Skip to main content

अखिल नेपाल शिक्षक संगठन पर्वतको अध्यक्षमा शर्मा


सहारा न्यूज सम्बाददाता
पर्वत, १२, असोज
राष्ट्रिय, जनमुखी शिक्षा र मर्यादित शिक्षण पेशाका लागि हाम्रो आन्दोलन, कथित दोस्रो संविधान सभाको निर्वाचनको विरुद्धमा तेस्रो जिल्ला सम्मेलन भन्ने नाराका साथ नेकपा–माओवादी निकटको अखिल नेपाल शिक्षक संगठन पर्वतको तेस्रो जिल्ला सम्मेलन जिल्लाको सदरमुकाम कुस्मामा शनिबार सम्पन्न भएको छ । 
सम्मेलनको बन्दसत्रले १९ सदस्यीय जिल्ला समिति निर्बिरोध निर्वाचित गरेको छ । नव निर्वाचित समितिको अध्यक्षमा भूमिराज शर्मा, उपाध्यक्ष ओम प्रसाद पन्त, सचिव देवी प्रसाद अधिकारी, सहसचिव नारायण जिसी  र कोषाध्यक्षमा गुमा जिसी चयन भएका छन् । अन्य सदस्यहरुमा सूर्य थापा, पारिश्वर भुसाल, लोकराज कुँवर, ओम शर्मा, कृष्ण कुमारी गुरुङ्ग, मोति थापा, मिन प्रसाद चपाईँ, धनन्जय मल्ल  रहेका छन् ।  त्यस्तै गरी सम्मेलनले संगठनका निवर्तमान उपाध्यक्ष बिष्णु प्रसाद भुसाललाई केन्द्रीय परिषद प्रतिनिधिमा चयन गरेको छ । 
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संगठनका केन्द्रीय उपाध्यक्ष देवकला अधिकारीले नेपाली शिक्षकहरुका समस्याहरु समाधान गर्ने तर्फ राज्यले उचित ध्यान दिन नसकेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, शिक्षण पेसालाई मर्यादित र सम्मानित पेसाको रुपमा विकास गर्नु पर्नेमा राज्यले शिक्षकहरुबीच नै विभेद खडा गरिदिएर झनै संकटग्रस्त बनाइ दिएको छ । शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि पटक पटक आन्दोलन गरी सहमति गर्दा समेत शिक्षक तथा विद्यालय कर्मचारीहरुका मागको यथोचित सुनुवाइ नहुनुले राज्य शिक्षाकर्मीहरुका मागहरु प्रति गम्भिर छैन भन्ने कुरा पुष्टि भएको छ । उहाँले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरुको दीर्घकालिन समाधानका लागि सम्पूर्ण शिक्षकहरु सशक्त संघर्षमा जानुको विकल्प नरहेको बताउनु भयो । अधिकारीले स्वाभीमानी र मर्यादित शिक्षण पेशाको निम्ति संघर्षको अग्रभागमा उभिएर सम्पूर्ण उत्पीडित शिक्षकहरुलाई गोलबन्द गर्दै शिक्षक हकहितका नाममा डलरको खेती गर्ने र प्रतिक्रियावादी राज्य सत्ताको चाकरी गर्दै व्यक्तिगत स्वार्थमा लागेका संघसंस्थाहरुको भण्डाफोर गर्दै शिक्षामा भैरहेको बैदेशिक हस्तक्षेप र व्यापारीकरणको विरुद्धमा उत्रन आग्रह समेत गर्नु भयो । 
कार्यक्रमको उद्घाटन सत्रमा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिवालय सदस्य रेशमलाल सापकोटा, नेकपा– माओवादीका जिल्ला सेक्रेटरी जय नारायण तिवारी, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य मिनराज केसी, क्रान्तिकारी पत्रकार महासंघ पर्वतका अध्यक्ष बैकुण्ठ गिरि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । भूमिराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई स्वागत  शिक्षक लोकराज कुँवरले  र संचालन विष्णु प्रसाद भुसालले गर्नु भएको थियो ।  
source:www.saharanews.com.np

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...