Skip to main content

खुला विश्वविद्यालय स्थापनालाई उच्च प्राथमिता दिनुपर्छ ः सरोकारवाला


काठमाडौं, ३ वैशाख
खुला विश्वविद्यालयको स्थापनालाई उच्च प्राथमिता दिन सरोकारवालाले सरकारसँग माग गरेका छन् । नेपालमा खुला तथा दूरशिक्षाको अवस्था, चुनौती विषयमा शिक्षा पत्रकार समूह र इन्टरनेसनल सेन्टर फर एकेडेमिक्सले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा सहभागीले सरकारले प्राथमिता नदिएकै कारण खुला विश्वविद्यालय स्थापना हुन नसकेको आरोप लगाए । शिक्षाविद् र अन्य सरोकारवालाले करिब दुई दशकदेखि खुला विश्वविद्यालय स्थापनाको आवाज उठाए पनि अहिलेसम्म खुला विश्वविद्यालयसम्बन्धी कानुन बन्न नसकेको बताए । सरकारले कानुनको मस्यौदा तयार गर्न एक वर्षअघि खुला विश्वविद्यालय पूर्वाधार विकास समिति गठन गरेको थियो ।
शिक्षाविद् प्राडा.मनप्रसाद वाग्लले कानुन निर्माण गरी विश्वविद्यालय स्थापनाका लागि राजनीतिक प्रतिबद्धता र सरकारी प्राथमिकता आवश्यक पर्ने बताए । समय र आर्थिक अभाव एवं अन्य कारणबाट नियमित रूपमा शिक्षण संस्थामा अध्ययन गर्न जान नसक्नेका लागि खुला विश्वविद्यालयबाट अध्ययनको अवसर दिन सकिने जिकिर उनले गरे । शिक्षाविद् प्राडा. वाग्लेले राजनीतिक प्रतिबद्धता र सरकारी प्राथमिकताको अभावका कारण नै समितिले चुस्त गतिमा काम गर्न नसकेको बताए । समितिका सदस्य डा.प्रमोद ढकालले पनि गठन भएको एक वर्ष बितिसक्दासम्म समितिले कुनै देखिने र चर्चायोग्य काम गर्न नसकेको आरोप लगाए ।
गत वर्षको जेठ महिनामा गठन भएको समितिले खुला विश्वविद्यालयसम्बन्धी ऐनको मस्यौदा बनाउनका लागि विभिन्न विधागत समिति गठन गर्नुका साथै व्यवस्थापन, कृषिलगायतका विभिन्न विषयमा अवधारणा बनाउने काम गरिरहेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले खुला विश्वविद्यालयको स्थापना सरकारको प्राथमिकतामा रहेको बताए । प्राथमिकतामा रहेकै कारण सरकारले जतिसक्दो छिटो कानुन तर्जुमा गर्नका लागि खुला विश्वविद्यालय पूर्वाधार विकास समिति गठन गरेको बताए । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित शिक्षण संस्थाले गरेका उपलब्धि देखेर पनि सरकारले खुला विश्वविद्यालयको स्थापनालाई महŒव दिएको उनले बताए ।
भारतको इन्दिरा गान्धी नेसनल ओपन युनिभर्सिटीको सम्बन्धनमा १२ वर्षदेखि विभिन्न तह र विषयमा खुला तथा दूर शिक्षाको कार्यक्रम सञ्चालन गरिरहेको काठमाडौंको इन्टरनेसनल सेन्टर फर एकेडेमिक्स (आईसीए)ले यस पटक बेस्ट ओभरसिज पार्टनर इन्स्टिच्युसन अवार्ड २०१३ पाएको छ । इन्दिरा गान्धी नेसनल ओपन युनिभर्सिटीले आफूबाट सम्बन्धन पाएका विश्वका ४३ मुलुकका ८१ ओटा शिक्षण संस्थामध्येबाट आईसीएलाई गत शुक्रबार भारतीय राष्ट्रपति डा.प्रणव मुखर्जीले बेस्ट ओभरसिज पार्टनर इन्स्टिच्युसन अवार्ड २०१३ प्रदान गरेका थिए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...