Skip to main content

औपचारिकतामा सीमित नहोस् पुस्तकालय दिवस


केही औपचारिक कार्यक्रमसहित छैटौं पुस्तकालय दिवस सम्पन्न हुँदै छ । पुस्तकालय दिवस मनाउनकै लागि सरकारले विभिन्न समिति, उप–समिति गठन गरे पनि ती समितिका पदाधिकारी औपचारिक कार्यक्रमबाट उँभो लाग्न सकेनन्, यसपालि पनि । पुस्तकालयको महŒवका विषयमा सहरमा आयोजना भएका केही कार्यक्रममा भाषण गर्नुका अतिरिक्त सार्वजनिक स्थानमा झार उखेल्ने, खानेपानी वितरण गर्ने जस्ता कार्यक्रमसहित पुस्तकालय दिवस सम्पन्न गर्ने तयारी हँुदै छ भने यस्तै कार्यक्रम शीर्षकमा केही रकम खर्चसमेत भएको छ । यसको अर्थ पुस्तकालयसँग सम्बन्धित अधिकारी सामाजिक काममा सहभागी हुनुहुँदैन भन्ने होइन । यसरी विभिन्न ¥याली र गोष्ठी गर्नुको साटो पुस्तक र पाठकको सम्बन्ध बढाउने काम गरेको भए पुस्तकालय संस्कृति विकासका लागि थोरै भए पनि टेवा पुग्ने थियो । विकसितदेखि अति कम विकसित मुलुकका लागि पनि पुस्तकालय अनिवार्य सर्त हो ।
पुस्तकविना विकासको मार्ग त परै जाओस् परिकल्पनासमेत गर्न सकिँदैन । तसर्थ, पुस्तकालयमा लगानी गर्न राज्य हिच्किचाउनु हुँदैन । हरेक दलका नेता मात्रै होइन व्यापारी र ‘नकाम’ गर्नेहरूले समेत मञ्च पाए भने पुस्तकालयको महŒवको विषयमा घन्टांै प्रवचन दिन पछि पर्दैनन् । तर, तिनले कुनै पनि शीर्षकका पुस्तक वा भनांै पुस्तकालयमा सानै अंश भए पनि लगानी गर्ने हैसियत राख्दैनन् । यसो हुनुको मूल कारण राज्यकै अदूरदर्शी नीति हो भन्दा फरक पर्दैन । यदि, राज्यले आमनागरिकलाई पुस्तकालयका बारेमा बेलैमा सचेत गराएको भए २ सय वर्षको इतिहास बोकेको नेपालका पुस्तकालयको हालत यति धेरै खराब हुने थिएन । मोफसलका सहरका के कुरा गर्नु ४० लाख मानिस बसोवास गर्ने काठमाडौंका पुस्तकालयको हालत नाजुक छ । जहाँ पुस्तकालय खुलेका छन् त्यहीं आफूले चाहेको पुस्तक नपाउनु एउटा समस्या हो भने भएको पुस्तकको उचित सम्भार गर्न नसक्नु अर्को समस्या ।
पुस्तकालय किन र केका लागि भन्नेमा सरकार मात्रै सचेत भएर पुग्दैन । पुस्तकालय सञ्चालक, पाठकदेखि लेखकसमेत सचेत हुनुपर्छ । काठमाडांैका कतिपय धन हुनेले पुस्तकालय सञ्चालन त गरेका छन् तर तिनले त्यसको व्यावहारिक कार्यान्वयन गर्नेतर्फ खास चासो देखाएको पाइँदैन । देश÷विदेशबाट पुस्तक बटुल्नेहरूले पुस्तक भनेको केबल दराज सजाउने साधन मात्रै होइन भन्नेमा सचेत हुन ढिला भइसकेको छ । सार्वजनिक र सरकारी लगानीमा खोलिएका केही पुस्तकालयमा पुस्तक हराउने अर्को समस्या वर्षौंदेखि कायम छ ।
नपढे पनि पुस्तकालयबाट पुस्तक उठाए मात्र पनि प्राज्ञिक होइन्छ भन्ने भ्रममा केही व्यक्तिहरूले पुस्तकालयबाट पुस्तक उठाउने र फिर्ता नगर्ने परिपाटी कायम छ । यसको अन्त्य आजैबाट गरिनुपर्छ । जसले जहाँबाट पुस्तक उठाएका छन् तिनले इमानदारीपूर्वक फिर्ता गर्नुको अतिरिक्त कमाइको झीनो अंश भए पनि पुस्तकालयका लागि लगानी गर्ने संस्कार सुरु गरियो भने वास्तवमै पुस्तकालयको सान्दर्भिकता झल्किनेछ ।
source:www.erajdhani.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...