Skip to main content

शिक्षकले आफ्नो गरिमालाई उचो राख्न शिक्षामा गुणस्तर बृद्धि गर्नु आवश्यक


DEO nandlalकोपिला कडेल, बागलुङ २०७० असोज ११ । नेपाल शिक्षक सघं बागलुङको आयोजनामा आज देखी माध्यमिक बिद्यालयस्तरिय गणित शिक्षक प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले शिक्षकहरुले आफ्नो गरिमालाई उचो राख्नका लागि शिक्षामा गुणस्तर बृद्धि गर्नुपर्ने बताए ।
गणित बिषयको जिल्लाको औसत उपलब्धी ३४ प्रतिशत मात्र रहेको भन्दै जिशिअ पौडेलले– शिक्षकले शिक्षणको पाटोलाई निरन्तर चिन्तन मनन गर्नुपर्नेमा जोड दिए । उनले जिल्लाको समग्र शैक्षिक अवस्थालाई नियाल्दा गणित र बिज्ञान बिषयमा धेरै बिद्यार्थी फेल हुने गरेको भन्दै शिक्षकहरुलाई आफ्नो पेसागत दक्षता र गुणस्तरियतामा ध्यान दिन आग्रह गरेका थिए ।
सो अवसरमा तालिमका प्रशिक्षक जीवनाथ शर्मा र सुर्य प्रसाद कडेल र नेपाल शिक्षक सघं बागलुङका सहसचिव राजेन्द्र पौडेलले मन्तब्य दिएका थिए । कार्यक्रम नेपाल शिक्षक सघं बागलुङका अध्यक्ष सागर खरेलको अध्यक्षतामासम्पन्न भएको थियो ।
यसैवीच आशिंक प्राध्यापक सघं धौलागिरी बहुमुखी क्याम्पस बागलुङको आयोजनामा धौलागिरी बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुको पेसागत सुरक्षा बिषयक अन्र्तक्रिया कार्यक्रम आज एक समारोहका बिच सम्पन्न भएको छ । सो अवसरमा बोल्ने सहभागिले आंशिक प्राध्यापक लाई प्रक्रिया पुर्याएर करारमा नियुक्त गर्न माग गरेका थिए ।
आंशिक प्राध्यापकले पुर्णकालिन भार बहन गर्नुपरेको भन्दै सहभागिले– क्याम्पस प्रशासनले १ सय ५० दिने अध्यापन गराउने वातावरण गराईदिनुपर्ने बताएका थिए ।
आंशिक प्राध्यापकका समस्या सबैका साझा हुनुपर्ने भन्दै सहभागीले क्याम्पस प्रशासन लगायत सम्पुर्ण पेसागत संघ संगठनले साझा अभियानकै रुपमा समाधान खोज्नुपर्नेमा जोड दिए ।
सो अवसरमा क्याम्पस प्रमुख आनन्दराज सिलवाल, सहायक क्याम्पस प्रमुख ओम प्रकाश शर्मा, प्राध्यापक ईकाइ सघंका सभपती गोबिन्द गौतम, प्रगतिशिल प्राध्यापक सघंका अध्यक्ष प्रकाश साप्कोटा,राष्ट्रिय प्राध्यापक सघंका अध्यक्ष डा. दिन बहादुर थापा, प्रजातन्त्रबादी प्राध्यापक सघंका अध्यक्ष रामचन्द्र शर्मा, त्रिभुवन विश्व बिद्यालय कर्मचारी सघंका अध्यक्ष शिब प्रसाद पाध्या र स्वबियु सभापती प्रेम सुबेदी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा आंशिक प्राध्यापक संघ धौलागिरी बहुमुखी क्यापसका अध्यक्ष शिव प्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
source:www.ebaglung.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...