Skip to main content

पाठ्यपुस्तक बेच्ने ‘माड्साब’ लाई बैंकक सयर


सञ्जय पन्थी
काठमाडौं, ७ वैशाख- नयाँ शैक्षिक सत्रसँगै पाठ्यपुस्तक बिक्री–वितरण गर्ने स्टेसनरी व्यवसायी र विद्यालय सञ्चालकहरूलाई पुस्तक प्रकाशकहरूले थाइल्यान्ड भ्रमणलगायतका प्रलोभन देखाउन थालेका छन् । कम गुणस्तरका पाठ्यपुस्तक पाठ्यक्रममा लागू गराएर निजी विद्यालयआबद्ध संगठन प्याब्सन, एन–प्याब्सनका पदाधिकारीलगायत विद्यालय सञ्चालकहरूलाई प्रकाशन गृहले थाइल्यान्ड भ्रमणमा लैजाने प्रलोभन दिएको हो ।
कपिलवस्तुका एक निजी विद्यालय सञ्चालकले यस वर्ष प्रकाशन गृहको कमिसनमा जिल्लाका आठ निजी विद्यालय (प्याब्सनआबद्ध) सञ्चालक थाइल्यान्ड घुम्न जाने तयारीमा रहेको जानकारी दिए । ५ सय विद्यार्थी भएका विद्यालय सञ्चालकलाई नवकला, अक्सब्रिज जस्ता प्रकाशन गृहले कमिसन दिने गरेका छन् । कमिसनमा विदेश सयरमा जाने अधिकांश सदरमुकाम तौलिहवाका विद्यालय सञ्चालक छन् ।
विद्यार्थीको वृत्तिविकास शीर्षकमा प्रकाशन गृहले विद्यालय सञ्चालकलाई कमिसन उपलब्ध गराउन सुरु गरेका हुन् । बुटवलका एक अभिभावकले त्यही शीर्षकबाट आउने पैसाबाट सञ्चालकहरू विदेश भ्रमण जाने गरेको बताए । उनले भने, “यो क्रम पश्चिमाञ्चल विकास क्षेत्रमा विगतदेखि नै सुरु भएको छ ।”
रुपन्देहीको बुटवलस्थित एक विद्यालयका शिक्षकले गत वर्ष पाठ्यपुस्तक लागू गरिदिएबापत १२ जना विद्यालय सञ्चालक दसैं बिदामा प्रकाशन गृहको खर्चमा थाइल्यान्ड घुम्न गएको बताए ।
शिक्षा मन्त्रालयका सचिव सोमलाल सुवेदीलाई पाठ्यपुस्तकमा भइरहेको अनियमितताबारे जानकारी गराउँदा पाठ्यपुस्तकमा हुने अनियमितता अनुगमन तथा नियन्त्रण गर्ने काम पाठ्यक्रम विकास केन्द्रको भएको प्रतिक्रिया दिए । उनले भने, “मलाई यो सबै फुर्सद छैन ।” केन्द्रले भने आफैंले अनुमति दिएका प्रकाशन गृहलाई अनुगमन र अनियमितताविरुद्ध कारबाही गर्न सकेको छैन ।
केन्द्र्रका उपनिर्देशक डा. बिके रञ्जितले त्यसरी अनियमितता भएको उजुरी नआएको बताए । प्रकाशन गृहले अनियमितता गरेको फेलापरे कारवाही गरिने बताए पनि कस्तो कारबाही भन्नेबारेमा उनले जानकारी गराउन चाहेनन् । उपनिर्देशक रञ्जित प्रकाशन गृहले विद्यालय तहसम्म पु¥याएको कमिसनबारे जानकारी नभएको बताउँदै जिम्मेवारीबाट पन्छिए ।
प्रकाशन गृहले नयाँ शैक्षिक सत्रसँगै पाठ्यपुस्तकको व्यापारको कमिसन विद्यालय सञ्चालकदेखि प्याब्सन र एन प्याब्सनका पदाधिकारीसम्म पु¥याउन थालेका छन् । कमिसनको प्रलोभनमा परेर कमसल गुणस्तरका पाठ्यक्रम अभिभावक तथा विद्यार्थीलाई विद्यालयले नै बेच्ने गरेका छन् । सरकारले विद्यालय हातामा पाठ्यपुस्तक बिक्री गर्न रोक लगाए पनि प्रकाशन गृह र पुस्तक पसलसँग कमिसन प्रलोभनमा विद्यालयपरिसरमा पाठ्यपुस्तक बिक्री गर्ने कार्य रोकिएको छैन ।
पाठ्यक्रम विकास केन्द्र्रले देशभरका विद्यालयमा पाठ्यपुस्तक छपाइको अनुमति साझासहित २४ प्रकाशन गृहलाई दिएको छ । अधिकांशले आफूखुसी मूल्य निर्धारण गर्नेदेखि कमसल गुणस्तर पाठ्यक्रम बिक्री गर्न कमिसन प्रतिनिधि संघ–संस्थाका पदाधिकारीदेखि विद्यालय सञ्चालकसम्म पु¥याउने गरेका छन् ।
