Skip to main content

वैशाखमा जनक शिक्षाले पाठ्यपुस्तक छपाइ गर्न नसक्ने


काठमाडौं, ३ वैशाख
विद्यालय तहको पाठ्यपुस्तक छपाइ गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र (जशिसाके) ले कागज अभावका कारण आवश्यक पर्ने पाठ्यपुस्तक वैशाख महिनामा छपाइ गर्न नसक्ने जनाएको छ । १ देखि १० कक्षासम्मका लागि अझै ५० लाख थान पाठ्यपुस्तक छपाइ गर्न बाँकी छ । आवश्यक पाठ्यपुस्तक छापिसक्न र यसको सम्पूर्ण विवरण पेस गर्न केन्द्रीय पाठ्यपुस्तक अनुगमन समितिले केन्द्रलाई आगमी बिहीबारसम्मको समयसीमा दिएको छ ।
‘कागज अभावका कारण जशिसाकेले यो महिनाभित्र आवश्यक परिमाणका पाठ्यपुस्तक छापिसक्ने अवस्था छैन,’ प्रबन्ध सञ्चालक अनिलकुमार झाले भने । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रबन्ध सञ्चालक झाले व्यवस्थापनको कमजोरी र कागज अभावका कारण समयमै आवश्यक परिमाणमा पाठ्यपुस्तक छाप्न नसकिएको स्वीकार गरे ।
बाबा पेपर मिल्सबाट कागज खरिद गरिरहेको बताउँदै उनले भने, ‘सो कम्पनीले उपलब्ध गराउँदै आएको कागजबाट दैनिक १२ घन्टा मात्र छपाइ गर्न पुग्छ ।’ लोडसेडिङका कारण बाबा पेपर मिल्सले दैनिक ३० मेट्रिक टन कागज दिन नसक्दा समस्या देखिएको हो । शिक्षा विभागका उपनिर्देशक राकेश श्रेष्ठले जशिसाकेले जेठ दोस्रो सातासम्म विद्यालय तहका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइ गर्ने तथ्यांक दिँदै आएको भए पनि सोहीअनुसार छपाइ हुन नसकेको बताए । केन्द्रले छपाइ गर्न नसकेका कारण यसको विकल्प खोजी गर्न आवश्यक रहेको बताउँदै उपसचिव श्रेष्ठले भने, ‘वैशाख २ गते विद्यालय जाँदा हरेक विद्यार्थीको हातमा पाठ्यपुस्तक हुनुपर्दछ भन्ने मान्यता हो तर त्यो व्यवहारमा लागू हुन सकेन ।’
त्यसैले वैशाख ५ गते बस्ने केन्द्रीय पाठ्यपुस्तक अनुगमन समितिको बैठकले पाठ्यपुस्तक अभावलाई कसरी समाधान गर्ने भन्ने विषयमा नयाँ निर्णय गर्नेछ । गत पुसमा कागज खरिद टेन्डर प्रक्रिया सुरु गरिएको र फागुन ६ गते प्राप्त टेन्डर प्रस्ताव खोलिएका कारण समस्या आएको केन्द्रले जनाएको छ । तर, केन्द्रले प्रतिमेट्रिक टन ८० हजार २ सय ३० रुपैयाँ लागत अनुमान गरेकामा ८४ हजार ८ सय रुपैयाँ प्रतिमेट्रिक टनको प्रस्ताव परेको थियो ।
लागत अनुमानभन्दा बढीको प्रस्ताव परेकाले टेन्डरलाई रद्द गरी विशेष परिस्थिति जनाउँदै कोटेसनका आधारमा बाबा पेपर मिलबाट कागज लिने निर्णय गरिएको थियो । सो मिलले प्रतिमेट्रिक टन ७८ हजार ७ सय ६१ रुपैयाँमा कागज उपलब्ध गराएको प्रबबन्ध सञ्चालक झाले बताए । अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले कमिसनका कारण बर्सेनि पाठ्यपुस्तकको अभाव सिर्जना हुने गरेको आरोप लगाए । सरकारले सार्वजनिक गरेको शासकीय सुधार कार्यक्रममा समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसक्ने अधिकारीलाई कारबाही गरिने स्पष्ट लेखिएकाले सोहीअनुसार दोषीमाथि कारबाही गर्न सरकारलाई उनले आग्रह गरे । विद्यालय तहको हालसम्म ४० प्रतिशत पाठ्यपुस्तक पु¥याइसकिएको साझा प्रकाशनका बजार विभाग प्रमुख केदार खतिवडाले बताए । देशभर अझै ६० प्रतिशत पुस्तक पु¥याउन बाँकी छ । केन्द्रले दैनिक १ लाख २५ हजार किताब छपाइ गर्ने बताए पनि छपाइ गर्न बाँकी तथ्यांक हेर्दा ४० दिनभन्दा बढी लाग्नेछ । जसले गर्दा जेठको दोस्रो साता मात्र पाठ्यपुस्तक छपाइ कार्य सकिने छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...