Skip to main content

छपन्न वर्षमा कक्षा एकमा भर्ना

बागलुङ, १७ जेठ आधाभन्दा बढी जीवन चुलोचौकोमा बिताएकी बागलुङ भीमापोखराकी पुतली शर्मा स्कुल भर्ना भएको खबरले गाउँघरमा गाइँगुइँ चलेको बुढ्यौलीतिरको उमेरमा कुर्ता सुरुवारमा ठाटिएर शर्मा स्कुल जान थालेपछि गाउँलेहरु दङ्ग छन् छरछिमेक आफन्तमा शर्माकै चर्चा बुढेसकालमा पनि स्कुल पढ्ने शर्माको रहर भने गाउँकै शिवालय प्राविले मेटाइदिएको हो भीमापोखरा गाविस, सिममा रहेको शिवालय प्राविलेआमा कक्षासञ्चालन गरेपछि गाउँका निरक्षर महिला अहिले अक्षर चिन्ने धोको पालेर स्कुल धाउन थालेका छन्
शर्मा अहिले कक्षा मा भर्ना हुनुभएको सामान्य लेखपढ पनि गर्न नसक्ने शर्मा जस्तै त्यस क्षेत्रका २० जना आमा छात्रा अहिले विद्यालयको कक्षा मा भर्ना भएका छन् विद्यालयले नियमित विषयअन्तर्गत नेपाली, अङ्ग्रेजी, गणित व्यावहारिक शिक्षातर्फ खेती किसानीसम्बन्धी कक्षा सञ्चालन गरेको विद्यालय स्थानीय समुदायको पहलमा सुरु भएको आमा कक्षामा भर्ना हुने महिलाको सङ्ख्या पनि बढ्दै जान थालेको यसो आफ्नो नामसम्म लेख्न सक्ने अक्षर चिन्न पाइएला भनेर स्कुल भर्ना भएकी हुँशर्माले भन्नुभयो, “हामीलाई पढेर चिकित्सक, पाइलट बनौँला भन्ने छैन, बुढेसकालमै भए पनि अक्षर चिन्न पाइने भो यही खुसीको कुरा
जिन्दगी बित्न थाल्यो त्यही पनि केही हुन्छ कि भन्ने आशा लागेको शर्मालाई महिलाहरुको व्यावहारिक जीवनयापनमा केही सहयोग पुगोस् भनेर विद्यालयले आमा कक्षा सञ्चालन गरेपछि शर्मासँग पनि केही सजिलो हुने विश्वास पलाएको स्कुल जानकै लागि भनेर बिहान पनि एक पाइला अघि उठ्ने गरेका छौँशर्माले भन्नुभयो,— ‘घरका कामधन्दा, चुलोचौको सबै सिध्याएर १० बजे स्कुल जान्छौँ पहिलेपहिले छोरीहरुलाई पढाउनु हुन्न भन्ने मान्यता रहे पनि हिजोआज भने परिवारले पनि राम्रो सहयोग गरेको महसुस महिलाहरुले गरेका छन् बेलैमा पढ्ने भन्ने केही थाहा पनि भएन, लोग्ने मान्छेहरु मात्रै स्कुल जाने गर्थेशर्माले भन्नुभयो,— ‘तर अहिले बुढेसकालमा भए पनि स्कुल जानेभन्दा सबैले राम्रै गरेका छन्

अक्षर चिन्न नसक्दा घरव्यवहारको सानो हिसाब राख्न, सूचना पाटीका अक्षरहरु पढ्न, अस्पतालका बेडहरु थाहा पाउन, गाडी नं थाहा पाउने जस्ता सामान्य कुरामा पनि दुःख ठक्कर खानुपरेको निरक्षर महिला बताउँछन् शर्मा जस्तै भीमापोखराका २० महिला अहिले आमा कक्षामा भर्ना भएर पढ्न थालेका छन् आमा कक्षामा निःशुल्क पठनपाठनको व्यवस्था गरिएको विद्यालयले जनाएको निरक्षर महिलाहरुलाई साक्षर बनाउने उद्देश्यले आमा कक्षा सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शर्माले बताउनुभयो विद्यालयले आमा कक्षा सञ्चालन गरेपछि गाउँका निरक्षर महिलाहरु खुुसी भएका छन् आमा कक्षामा भर्ना हुने महिलाको सङ्ख्या पनि दिनहुँ बढ्दै गएको रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...