Skip to main content

पठनपाठन बन्द नगर्न अदालतको आदेश

हेटौंडा, १३ भदौ बिद्यालयको पठनपाठन ठप्प पारी आन्दोलनमा उत्रिएका संस्थागत विद्यालयका शिक्षकलाई पुनरावेदन अदालत हेटौंडाले बिद्यालय बन्द नगर्न अन्तरिम आदेश जारी गरेको छ । पुनरावेदन अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बिहिबार विद्यालयको पठनपाठन नरोक्न आदेश दिएको हो ।
आदेश जारी गरेको हो । रिटमाथिको बहसपछि अदालतले शिक्षा जस्तो क्षेत्रमा आघात पुग्ने गरी एकैपटक बन्द जस्तो अन्तिम अस्त्र प्रयोग गरी बालबालिकाको शिक्षा पाउने अधिकार हनन नगर्नु गर्न नलगाउनु, पठनपाठन नरोक्नु भनी विपक्षीहरुको नाममा पुनरावेदन अदालत नियमावली बमोजिम अन्तरिम आदेश जारी गरिएको उल्लेख छ । अदालतमा कालुमान स्याङ्बोद्धारा प्याब्सन, एनप्याब्सन र शिक्षा कार्यालय मकवानपुरलाई विपक्षी बनाई बन्दले बालबालिकाको पढन पाउने नैसर्गिक अधिकार हनन भएको भन्दै रिट दायर गरेका थिए । अदालतले विपक्षीहरुलाई १५ दिन भित्र के भएको हो ?, निवेदन माग बमोजिम आदेश जारी हुनुपर्ने हो वा होइन ? त्यस्तो आदेश जारी हुनुनपर्ने भए आधार र कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
शिक्षकहरुको तलब वृद्धि, नियुक्तीपत्र, सञ्चय कोष, उपदान बिदालगायतको माग गर्दै १० भदौबाट पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । केन्द्रीयस्तरमा सहमति भए पनि जिल्लामा उठान गरिएका माग पुरा नभएसम्म आन्दोलन नरोक्ने भन्दै शिक्षकहरु आन्दोलनरत छन् । माग सम्बोधन नभएको भन्दै संयुक्त संघर्ष समितिका संयोजक दीपक गौतम र शिक्षिका करुणा थापा शिक्षा कार्यालयमा आमरण अनसनमा बसेका छन् । आन्दोलनमा नेपाल संस्थागत विद्यालय शिक्षक युनियन( नेपाल इस्टु) र संस्थागत विद्यालय शिक्षक युनियन नेपाल( इस्टु)को नेतृत्व रहेको छ । चार दिनदेखि जिल्लाका ७३ वटा विद्यालय बन्दहु“दा २१ हजार विद्यार्थी पठनपाठनबाट बञ्चित भएका छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...