Skip to main content

पढ्न थाले नक्खुका कैदी- बन्दी


२ बैशाख, काठमाण्डौं । मुलुककै पुरानोमध्येको एक कारागार नक्खुका कैदी-बन्दीको दैनिकी अहिले फेरिँदै गएको छ । हस्तनिर्मित घरेलु उत्पादनमा अधिकांश समय खर्च गर्दै आएका उनीहरु पछिल्लो समयमा अध्ययनमा बढी जोड दिन थालेका छन् ।
कारागार प्रशासन स्वयंले शिक्षाप्रति सकारात्मक भूमिका निर्वाह गरेपछि विविध कारणले बीचैमा पढाइ छाडेकाहरु त्यसलाई निरन्तरता दिन थालेका छन् । यसले कैदी-बन्दीमा सकारात्मक प्रभाव पारेको कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रशासनले अहिले ८ कक्षासम्मको पढाई सुरु गरेको छ । त्यसलाई क्रमशः बढाउँदै लैजाने उसको योजना छ । डेढ सय क्षमताको सो कारागारमा अहिले दुईओठा ब्लकमा गरी झन्डै ५ सय कैदी-बन्दी छन् । तीमध्ये १ सय भन्दा बढी पढ्न थालेका छन् । सबैभन्दा बढी विद्यार्थी कक्षा ८ मा छन् । सो कक्षामा ४३ जना अध्ययनरत रहेको कारागार प्रशासनले जनाएको छ । पहिला पढेको आधारमा कैदी-बन्दीलाई भर्ना लिने गरिएको राजधानी दैनिकमा खबर छ ।
२५ देखि ६३ बर्षसम्मका कैदी-बन्दी सो कारागारको विद्यालयमा अध्ययनरत छन् । जसमा २० देखि ३० बर्षकाको बाहुल्य छ । शिक्षक पनि सोही कारागारका कैदी-बन्दी हुन् । सो कारागारमा स्नातकदेखि विद्यावारिधिसम्म गरेका कैदी-बन्दी छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...