Skip to main content

शंकरपोखरीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न


भूमिराज शर्मा 
११, असोज पर्वत 
अहिंसावादी संगठन र त्रिभुवन उच्च मावि शंकरपोखरीको संयुक्त आयोजनामा फेसवुकका फाइदा र बेफाइदा शीर्षकमा शुक्रबार मावि तथा उमावि तहको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा जिल्लाको जननेत्र उमावि देउपुरकी छात्रा यशोदा तिमिल्सिना प्रथम, त्रिभुवन उमावि शंकरपोखरीका शंकर तिवारी द्धितीय, जनसहयोगी मावि शंकरपोखरीकी आयुषा अधिकारी तृतीय र नवजागृत उमावि तिलाहारका कलाधर शर्मा र त्रिभुवन उमाविकी सिर्जना भुसालले सान्त्वना स्थान प्राप्त गरेका थिए । कार्यक्रममा जिल्लाका दश मावि तथा उच्चमाविका छात्र छात्रा गरी बिस जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलले सामुदायिक विद्यालयहरुको गिर्दो शैक्षिक स्तरलाई सुधार गर्न सबै पक्ष जिम्मेवार बनेर लाग्नु पर्ने बिचार व्यक्त गर्नु भयो । सामुदायिक विद्यालयहरुमा बिद्यार्थी संख्या घट्दै जानु अहिलेको चिन्ताको विषय बनेको छ । समयमै शैक्षिक गुणस्तरमा सुधार नगर्ने हो भने धेरै विद्यालयहरु मर्ज गर्नु पर्ने अवस्था आउन सक्छ । उहाँको भनाइ थियो ।  सो कार्यक्रममा लोकदोहरी गायक कृष्ण अखेली लगायतका कलाकारहरुको विशेष प्रस्तुति सहित विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।  

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...