Skip to main content

दर्बन्दी मिलानमा मोटो रकम कुम्लाउने दाउ

दोलखा १२ असार । जिल्ला शिक्षा कार्यालय दोलखाका नासु देखी आफ्नो  क्षेत्रमा नगई कार्यालयमा बस्ने बिद्यालय निरिक्षकहरुको कोटामा तिन जना देखी पाँच जना शिक्षकको नाम सरुवाको  प्रस्तावित आएको बजार हल्लाबाट मोटो रकम कुम्लाउन दाउ भएको भन्दै नेपाल शिक्षक संघ दोलखाले बिरोध जनाएकोछ ।
जिल्ला शिक्षा समितिबाट शिक्षक व्यवस्थापनको निति निर्माण नै नगरी विना निर्णय शिक्षक सरुवाको प्रस्ताव एकलौटी ढंङ्गबाट प्रस्तावित गर्नुले जिल्ला शिक्षा कार्यालय बास्तविक नियत छर्लङग भएकोले संघले आपत्ती जनाएको हो  । कार्यालयले एकाङ्गी ढंङ्गबाट दर्बन्दी मिलान सम्बन्धि गरेका सम्पूर्ण कार्य अमान्य हुने समेत ज्ञापन पत्रमा जनाएको छ । 
“जिल्ला शिक्षा कार्यालयले बजारमा काड फलेर शिक्षकका  संघ, संगठन प्रति फुठाउनको राजनिति गर्ने दाउ मात्र नभई रातारात  मोटो रकम कुम्लाउने सोचको उपज पनि हुन सक्छ” नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष रामजी चौलागाईले  भने । सरुवाको विषय प्रायोजित ढङ्गबाट अगाडी बढेकामा कार्यालयको यस्तो गतिबिधि संघले घोर भत्र्सना गरेको छन । 
 बुधबार नेपाल शिक्षक संघ दोलखा र नेपाल शिक्षक परिषद दोलखाको टोली गई जिल्ला शिक्षा कार्यालयले एकाङ्गी ढंङ्गबाट दर्बन्दी मिलान सम्बन्धि गरेका सम्पूर्ण कामको प्रस्ताब अमान्य हुने भन्दै पेशागत संगठनले राखेका माग लाई लत्याउदै जाने दुशास गरेमा त्यसबाट उत्पन्न हुने परिणमको भागेदार हुन कार्यालय तयार रहन चेतावानी दिदै १३ बुद्धे ज्ञापन पत्र बुझाएको छ ।
“ दरबन्दी मिलान गर्दा विद्यायलयमा रहेका विद्यार्थी सङ्ख्यालाई एक मात्र आधारबनाउन नहुने, भौगोलिक विकटता र जिशिकाबाट अनुमति लिई विद्यालयमा सञ्चालित कक्षासमेतलाई आधार बनाएरमात्र प्राथमिक तहको दरबन्दी मिलान गर्नुपर्नेविषयमा स्पष्ट अडान रहेको संघका अध्यक्ष चौलागाईले बताए ।” 
“विद्यालय क्षेत्र सुधार कार्यक्रमले कक्षा १–८ लाई आधारभुत तह र कक्षा १–१२ लाई माध्यमिक तह निर्धारण गरी कार्यान्वयनको चरणमा रहेको अवस्थामा कक्षा १–८ सञ्चालित विद्यालयहरुलाई पहिलो प्राथमिकता दिई विद्यार्थी सङ्ख्या र सञ्चालित कक्षाका आधारमा दरबन्दी मिलान गर्नुपर्ने नेपाल राष्ट्रिय शिक्षक परिषद् दोलखा अध्यक्ष केशव प्रसाद काप्mले बताए । ” 
 उनले भने ‘दरबन्दी मिलान पश्चातसञ्चित हुन आउने प्राथमिक दरबन्दीलाई सञ्चित पुल दरबन्दीमा नराख्ने, सञ्चितदरबन्दीलाई निम्नमाध्यमिक तथा माध्यमिक तहको अनुमति लिई सञ्चालनमा रहेका तर कक्षागत, तहगत एवम् विषयगतरुपमा आवश्यक शिक्षक दरबन्दी नपाएका विद्यालयहरुमा दरबन्दी सहित उच्च योग्यता भएका प्राथमिक दरबन्दीमा कार्यरत शिक्षकहरुलाई आवश्यकतानुसार पुल दरबन्दीको रुपमा होइन शुद्ध दरबन्दीसहित समानुपातिकरुपले निमावि र माविहरुमा वितरण वा पदस्थापन गर्नु पर्दछ ।’ 
“जिल्लाको समग्र शैक्षिक स्थिति उकास्नको लागि सरोकारवालाहरुसँग सहकार्य नगरी मनगढन्ते ढंङ्गबाट जिशिका दोलखा अगाडी बढ्ने हो भने यसको  प्रतिरोधमा थप आन्दोलनका कार्यक्रमहरु ल्याइने  नेपाल शिक्षक युनियन दोलखाका सचिव गोविन्द नारायण मानन्धरले चेतावानी दिएकाछन ।”  हालसम्म दोलखा जिल्लामा रहेका रिक्त प्राथमिक दरबन्दी सङ्ख्या विवरण सार्वाजानकि नगरि दबन्र्दी मिलानको नाटक मन्चन गर्नुमा यसका पछाडी ठुलो षडयन्त्र रहेको प्रमाणीत हुन्छ मानन्धरले भने ।
 दोलखाका शिक्षकले पाउनु पर्ने २०६८ सालको पोशाक भत्ता हालसम्म निकासा नभएकोले तुरुन्त निकासा गरि  शिक्षकको सेवामा लाग्न  जिल्ला शिक्षा अधिकारी शिवकुमार सापकोटालाई नेपाल शिक्षक संघकी केन्द्रिय सदस्य गीता शिवाकोटी आग्रह गरिन् । उनले भनिन् अपाएक कार्यरत रहेका महिला शिक्षक, अपाङ्ग र दीर्घरोगी हो भनि प्रमाणित भएको आधिकारिक प्रमाणको  आधारमा र लामो समयदेखि घरबाट अपाएक विद्यालयमा कार्यरत रहेका आधारमा बनाई सम्पूर्ण पक्षको सहमती र सहकार्यमा दबन्र्दी मिलान प्रक्रिया अगाडी बढाउनु पर्दछ ।
यता जिल्ला शिक्षा अधिकारी शिवकुमार सापकोटाले भने बुधबार नेपाल शिक्षक संघ दोलखा र नेपाल शिक्षक परिषद दोलखाको टोलीले संयुक्तरुपमा दिएको ज्ञापन पत्रमा राखेका मागहरु अक्षरश पालन गर्न बिहाबार देखी नै पेशागत संघ,संगठनका प्रतिनिधि बोलाई छलफल र अन्र्तक्रिया अगाडी बढाउने  बताए । उनले भने तत्कालै जिल्ला शिक्ष शिक्षा समितीको बैठक राख्ने छु । 
“बजारमा आएको शिक्षक सरुवाको  प्रस्तावित नाम प्रतिको बिभिन्न हल्लामा सत्यता नरहेको जिशिअ सापकोटाले दाबि गरे ।”
 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...