिन सक्छ ? त्यसैले त्यस्ता अन्तर्वार्ता लिने पद्दति अन्त्य हुनै पर्छ,’ भण्डारीले भने, ‘भर्नाको समय कार्यविधि बनाउन आवश्यक छ ।’

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...