Skip to main content

डडेल्धुराको गांखेतका बिद्यार्थी मुडामा चढेर बिद्यालय जान बाध्य

अनमोल मकर धामी/डडेल्धुरा, साउन १२ गते । डडेल्धुराको गाँखेत गाविसमा पर्ने उनैशेरी निम्न माध्यामिक बिद्यालय काफलीमा पढ्ने बिद्यार्थीहरुको आउने जाने बाटोमा पर्ने खोलामा पुल नहुँदा मार्कामा परेका छन् ।
 
बर्षातको समयमा कमलपुर खोलामा पानी बढेको र पुल नभएका कारण उनीहरु जोखिम पूर्ण तरिकाले बिद्यालय आउने जाने गरेका छन् । कमलपुर, मेलडाँडा, शिकरीपुर, चौकी पातल लगाएतका स्थानियबासिन्दा पनि सोही खोला भएर वारपार गर्ने गरेका छन् । खोलामा वारपार गर्न एउटा काठको मुडा तेस्र्यायको छ त्यसैमा  चढेर बिद्यार्थीहरु जोखिमपूर्ण तरिकाले बिद्यालय आउने जाने गरेका छन् । खोलामा राखिएको उक्त मुडा बाट खसे बा चिप्लीय सीधै खोलामा परिन्छ । बिद्यालयमा अध्ययनरत सानो कक्षाका अर्थात २ र ३ कक्षामा पढ्ने करिब ३९ जना जति बिद्यार्थीहरु  मुडामा चढेर बिद्यालय आउने जाने गरेको बिद्यालयका प्रधानाध्यापक बिष्णु बहादुर थापाले बताउनु भयो । अभिभावकहरुमा आफ्ना बच्चाहरु खोलामा झर्ने डर दिन दिनै मनमा खेलाइ रहेको हुन्छ । यस्तो अवस्था हुँदा हुँदै पनि त्यहाँ कसैको आँखा पर्न सकिरहेको छैन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...