Skip to main content

भर्नाको समयमा विद्यालय नै बन्द


४ वैशाख, ओखलढुंगा । सरकारले विद्यालय भर्ना, टिकाउ तथा निरन्तरता र उपलब्धिमा सुधार कार्यक्रम वैशाख १ गतेदेखि सुरु गरेको भए पनि जिल्लाका अधिकांश विद्यालयहरु बन्द रहेका छन् । देशव्यापी विद्यार्थी भर्ना अभियान सुरु भए पनि जिल्लामा कुनै कार्यक्रम आयोजना भएका छैनन् ।
विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने समयमा विद्यालय बन्द गरेर शिक्षकहरु बिदामा बसेका छन्, भने जिल्ला शिक्षा अधिकारी, शाखा अधिकृतसमेत बिदामा बसेपछि अभियान सञ्चालन हुन नसकेको हो । विद्यालयमा भर्ना अभियान तथा साक्षरता कक्षासमेत प्रभावकारी रुपमा सञ्चालन नभएपछि विद्यालय भर्ना अभियान र निरक्षता कम गर्ने अभियान ओखलढुङ्गामा अगाडि बढ्न नसकेको अभिभावकहरुले गुनासो गरेका छन् ।
वैशाख महिनाभरि सरकारले विभिन्न कार्यक्रम गरी विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयसम्म ल्याउने अभियान सञ्चालन गर्ने निर्देशिका जारी गरेको छ । वैशाखदेखि शैक्षिकसत्र प्रारम्भ हुने जिल्लाहरूले २०७० वैशाख २ गतेदेखि १४ गतेसम्म पहिलो चरणमा भर्ना हुन आउने विद्यार्थीहरूलाई मुस्कानसहितको फूल अबिर तथा स्थानीय संस्कृतिअनुसार स्वागत गर्नेलगायतका कार्यक्रम सार्वजनिक गरेपनि जिल्ला शिक्षा कार्यालय मौन बसेको छ । अभियानका नाममा कार्यालयले कार्यालय परिसरमा केही पोस्टर र एउटा ब्यानर मात्र राखेको छ ।
सदरमुकाम आसपासमासमेत वैशाख २ गतेबाट खुल्नुपर्ने विद्यालयहरु बन्द छन् । सदरमुकामदेखि १५ मिनेटको दूरीमा रहेको अन्तर्राष्ट्रिय युवा वर्ष प्रावि वितलपमा शिक्षकहरु नआएपछि विद्यालय बन्द रहेको छ । सोमबार ११ बजे विद्यालयमा कार्यालय सहयोगीबाहेक अन्य शिक्षकहरु उपस्थित भएका थिएनन् । शिक्षकहरु विद्यालय नआएकाले विद्यालय बन्द गरेर घर जान लागेको कार्यालय सहयोगी दोर्जीबहादुर गोलेले बताउनुभयो ।
त्यस्तै वाषिर्क परीक्षाको नतिजा प्रकाशन तयारीमा रहेकाले वैशाख ८ गतेबाट भर्ना अभियान सुरु गर्ने सिद्धेश्वरी प्रावि लगलगे सल्लेरी शिक्षक ऋषिराम खनालले टेलिफोनबाट जानकारी दिनुभयो । भर्ना अभियान सञ्चालनको विषयमा आफूहरुलाई कुनै जानकारी शिक्षा कार्यालयले नगराएको खनालले बताउनुभयो ।
जिल्ला शिक्षा अधिकारी र अन्य अधिकृत जिल्ला बाहिर गएकाले अभियान सञ्चालन नभएको कार्यालयका कर्मचारीहरुले बताएका छन् । विद्यालय भर्ना, टिकाउ तथा निरन्तरता र उपलब्धिमा सुधार कार्यक्रम निर्देशिका २०६९ मा विभिन्न प्रवधानसहित कार्यक्रम सञ्चालन गर्ने उल्लेख भएपनि कार्यान्वयन हुन सकेको छैन ।
वैशाखदेखि शैक्षिकसत्र प्रारम्भ हुने जिल्लाहरूले प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घले स्थानीय समूह, सङ्घ/संस्था र अभिभावक परिचालन गरी वैशाख १४ गतेसम्म विद्यालयमा भर्ना हुन नआएका आˆना सेवा क्षेत्रभित्रका लक्षित बालबालिकाका लागि दोस्रो चरणमा घरदैलो गरी अभिभावकलाई शिक्षाको महत्वसम्बन्धी परामर्श गरी वैशाख १५ देखि ३० गतेसम्म भर्ना गराउने उल्लेख छ ।
विद्यालय भर्ना, टिकाउ तथा निरन्तरता र उपलब्धिमा सुधार कार्यक्रमको दोस्रो चरणमा आ-आˆनो जिल्लाहरूमा अनिवार्य तथा निःशुल्क शिक्षा लागू गर्न लक्षित समूहका विद्यालय उमेरका समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहने गरी प्रतिबद्धताका साथ कार्यक्रम घोषणा गर्ने, विद्यालयमा भर्ना भएका बालबालिकालाई टिकाइराख्न र गुणात्मक शिक्षाका व्यवस्थापनका लागि विद्यालयले अवलम्बन गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिए पनि कार्यालयले विद्यालयहरुलाई जानकारी नदिएको शिक्षकहरुले गुनासो गरेका छन् ।
कार्यालयको लापरवाहीले समाहित शिक्षा पद्धतिमा आधारित बालमैत्री, लैङ्गिक मैत्री विद्यालय वातावरण विकासका लागि विद्यालय एवम् अन्य निकायको भूमिकालगायतका विषयमा अभिभावक अन्तक्रिर्या, समीक्षा एवम् सुधार कार्यक्रम योजना तर्जुमा समन्वयात्मक रुपमा सञ्चालन गर्ने, खूद भर्ना दर शतप्रतिशत (१०० %) पुगेको स्रोतकेन्द्र, इलाका, गाविस नगरपालिका एवम् वडा र गाउँसमेत घोषणा गरी त्यस्ता क्षेत्रका विद्यालयलाई सम्मान गरी कार्यक्रमबारे सम्पूर्ण क्षेत्रमा प्रचारप्रसार गराउनेलगायत कार्यक्रम सुरु भएका छैनन् ।
भर्ना अभियानको सूचना नपाएको भन्दै जिल्लाका दुर्गम गाउँ पात्लेका विद्यालयहरु महादेव प्रावि तावर, जनता प्रावि दोराखर्क, बौद्ध प्रावि भूसिंगालगायत अधिकांशले वैशाख १० सम्म विद्यालयमा विदा दिएर बन्द गरेको पात्लेका अभिभावक मिङमार शेर्पाले जानकारी दिनुभयो ।
जिल्ला शिक्षा अधिकारी केदारकुमार गिरी लामो समय कार्यालयको काम देखाएर मन्त्रालयमा बसेपछि भर्ना अभियान असफल हुने अवस्था आएको अभिभावकहरुको गुनासो छ । निमित्तको जिम्मेवारी पाएका शाखा अधिकृत लेखराज कार्की समेत अर्कैलाई निमित्त दिएर हिँडेपछि कार्यालयको टेलिफोन समेत उठ्न छाडेको छ । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...