Skip to main content

अवैध पाठ्यपुस्तक छाप्ने साहित्य प्रकाशन कारबाहीमा


काठमाडौं, १३ साउन
पाठ्यक्रम विकास केन्द्र (सीडीसी)ले गैरकानुनी रूपमा विद्यालय तहको पाठ्यपुस्तक प्रकाशन गर्ने साहित्य प्रकाशनलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । जनक शिक्षा सामग्री केन्द्रका उच्च अधिकारी र साहित्य प्रकाशन गृहको मिलेमतोमा शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र (सीडीसी) प्रकाशक राखेर कक्षा ६ को अंग्रेजी पाठ्यपुस्तक प्रकाशन भएको पहिचान भएपछि कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको हो । केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलका अनुसार, सरकारको लोगो अनाधिकृत्त रूपमा प्रकाशन गर्ने र त्रुटिपूर्ण पुस्तक प्रकाशन गर्नेमाथि कस्तो कारबाही गर्न सकिन्छ भनेर कानुनी परामर्श लिने काम भइरहेको छ ।
‘पाठ्यक्रम विकास केन्द्रले मात्र कारबाही गरेर नहुने भएकाले थप प्रक्रियाका लागि शिक्षा मन्त्रालयलाई पत्राचार गरेका छौं,’ निर्देशक ढुंगेलले राजधानीसँग भने । कारबाहीका लागि शिक्षा सचिवसँग छलफल गरेर यसै साता प्रक्रिया अगाडि बढाउने उनले बताए । विनाअनुमति सरकारी लोगो प्रयोग गर्ने र पुस्तकमा समेत भाषागत त्रुटि धेरै भएकाले कारवाहीका लागि समस्या आएको केन्द्रले जनाएको छ । चालू शैक्षिक सत्रमा कक्षा ६ को पाठ्यपुस्तक परिमार्जन गरिए पनि अंग्रेजीमा सीडीसीले अनुवाद गरेको छैन । अनुवादै नगरिएको पुस्तक केन्द्रलाई प्रकाशक राखेर मुद्रण साहित्यले प्रकाशन गरेको हो । कक्षा ६ का पाठ्यपुस्तक सरकारी लोगो प्रयोग गर्दै अंग्रेजी संस्करणमा प्रकाशन गरी बजारमा अनधिकृत रूपमा बिक्री–वितरण भएको समाचार र सम्पादकीय राजधानी दैनिकले प्रकाशित गरेपछि केन्द्रले छानबिन समिति गठन गरेको थियो ।
पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक डा.बालकृष्ण रञ्जितको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनमा जनक शिक्षाका उच्च अधिकारी र साहित्य प्रकाशन गृह नै दोषी भएको उल्लेख गरेको छ । समितिको प्रतिवेदनमा साहित्य प्रकाशनले सरकारी लागो प्रयोग गर्दै भारतबाट पाठ्यपुस्तक छपाइ गरेर ल्याएको र जनक शिक्षाले अनुमति दिएको उल्लेख्य गरेको छ । तर, जनक शिक्षाका उच्च अधिकारीले अनाधिकृत्त रूपमा छपाइका लागि अनुमति दिँदा पनि कारबाही प्रक्रिया अगाडि बढ्न सकेको छैन । कानुनमा सरकारी लोगो प्रयोग गर्नेलाई २५ हजार रुपैयाँ जरिवानासहित एक वर्ष कैद र कालोसूचीमा राखिने व्यवस्था छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साहित्य प्रकाशन गृहलाई कालोसूचीमा राखेको अवस्थामा जनक शिक्षा सामग्री केन्द्रका तत्कालीन अधिकारीको सहमतिमा छपाईका लागि अनुमति दिइएको प्रतिवेदनमा खुलेको छ । जनक शिक्षाका प्राविधिक निर्देशनालय प्रमुख कपिलदेव पोखरेल र प्रवक्ता मनोहर लामिछानेले छपाइका लागि सीआरसी दिएको साहित्य प्रकाशनका सञ्चालक मोहन उपाध्यायले बताए । उनले राजधानीसँग भने, ‘पुस्तकमा प्रकाशकको नाम जनक शिक्षा र वितरकको नाम लेख्न छुट भएका कारण समस्या आएको हो ।’ नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका महासचिव नवनिधि पन्तले सरकारले कारबाहीका लागि प्रक्रिया ढिलो गरेको आरोप लगाए ।
‘पुस्तक त्रुटि छपाइ गर्ने र बजारमा बिक्री वितरण गर्नेमाथि कुनै कारबाही नहुँदा पुस्तक व्यवसायीहरू त्रुटिपूर्ण नै पुस्तक बिक्री वितरण गर्न बाध्य हुनेछन्,’ महासचिव पन्तले भने । हजारांै विद्यार्थीले पढ्ने पुस्तकका लागि सरकारले छपाइका लागि सीआरसी र अनुमति दिन आवश्यक रहेकामा उनले जोड दिए । सीडीसीले तयार नै नगरेको पाठ्यक्रम साहित्य प्रकाशनले भारतमा छपाइ गरेर काठमाडौं, बुटवल, नारयणगढलगायतका स्थानमा बिक्री वितरण गरेको र २ हजार थान मात्र छपाइ गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । २१ असोज २०६९ मा बसेको सचिवस्तरीय बैठकले पाठ्यपुस्तकको अनुवाद सीडीसीले मात्र गर्ने निर्णय गरेको थियो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...