Skip to main content

पाटन क्याम्पस अनिश्चितकालका लागि बन्द

काठमाडौं, १३ असार ।
 पाटन संयुक्त क्याम्पसमा हिजो दिउँसो नेकपा (एमाले) निकट अनेरास्ववियु र एमाओवादीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीका विद्यार्थीबीच झडपपछि उत्पन्न तनावका कारण क्याम्पस प्रशासनले क्याम्पसको शैक्षिक तथा सम्पूर्ण प्रशासनिक कार्य अनिश्चितकालका लागि स्थगन गरेको छ।
क्याम्पसका प्रमुख अमन श्रेष्ठले एक सार्वजनिक सूचना जारी गर्दै दुबै विद्यार्थी सङ्गठन र एमाओवादीको वाइसिएलबीच अझै झडपको स्थिति आउने सक्ने भएकाले शैक्षिक र प्रशासनिक कार्य सुचारु गर्न नसकिने जनाएका छन्। 

क्याम्पसको विशालबजार भाडामा कमिसन खाएको, क्याम्पसमा मनोमानी ढङ्गले एमाओवादी समर्थक मात्रलाई कर्मचारी राखिएको, पठनपाठन प्रभावकारी नभएको भन्दै विरोधमा उत्रेको अनेरास्ववियुले क्याम्पस प्रमुखलाई क्याम्पसमा प्रवेश निषेध गर्ने जनाऊ दिएकै भएपनि कार्यालय पुगेको भन्दै श्रेष्ठमाथि हिजो दिउँसो हातपात गर्न खोजेपछि झडप भएको थियो। 

झडप चलिरहेकै बेला क्याम्पसमा पुगेको प्रहरीले क्याम्पसको विद्यार्थी नभएपनि लडाइँ गर्ने उद्देश्यले त्यहाँ पुगेर भिडन्तमा उत्रेका दुवै पक्षका १३ जनालाई पक्रेकामा हिजो साँझै सबैलाई छाडिसकेको छ। क्याम्पसमा दुवै पक्षका विद्यार्थी र युवा जमात ओइरिएको कारण झडपको स्थिति आउन नदिन प्रहरी निरीक्षकको नेतृत्वमा ५० जनाको दङगा नियन्त्रण टोली खटाइएको छ। 

झडपपछि पक्राउ गरी महानगरीय प्रहरी परिसर जावलाखेल लगिएकामध्ये एमाले निकट अनेरास्ववियुका विद्यार्थीलाई प्रहरीले भित्रै कुटपिट गरेको आरोप लगाइएको छ। सोधपुछकै क्रममा प्रहरीलाई गालीगलौज र हातपात गरेपछि प्रहरीले प्रतिवाद गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी राजेन्द्रमान श्रेष्ठले बताए।

गत महिना स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन भएपछि पनि अघिल्लो कार्यकालका स्ववियु सभापति झपेन्द्र खत्रीलाई सभापतिकै हैसियतमा क्याम्पसको प्रशासनिक काम र अन्य गतिविधिमा सहभागिता जनाउन दिनुपर्ने मागलाई क्याम्पस प्रमुख श्रेष्ठले अस्वीकार गरेपछि अनेरास्ववियु क्याम्पस प्रमुखसँग आक्रोशित बनेको थियो।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...