Skip to main content

विद्यालयकै कारण अपांगता भएका बालबालिका शिक्षाबाट बञ्चित


१२ असोज, वर्दिया । विद्यालयकै कारण एक अपांगता भएकी बालिका पढाइबाट वञ्चित बनेकी छन् । बर्दिया जिल्लाको मोतीपुर–९ की १६ वर्षीया बालिका मुन्नी थारू पढाइबाट वञ्चित भएकी हुन् । स्थानीय आदर्श माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययनरत मुन्नीलाई विद्यालयका प्रधानाध्यापक जगमोहन झाले हिँड्न नसक्ने भएकाले पढ्न नआऊ भनेपछि बढाइबाट वञ्चित हुनु परेको छ । प्रधानाध्यापकको भनाइ उद्धृत गर्दै मुन्नीले भनिन्, ‘सरले अपांगले पढेर के गर्छ र भन्नुभयो ।
विद्यालयमा सञ्चालन भइरहेको त्रैमासिक परीक्षामा अपांगता भएकी मुन्नीले बेन्चमा बसेर लेख्न अप्ठ्यारो हुने र हात पनि कमजोर भएको कापीमा अड्याएर लेख्न दिन अुनरोध गरेपछि विद्यालयका प्रधानाध्यापक झाले विद्यालय नआउन आदेश दिएको पीडित बालिकाले बताइन् । प्रधानाध्यापकको यस्तो आदेशपछि मुन्नी त्रैमासिक परीक्षबाट वञ्चित बनिन् । विद्यालयले मुन्नीलाई परीक्षामा सपांग विद्यार्थी सहर नियम लगाएपछि मुन्नीको पढाइ टुटेको राजधानी दैनिकमा खबर छ ।
मुन्नी जन्मजातै अपांग हुन् । अपांग भए पनि उनी पढ्न जाने उमेर भएदेखि नै विद्यालय जाने गरेकी थिइन् । तर, ३ कक्षामा पढ्दा कक्षाकोठामा खेल्दै गरेका साथीहरूले ढालेको बेन्चले मुन्नीको दाहिने खुट्टा नै भाँचिएपछि उनी परीक्षा दिन मात्रै विद्यालय जाने गरेकी थिइन् । परीक्षा दिनबाट समेत विद्यालयले वञ्चित गरेपछि मुन्नीको पढ्ने सपना अधुरै रहेको छ । पढ्ने इच्छा देखेर अभिभावकले उनलाई ह्विलचियरमा राखेर विद्यालय लैजाने गरेका थिए ।
बालिका मुन्नीले यस्तो बताए पनि प्रधानाध्यापक जगमोहन झाले भने विद्यालय नआऊ नभनेको बताए । अपांगमैत्री विद्यालय नभएका कारण परीक्षामा मुन्नीलाई केही अप्ठ्यारो भएको उनले स्विकारे । उत्तरपुस्तिका अड्याउन राखेको कापी परीक्षामा खटिएका शिक्षकले खोस्दा मुन्नीले आफैं अबदेखि स्कुल आउँदिन भनेर गएको प्रअ झाले बताए । मुन्नीका अभिभावकले अपांगता भएका विद्यार्थीलाई विद्यालयले पढ्नबाट वञ्चित गरेको आरोप लगाउँदै कारबाहीका लागि जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएका छन् ।
Source: http://www.onlinekhabar.com/

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...