Skip to main content

अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइने

पर्वत, १३ भाद्र
यस वर्षको अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । यस बर्ष ‘बालमैत्री, अनिवार्य शिक्षा, ज्ञान र सिपको सुनिश्चितता’ भन्ने आदर्श वाक्य सहित देशभर यो दिवस मनाईदै छ ।
बिहीबार जिल्ला शिक्षा कार्यालयमा बसेको शिक्षा सम्बद्ध सरोकारवालाहरुको बैठकले दिवसलाई जिल्लामा विभिन्न कार्यक्रमहरु गरी भव्यरुपमा मनाउने निर्णय गरेको हो । उक्त बैठकले शिक्षा दिवसलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु समेत गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ ।
दिवसको अवसरमा स्रोत केन्द्रबाट छनौट भई आएका प्राथमिक तहका बालबालिकाहरुले तयार पारेका चित्रहरुको चित्रकला प्रतियोगिता, भाद्र २० गते निमाविस्तरीय हिज्जे प्रतियोगिता, भाद्र २१ गते उच्च मावि तहमा अध्ययनरत बिद्यार्थीहरुबीच निबन्ध प्रतियोगिता, सोही दिन मावि स्तरीय वक्तिृत्वकला, २२ गते बिहान जिल्ला शिक्षा कार्यालयका कर्मचारी र प्राचार्यहरुबीच मैत्रीपूर्ण भलिबल खेल संचालन गरिने भएको छ । त्यस्तै गरी २३ गते जिल्ला शिक्षा कार्यालयबाट प्रभातफेरी शुरु गरी कार्यक्रम स्थलमा पुगी औपचारिक कार्यक्रम शुरु हुने जनाइएको छ ।
शिक्षा दिवसकै अवसर पारेर शिक्षा क्षेत्रमा क्रियाशील उत्कृष्ट शिक्षा कर्मीहरुलाई पुरस्कृत तथा सम्मान गरिने प्रचलन रही आएको छ । पछिल्ला बर्षहरुमा राजनीतिक भागवण्डाको आधारमा शिक्षक तथा शिक्षाकर्मीहरुको मूल्यांकन गरिने गुनासो आउने गरेका थिए । यसवर्ष कस्ता व्यक्तिहरु छनोटमा पर्ने हुन्,  योग्य र कर्तव्यनिष्ठ व्यक्तिहरुको उचित मूल्यांकन हुन्छ या हुँदैन  प्रश्न उब्जिएको छ ।
वि सं २०३१ सालदेखि नेपालले शिक्षा दिवस मनाउन थालेको हो । यस्तै हरेक सेप्टेम्बर ८ मा अन्तराष्ट्रिय रुपमा मनाइने साक्षरता दिवसलाई पनि भदौ २३ मै मनाउन थालिएको छ । नेपालको शिक्षा क्षेत्रमा राज्यले बजेटको ठूलो हिस्सा लगानी गरेपनि सो अनुसारको प्रतिफल प्राप्त भएको छैन । सामुदायिक विद्यालयको शैक्षिक स्तर कमजोर छ । सरकारी विद्यालय र कलेजहरुले प्रदान गर्ने शिक्षा प्रतिस्पर्धी र सीपमूलक हुन सकेको छैन । विद्यालय र विश्वविद्यालयका परिणामहरु रोजगार सृजना गर्ने भन्दा बेरोजगार उत्पादन गर्नेतर्फ उन्मूख छन् । यस्तो अवस्थामा आकर्षक आदर्श वाक्यका साथ मनाउन लागिएको शिक्षा दिवसले कस्तो सन्देश दिने हो हेर्न बाँकि नै छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...