Skip to main content

शैक्षिक गुणस्तर उकास्न अभिभावक जागरुक बन्नुपर्ने


धर्मेन्द्र मामा
बिर्तामोड । विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अभिभावकको महत्वपूर्ण भूमिका र जिम्मेवारी हुने शिक्षा सरोकारवालाले बताएका छन् ।
उनीहरुले विद्यालयमा अभिभावकको सक्रिय उपस्थिति र सहभागिताले मात्र खस्कँदो शैक्षिक अवस्थालाई उकास्न सकिने निष्कर्ष निकालेका छन् । विद्यालय शिक्षाको ३ खम्बा शिक्षक, विद्यार्थी र अभिभावकको सक्रिय भूमिकाबाट जस्तोसुकै समस्या पनि हल गर्न सकिने र विद्यार्थीको शैक्षिक तथा व्यवहारिक शिक्षामा सुधार ल्याउन सकिने सहभागीहरुको निचोड थियो ।
  झापाको विर्तामोडमा शिक्षक मासिक पत्रिकाको आयोजनामा सञ्चालित विद्यालय र अभिभावक विषयक अन्तरक्रियामा शिक्षा मन्त्रालय, शिक्षा कार्यालय, प्रधानाध्यापक, व्यवस्थापन समिति तथा शिक्षकहरुले उक्त निचोड निकालेका हुन् । छलफलमा विभिन्न नमूना विद्यालयहरुले अभिभावकहरुको सहभागीतामा विद्यालयमा अभ्यास भइरहेको कार्यक्रम तथा प्रयासहरु बारे जानकारी गराएका थिए ।
सहभागीहरुले धेरैजसो  विद्यालयका अभिभावकहरु निष्कृय रहने गरेको र उनीहरुलाई विद्यालयसम्म आउने वातावरण बनाउन नसकिएका गुनासाहरु पोखे । केही विद्यालयहरुले भने अभिभावकलाई जागरुक बनाएर अघि बढ्दा शैक्षिक गुणस्तरमा वृद्धि भएको अनुभव सुनाए ।
झापा लक्ष्मीपुरको हिमाली निमाविका प्रधानाध्यापक केशव ओझा, मोहनमाया मावि चारपानेकी प्रअ विन्दु श्रेष्ठ, हिमालय उमावि दमकका प्रअ विदुर खतिवडा, विराटनगरकी मधु राई लगायतले आफ्ना विद्यालयका अभिभावकसँगको  सहकार्यका कारण नमूना विद्यालय बनाउन मद्दत पुगेको बताए ।
कतिपय प्रधानाध्यापक भने अझैपनि सरकारले केही गरेन भन्दै आलोचना गर्न व्यस्त देखिन्थे । शिक्षकहरुको प्रतिनिधीमूलक संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बुद्धिमान कार्की, शिक्षक संघकी उपाध्यक्ष चित्रकला ओली, शैक्षिक गणतान्त्रीक मञ्चका अध्यक्ष शिवराज राजभण्डारी, नेपाल शिक्षक यूनियका अध्यक्ष तेजप्रसाद चौलागाई लगायतले सरकारी नीति गलत भएको, शिक्षकहरुमा सक्रियता नभएको, अभिभावकहरुमा चेतनाको कमी भएको, आदि कारणले शैक्षिक क्षेत्र ओरालो लागेको बताए ।
शिक्षा मन्त्रालयका उपसचिव डा. तुलसी थपलियाले विद्यालय र अभिभावक बीचको अन्तरसम्बन्ध बारे जानकारी गराएका थिए । शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले शैक्षिक क्षेत्रलाई आधार मानेर शिक्षामा परिवर्तन ल्याउन अ ाफू र आफ्नो पत्रिका निरन्तर क्रियाशिल रहेको बताए ।
पत्रकार दाहालले सहजिकरण गरेको उक्त अन्तरक्रियामा झापा, मोरङ, सुनसरी र इलामका जिल्ला शिक्षा कार्यालयका प्रतिनिधीहरुको उल्लेख्य सहभागीता थियो । सुनसरीका जिल्ला शिक्षा अधिकारी वीरबहादुर खड्का, झापाका उपसचिव अशोक कालाखेती लगायतले शिक्षाको गुणस्तर खस्कनुमा सबै पक्षको कमजोरी भएको स्वीकार गर्दै कमी कमजोरीहरुलाई सुधार गर्ने प्रतिबद्धता जनाए । शिक्षक मासिकका सल्लाहकारसम्पादक केदार शर्माले अन्तरक्रियाले सफल अभ्यासहरुलाई अरु समक्ष लैजान महत्वपूर्ण योगदान पू¥याएको बताए । शिक्षक मासिकका झापा प्रतिनिधी चेतन अधिकारीको संयोजनमा भएको उक्त कार्यक्रममा डेढसय बढी शिक्षा सरोकारवालाको सहभागीता रहेको थियो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...