Skip to main content

पाठ्यपुस्तक अभाव


शैक्षिक सत्र सुरु भयो तर हातमा पाठ्यपुस्तक छैन । विगतको तीतो यथार्थ फेरि दोहोरियो । यो आफैंमा नयाँ समस्या भने हैन । अघिल्ला वर्ष पनि मुलुकभरका विद्यार्थीले यही समस्या भोगेका थिए । कतिपय दुर्गम भेगका विद्यार्थीले त पुस्तकको अनुहारै नहेरी शैक्षिक सत्र बिताए पनि ।
मुलुकभरको पाठ्यपुस्तक छाप्ने जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्र र साझा प्रकाशनको गैरजिम्मेवारीका कारण यो समस्या आएको हो भन्न धक मान्नु पर्दैन । किनकि यी दुवै संस्थाले विद्यार्थीको भविष्यसंँग पटक–पटक खेलवाड गरेका छन् । विगतमा पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको यथार्थलाई मनन गर्दै शिक्षा मन्त्रालयले सम्बद्ध संस्थालाई बेलैमा पुस्तक उपलब्ध गराउन उर्दी जारी त ग¥यो तर ती संस्थाले मन्त्रालयको निर्णय ठाडै अवज्ञा गरिदिए यसपालि पनि ।
जनक शिक्षा सामग्री केन्द्रसँग पुस्तक छपाइ ढिलाइ हुनुको बनिबनाउ उत्तर छ । समयमा कागज निकासी नभएको, रकम अभाव, लोडसेडिङ यस्तै–यस्तै कारण देखाउँछ । यसपालि पनि समयमै कागज उपलब्ध नभएको तर्क सार्वजनिक भइसकेको छ । दुई–चार दिनपछि लोडसेडिङको कुरा उठ्यो भने आश्चर्य नमाने हुन्छ । हरेक वर्ष समयमा पुस्तक नआउनुको मूल कारण कागज होइन, कर्मचारीको मानसिकता हो । किनकि, कुन सिजनमा कति पुस्तक छाप्नुपर्छ, लगभग एक वर्षअगाडि नै जानकारी हुन्छ, जनक शिक्षालाई ।
तर, कहिल्यै बेला हुँदैमा छाप्दैन । यसो हुनुमा जनक शिक्षामा हुने गरेको आर्थिक चलखेल प्रमुख कारण हो भने वितरणको जिम्मा लिने साझा प्रकाशनको लपरबाहीपूर्ण व्यवहारलाई पनि बिर्सन सकिँदैन । एकखालको राजनीतिक भर्तीकेन्द्र बनेको साझा प्रकाशन पनि पछिल्लो समय आर्थिक चलखेलले दुर्नाम हँुदै गएको छ । पुस्तक बेचिसकेपछि समयमा भुक्तानी नदिनु त साझाको नियति नै बनिसक्यो । सरकारको भर्नासँगै विद्यार्थीलाई हातमा पुस्तक थमाएर पठाउने योजना यसपालि पनि तुहिइसकेको छ । सोमबारदेखि शैक्षिक सत्र सुरु भए पनि अझै ५० लाख पुस्तक छपाइ हुनै बाँकी रहेको तथ्य हामीसँग सुरक्षित छ । सामान्यतः पाठ्यपुस्तकविना विद्यार्थी विद्यालय जाँदैनन् भने शिक्षकले पनि पढाउँदैनन् । कतिपय जिल्लामा पाठ्यपुस्तक आइपुगेन भन्दै विद्यालय नै बन्द गरेको विगतकै दृष्टान्त छ ।
यस वर्ष पनि यही नियति दोहोरिने सम्भावना बढेको छ । सकेसम्म चाँडो पाठ्यपुस्तक पु¥याएर पठनपाठन नियमित सञ्चालन हुने वातावरण बनाउन जरुरी छ । त्यसो त आगामी वर्ष यो समस्या नहोस् भनेर पनि आजै सोच्नुपर्छ । जिम्मेवारी बहन नगर्ने निकायलाई कारबाही गर्नु त सरकारको दायित्व हो नै । त्यसका लागि सबैभन्दा पहिला जनक शिक्षा सामग्री केन्द्र र साझा प्रकाशनलाई कारबाहीसँगै नयाँ विकल्प पनि बेलैमा सोचिनुपर्छ । यसपालि त विद्यार्थीले समस्या भोगे आउँदो वर्ष फेरि यस्तै समस्या नआओस् भनेर आजै सोचिएन भने अर्को शैक्षिक सत्रमा यही समस्या दोहारिने निश्चित छ ।
साभार ः राजधानीबाट

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...