प्याब्सनका अनुसार देशभर ९ हजार विद्यालय सञ्चालनमा छन् । तिनमा करिब १५ लाख विद्यार्थी अध्ययनरत रहेको प्याब्सनको अनुमान छ । नेपाल स्टेसनरी तथा पुस्तक व्यवसायीका अनुसार निजी विद्यालयमा प्रतिविद्यार्थी १ हजार ५ सय रुपैयाँ पुस्तक खरिद मूल्य पर्न आउँछ । प्रतिविद्यार्थी १५ का दरले १५ लाख विद्यार्थीेले खरिद गर्ने पुस्तकको मूल्य २ अर्ब २५ करोड हुन आउँछ ।
प्रकाशन गृह तथा पुस्तक पसलले विद्यालय सञ्चालकहरूलाई कमिसनका लागि करिब २५ करोड रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । कमिसनका कारण पाठ्यक्रम विकास केन्द्रले तय गरेको मूल्यभन्दा महँगो मूल्य राखेर पुस्तक छपाइ गर्नुपर्ने बाध्यता रहेको एक प्रकाशकले बताए । नाम नलेख्ने सर्तमा उनले भने, “पाठ्यपुस्तकमा कमिसनको खेल विद्यालय तहसम्म छ ।”
स्वाभाविक व्यावसायिक कमिसनको अतिरिक्त प्रकाशन गृहले आफ्ना पाठ्यपुस्तक समावेश गरेर अध्यापन गराउन जिल्ला–जिल्ला पुगेर विद्यालयका प्रिन्सपलहरूलाई नगद र भ्रमण अवसर अफर गर्न थालेका हुन् । नेपाल स्टेसनरी तथा पुस्तक व्यवसायी महासंघका उपाध्यक्ष हरि अर्यालले व्यापारिक कमिसनका अतिरिक्त विद्यालय सञ्चालकहरूलाई दिइने कमिसनले पाठ्यपुस्तक मूल्य ३० देखि ४० प्रतिशतसम्म महँगो भएको उनको दाबी छ । उनले यो चलखेल विद्यालय सञ्चालक र सिधै प्रकाशन गृहबीच हुने गरेको जनाए ।
स्टेसनरी व्यवसायीले स्वाभाविक कमिसनमा पाठ्यपुस्तक बिक्री गर्दै आएको स्पष्टीकरण उनले दिए । उनले भने, “हामी स्टेसनरी व्यवसायीले आफ्नै हिसाबले छुट दिएर व्यापार गरिरहेका छौं ।” तर, पछिल्ला वर्षमा विद्यालय सञ्चालकहरूले स्टेसनरी व्यवसायीले जस्तै पाठ्यपुस्तक लागू गर्नुअगावै प्रकाशन गृहसँग बार्गेनिङ गर्न थालेको पाइएको उनले बताए । यो क्रम मुलुकभर विस्तार भएकाले चाहेर पनि तत्काल रोक्न सक्ने अवस्था नरहेको तर्क उनको छ ।
रुपन्देहीको दिप स्टिेसनरीका व्यापारीले पुस्तकको व्यापार गर्दा कमिसन दिने तरिकामा समेत परिवर्तन भएको बताए । उनले विगतमा पुस्तक व्यवसायी तथा स्टेसनरी पसललाई कमिसन दिएर पाठ्यपुस्तक बिक्री गरिँदै आएको भए पनि अहिले विद्यालय सञ्चालकहरूलाई पनि दिनुपर्ने बाध्यता रहेको सुनाए । उनले भने, “नभए पुस्तक बेच्न सकिँदैन ।”
सरकारी निकायले बेवास्ता गर्दा पाठ्यपुस्तकमा छाडापन आएको हो । प्रकाशन गृहले आफूखुसी मूल्य राखेर पुस्तक बजारमा बिक्री गर्ने प्रकाशन गृहलाई केन्द्र्रले कारबाही नगर्दा कमिसनको खेलले निरन्तरता पाएको हो ।
पाठ्यक्रम विकास केन्द्रले राजधानीमा पाठ्यपुस्तकको अनुगमन गरे पनि देशभर ध्यान दिएको छैन ।
पब्लिकेसनहरूले प्रकाशन गरेका पुस्तकमा केन्द्र्रले निर्धारण गरेभन्दा २० देखि ५० प्रतिशत बढी मूल्य कायम गरेर बजारमा ल्याएका छन् । प्याब्सन अध्यक्ष बाबुराम पोखरेलले त्यस किसिमका प्रलोभनमा परेर प्याब्सनअन्तर्गतका विद्यालयले त्यस्तो गतिविधि गरेको जानकारी नरहेको बताए । प्याब्सनले प्रकाशन गरेको विज्ञान विषय लागू गर्नमात्र संस्थागत निर्देशन दिएको उनले स्पष्ट पारे । अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले प्रकाशन गृहको कमिसनमा विद्यालय सञ्चालक विदेश भम्रणमा जानु आफैंमा लाजमर्दाे विषय भएको बताए ।

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव