Skip to main content

लगातार सचिव फेरिँदा शिक्षाका दाता सशंकित


काठमाडौं, १२ असार
शिक्षासचिवको छिटो–छिटो सरुवाले शिक्षा क्षेत्रमा नकारात्मक असर पर्न थालेको छ । अरू क्षेत्रबाट शिक्षामा आएका सचिवलाई सबै कुरा बुझाउन चार/पाँच महिना लाग्ने र बुझ्नेबित्तिकै सरुवा हुँदा दीर्घकालीन नीति तथा योजना प्रभावित भएका छन् । शिक्षासचिव सरुवा भइरहँदा विकासका साझेदार दातृ निकायसमेत असन्तुष्ट र सशंकित हुन 
थालेका छन् । 
डेढ वर्षयता चार सचिव शिक्षा मन्त्रालयमा आएका छन् । यो समयमा शिक्षा मन्त्रालयका कर्मचारीको ‘ब्रिफिङ’ सुन्ने र केही समयपछि नै सरुवा हुने गरेको शिक्षाका कर्मचारीको गुनासो छ । शिक्षा मन्त्रालयका सहप्रवक्ता डा. रोजनाथ पाण्डेले धेरै सरुवाले शिक्षामा प्रभाव पारेको बताए । ‘एउटाले सेटिङ गर्छ, अर्को आएर भत्काउँछ,’ सहप्रवक्ता पाण्डेले भने, ‘नयाँ आउनेले शिक्षाको मुद्दा बुझ्नुपर्‍यो । सबै बुझिसक्दा सरुवा हुन्छ । यसले दीर्घकालीन
असर पार्छ ।’
कर्मचारीका अनुसार शिक्षामा सहयोग गरिरहेका दातृ निकाय पहिले भएका सम्झौता पूरा गर्नबाहेक थप सहयोगमा सकारात्मक 
देखिएका छैनन् । 
अवकाश पाउन डेढ महिना बाँकी हुँदा तत्कालीन शिक्षासचिव शंकरप्रसाद पाण्डेलाई सरुवा गरिएपछि मन्त्रालयमा अस्थिरता आएको छ । ५ मंसिर ०६८ मा पाण्डे सरुवा भएपछि किशोर थापा शिक्षासचिव भएका थिए । त्यसपछि सुरेशमान श्रेष्ठ तथा सोमलाल सुवेदीले शिक्षासचिवको जिम्मेवारी पाए पनि उनीहरू चार/पाँच महिनाभन्दा बढी टिक्न पाएनन् । अहिले नारायणगोपाल मलेगोलाई शिक्षासचिवको जिम्मेवारी दिइएको छ । 
डेढ महिनामा अवकाश पाउने सचिव पाण्डेलाई सरुवा गरेर ५ मंसिर ०६८ मा शिक्षा मन्त्रालयमा ल्याइएका किशोर थापा नौ महिनामै ७ भदौ ०६९ मा सरुवा भए । सोही दिन शिक्षा मन्त्रालय आएका सुरेशमान श्रेष्ठ चार महिना काम गरेर २७ पुस ०६९ मा सरुवा भए । श्रेष्ठपछि सोही दिन शिक्षा मन्त्रालय आएका सचिव सोमलाल सुवेदी पाँच महिना काम गरेपछि ७ असार २०७० मा सरुवा भए । ७ असारमा नारायणगोपाल मलेगो शिक्षासचिवमा नियुक्त 
भएका छन् । 
‘छिटो–छिटो सरुवाले शिक्षामा समस्या आएको छ,’ मन्त्रालयका एक विशिष्ट श्रेणीका कर्मचारीले भने, ‘शिक्षा मन्त्रालय दातृ निकायदेखि ग्रास–रुटसम्म जोडिएको छ । सचिवमा अस्थिरता हुनेबित्तिकै एउटा ट्रयाक बिग्रिन थाल्छ । रफ्तारमा जान थालेपछि ब्रेक लाग्छ, यसले विकासमा बाधा पुगेको छ ।’ कम्तीमा दुई वर्ष बस्ने सुनिश्चितता भयो भने योजनाबद्ध र उत्साहित रूपमा काम हुने कर्मचारीको भनाइ छ । 
‘दुई/चार दिनको तयारी गरेर सचिवलाई ब्रिफिङ गर्‍यो, बल्लतल्ल बुझ्ने वेला भएपछि सरुवा हुन्छ फेरि अर्को तयारी गर्नुपर्छ,’ एक कर्मचारीले भने, ‘शिक्षालाई बाहिरबाट हेर्दा हल्का रूपमा लिइएको छ । तर, यो क्षेत्र प्राविधिक र जटिल छ ।’
धेरैजसो सचिव छिटो सरुवा हुनुको कारण शिक्षा मन्त्री र सचिवबीचको सम्बन्धमा दरार आउनु मानिएको छ । केही दिनअघि सरुवा भएका शिक्षा सचिव र मन्त्रीबीच पनि सम्बन्धमा चिसोपन आएको थियो । मन्त्रालय स्रोतका अनुसार शिक्षामन्त्री माधवप्रसाद पौडेलले तत्काल केही जिशिअको सरुवा गर्न खोजेको र सचिव सोमलाल सुवेदीले आर्थिक वर्ष सकिएपछि मात्र सरुवा गर्ने अडान राखेपछि सम्बन्धमा चिसोपन 
आएको थियो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...