Skip to main content

शैक्षिकसत्र सुरु भएपनि पाठ्यक्रमको अभाव


गाईघाट(उदयपुर), ३ वैशाख । यस वर्ष २०७० सालको नयाँ शैक्षिकसत्र सुरु भएपनि उदयपुर जिल्लामा विगतका वर्ष जस्तै पाठ्यपुस्तकहरुको अभाव देखिएको छ । सदरमुकाम गाईघाटलगायत जिल्लाका अधिकांश सरकारी तथा निजी विद्यालयहरुले नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्नाहरु धमाधम लिने कार्य थालिसकेका छन् । विद्यार्थीहरु विद्यालयहरुमा भर्ना हुने क्रम सुरु भएतापनि सम्बन्धित पुस्तक पसलहरु तथा स्टेसनरीहरुले भने एउटा पनि पाठ्यपुस्तक उपलब्ध गराउन सकेका छैनन् ।
गतवर्ष पनि शैक्षिकसत्र सुरु भएको करिब चार महिना पछिमात्र धेरै विद्यार्थीहरुले पाठ्यपुस्तक प्राप्त गरेका थिए । जिल्लाका पहाडी गाविसका सरकारी विद्यालयहरुले समयमा पाठ्यपुस्तक प्राप्त गर्न नसक्दा आधा वर्ष विद्यार्थीले पुस्तक बिहिन अवस्थामा अध्ययन गर्नुपर्ने अधिकांश विद्यालयका शिक्षक तथा अभिभावकहरुको गुनासो रहँदै आएको छ । जिल्ला शिक्षक सङ्घ उदयपुरका अध्यक्ष तीलबहादुर कटुवाल भन्नुहुन्छ, “समयमा पाठ्यपुस्तकहरु उपलब्ध हुन नसक्दा विद्यार्थीहरुको पढाईमा असर पर्न गई धेरै विद्यार्थीहरुले प्रवेशिका परीक्षामा असफल हुने गरेका छन् ।” जिल्लाको पहाडी गाविसका विद्यालयका विद्यार्थीहरुले जहिले पनि शैक्षिकसत्र सुरुभएको तीन÷चार महिना पछिमात्र बल्ल–बल्ल पाठ्यपुस्तक मुस्कीलले प्राप्त गर्ने गरेको अधिकांश पहाडी क्षेत्रका अभिभावक तथा शिक्षकहरु बताउँछन् । जनता उच्चमाबि जाँतेका शिक्षक पुष्पकुमार राई भन्नुहुन्छ “समयमा पुस्तक प्राप्त नहुँदा कक्षा भरीका विद्यार्थीहरुले एउटा पुस्तक भएको विद्यार्थीसँग मिलेर पढ्नुपर्ने अवस्था हुने गरेको कारण पनि पढाईमा असर हुने गरेको देखिन्छ ।” पहाडी क्षेत्रबाट पाठ्यपुस्तक लिनको लागि र्नै पटक–पटक सदरमुकाम गाईघाट बजार झर्दा बल्ल–बल्ल तीन÷चार महिना पछि किस्ताबन्दीको रुपमा पुस्तकहरु प्राप्त हुने गरेको उदयपुर आँपटारका अभिभावक हर्कबहादुर कटुवाल गुनासो गर्नुहुन्छ ।
सरकारी विद्यालयहरुले मात्र हैन, निजी विद्यालयहरुले पनि पाठ्यपुस्तकको अभावमा हैरानी उस्तै खेप्न परेको निजी विद्यालयका शिक्षक तथा अभिभावकहरु बताउँछन् । पिसजोन ईन्टरनेसनल एकेडमी गाईघाटका प्रिन्सिपल वैद्यनाथ साह भन्नुहुन्छ, “चैत्रको अन्तिम साताबाट नै आफूहरुले नयाँ विद्यार्थी भर्ना खोल्ने गरेको छौं, विद्यार्थीहरु भर्ना भएर पढ्न आउन सुरु गरेपनि समयमा पाठ्यपुस्तकहरु उपलब्ध नहुँदा कक्षा सञ्चालन गर्न समस्या हुने गरेको छ ।” यता सदरमुकाम गाईघाटका पुस्तक बिक्रेता तथा स्टेसनरी सञ्चालकहरु भने आफूहरुले समयमा नै पाठ्यपुस्तकहरु काठमाडाँै तथा विराटनगरबाट मगाउने गरेको तर, समयमा पुस्तकहरु आइनपुग्दा समस्या हुने गरेको बताउँछन् ।रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...