Skip to main content

चुनावसम्म राजनीतिमा होमिन शिक्षकलाई एमाओवादी निर्देशन

काठमाडौं,  १५  साउन
एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचन सम्पन्न नभएसम्म सक्रिय राजनीतिमा होमिन शिक्षकहरूलाई निर्देशन दिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीले सुरु गरेको ‘जनसम्बन्ध सुदृढीकरण अभियान’देखि निर्वाचन सम्पन्न नहुँदासम्म आङ्खना काम थाती राखेर सक्रिय राजनीतिमा होमिन शिक्षकहरूलाई निर्देशन दिएका हुन् । एमाओवादीनिकट अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठक बसालेर शिक्षकहरूलाई सक्रियतापूर्वक अभियानमा संग्लन्न हुनैपर्ने निर्देशनसमेत दिइएको छ ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा शिक्षक संगठनको केन्द्रीय समिति बैठक आयोजना गरी एमाओवादी अध्यक्ष दाहालले निर्वाचन बहिष्कारका लागि केही शक्तिकेन्द्र अभियानसहित लागिपरेको भन्दै त्यसको काउन्टर दिन पनि शिक्षकहरूले चार महिना राजनीतिक अभियानमा अनिवार्य जोडिनुपर्ने बताए ।
उनले निर्वाचन विरोधीहरूलाई बौद्धिक क्षेत्रबाट काउन्टर दिन शिक्षकहरूले महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्ने भन्दै पार्टीले ल्याएको अभियानमा सक्रिय भएर लाग्न निर्देशन दिएका थिए । दाहालले निर्वाचन विरोधीहरूको भण्डाफोर गर्न शिक्षकबाहेक अन्यले प्रभावकारी भूमिका खेल्न नसक्ने भन्दै शिक्षकहरूले सक्रियतापूर्वक अबको चार महिना राजनीतिक अभियानमा जुट्नुपर्ने बताएका थिए । ‘शिक्षकहरूको अबको काम निरपेक्ष रूपमा विद्यार्थीलाई पढाउने मात्र होइन,’ बैठकमा दाहालको निर्देशन उद्धृृत गर्दै एक शिक्षकले भने, ‘निर्वाचनमा एमाओवादीलाई जिताउन आङ्खनो कार्यक्षेत्रदेखि सबैतिर राजनीतिक अभियानमा सक्रियतापूर्वक जुट्नुपर्छ, चुनाव नहुँदासम्मका लागि प्रमुख काम राजनीति हुनुपर्छ ।’
निर्वाचनको माहोल आङ्खनो पार्टीको पक्षमा पार्न शिक्षकहरूको भूमिका महŒवपूर्ण हुने भन्दै दाहालले पार्टीलाई जिताउने गरी शिक्षकहरूलाई प्रचार अभियानमा जुट्न निर्देशन दिएका थिए । दाहालले शिक्षकहरूलाई अन्तरिम समयका लागि पार्टीले खटाउने कार्यक्षेत्रमा लाग्न आग्रह पनि गरेका थिए । एमाओवादीले १० साउनदेखि संविधानसभाको माहोल निर्माण र जनसम्बन्ध सुदृढ गर्न अभियान सुरु गरेको छ । पार्टीको निर्देशनअनुसार नै शिक्षक संगठनले नेताहरूको कार्यविभाजन पनि गरेको छ । र्टीले थालेको चुनावी अयिभानसँगै शिक्षकहरूलाई जोडेर लैजान शिक्षक संगठनका केन्द्रीय नेताहरूको कार्यविभाजन गरिएको शिक्षक संगठनका अध्यक्ष रत्न ओलीले राजधानीलाई बताए । उनका अनुसार पूर्वी ब्युरो संयोजकमा दीनानाथ तिमल्सिना, मध्य ब्युरो संयोजकमा भोलानाथ सापकोटा, पश्चिम ब्युरोमा सानु लोहनी, सुदूरपश्चिम ब्युरोमा सर्पराज सिंह र मधेस ब्युरो संयोजकमा जीवनाथ पराजुलीलाई बैठकले जिम्मेवारी तोकेको छ । त्यस्तै, उच्च मावि, संस्थागत, राहत, अस्थायी शिक्षक विभाग संयोजकमा यादव दाहाल र नमुना विद्यालय विभाग संयोजकमा पूर्णप्रसाद दवाडीलाई जिम्मेवारी तोकिएको छ । ‘ब्युरो संयोजकहरूले सम्बन्धित क्षेत्रका शिक्षकहरूलाई पार्टीको अभियानसँग जोड्ने गरी अब कार्यक्षेत्र नै तोकेर राजनीतिक अभियानमा होम्ने कुरा भएको छ,’ बैठकपछि एक शिक्षकले भने ।
ती शिक्षकले विद्यालय एकाइसम्म पुग्न, सदस्यता वितरण गर्न, भेला प्रशिक्षण गर्न र संविधानसभाको निर्वाचनमा पार्टीको पक्षमा माहोल निर्माण गर्न क्रियाशील हुन पार्टी अध्यक्ष दाहालले निर्देशन दिएको जानकारी दिए । बैठकमा एमाओवादी प्रवक्ता अग्नि सापकोटाले संक्रमणकालीन अवस्था अन्त्यका लागि निर्वाचनको विकल्प नभएकाले पढाउने काम भन्दा पनि निर्वाचनमा होमिन शिक्षकहरूलाई आग्रह गरे ।
निर्वाचनको विरोध गर्नेहरू आफैं जनताको विरोधमा पर्ने र उनीहरू अन्ततः आफंै समाप्त भएर जाने भन्दै सापकोटाले ‘जनयुद्ध’ र जनआन्दोलनको भावनाविपरीत गएर कोही कसैलाई पनि निर्वाचनको विरोध गर्ने छुट नभएको दाबी गरे ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...