Skip to main content

उच्च माविका होर्डिङबोर्ड र गेट हटाइने


काठमाडौं, असार १२
उच्च माध्यमिक शिक्षा परिषद्ले काठमाडौंको सुविधानगरस्थित बार्सा उच्च माविलाई २४ घन्टे अल्टिमेटम दिएको छ । एक स्थानमा सम्बन्धन लिएर अर्कै घरको फ्ल्याट भाडामा लिई कक्षा सञ्चालन गरेको तथा मागेको जानकारीसमेत नदिएको भन्दै परिषद्ले मंगलबार २४ घन्टे अल्टिमेटमसहित पुर्जी
थमाएको हो । 
परिषद्का अनुगमन शाखा प्रमुख उपसचिव डम्बर बतासको नेतृत्वमा गएको टोलीले सहप्राचार्य भानु राईलाई २४ घन्टाभित्र सम्पूर्ण कागजात पेस गर्न निर्देशन दिएको हो । बतासका अनुसार उच्च माविका सञ्चालक समितिहरूमा चर्को विवाद देखिएको र दुईतिर बसेर प्रवेश फारम वितरण गरेको पाइएको छ । 
सो उच्च माविलाई परिषद्ले २७ मंसिरमा आफ्नै भवनमा सञ्चालन गर्न निर्देशन दिएको थियो । १२ कक्षामा करिब आठ सय विद्यार्थी रहेको सो उमाविको अवस्था दयनीय बन्दै गएको बताइएको छ । बतासले भने, ‘चित्तबुझ्दो जवाफ नआए ऐन–नियमअनुसार सम्बन्धन खारेजसम्मको 
कारबाही हुनसक्छ ।’
गत वर्ष करिब एक करोड रुपैयाँभन्दा बढी विज्ञापनमा खर्च गरेको सो उमाविले यो वर्ष रकम तिर्न नसकेपछि विज्ञापन एजेन्सी संघ (आन) ले विज्ञापन छाप्नसमेत रोक लगाएको छ ।
आचारसंहिता कार्यान्वयन तथा अनुगमन समितिले आचारसंहिताविपरीत प्रचारका लागि राखिएका उमाविका होर्डिङबोर्ड र स्वागतद्वार हटाउने भएको छ । काठमाडौं सम्पर्क कार्यालयले राजधानीका उमाविको अनुगमन नगरेपछि समितिले नै अनुगमन गरी राजधानीका सडक, चोक र अग्ला घरमा राखिएका होडिङबोर्ड हटाउने तयारी गरेको हो । समितिले गएको ९ असारमा रिङरोड र वरपरका सडक र अग्ला घरमा राखिएका होर्डिङबोर्ड र स्वागतद्वारको तस्बिर संकलन गरेको थियो । 
राजधानीको गौशाला, कोटेश्वर, बानेश्वर, बबरमहल जडीबुटी चोक, सातदोबाटो, कलंकी, बाफल, बालाजु, लगनखेल जावलाखेल, चावहिल, महाराजगन्ज, गैरीगाउँलगायत स्थानमा धेरै संख्यामा पोलब्यानर र आधा दर्जन स्वागतद्वार राखिएको फेला परेको छ ।
समितिले छानबिनका क्रममा कलंकीको एडमार्क, बाफलको ग्रिनफिल्ड, सातदोबाटोको प्रिमियर, गैरीगाउँको नासा, बबरमहलको मेगा, गौशालाको गुरुकुल र तक्षशिला, बानेश्वरको के एन्ड के, महाराजगन्जको ओरियन्टलगायत उमाविले होर्डिङबोर्ड तथा गेट राखेको फेला परेको छ । मेगा कलेजका कार्यकारी निर्देशक गोपाल खनालले आफूले बनाएको गेट हटाइसकेको बताए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...