Skip to main content

पढायो गुनायो पाठ, सोह्र दुना आठ


नारायण तुम्बापो
फिदिम/असोज ९ गते / पाँचथरका प्रायः सवै सामुदायिक विद्यालयहरु पठन–पाठन गर्ने गराउनने कुरामा चुस्त दुरुस्त देखिन्छन् । पढाउँ–पढाउँ लाग्ने गरिको विद्यार्थीहरुको उपस्थितीछ । शिक्षक शिक्षिका आफ्ना विद्यार्थीलाई शतप्रतिशत उत्तिर्ण गराउन उत्तिकै मरिहत्ते गरेर पढाउन लागेको पनि देखिन्छ । लगाब छ पनि । विद्यालयको भौगोलिक अवस्थिती, पाठ्य सामग्री, शिक्षक योग्यता, विद्यालय लाग्ने छुट्ने समयावधि मापदण्ड अनुसारकै विद्यार्थीमैत्री देखिन्छ । यसको विपरित विद्यार्थी सिकाई उपलब्धि भने ह्रासोन्मुख अवस्थामा रहेकोछ । पढायो गुनायो पाठ सोह्र दुना आठ भने जस्तैछ । यस्तो अवस्थाको शैक्षिक परिणाम जिल्ला शिक्षा कार्यालय ( जिशिका ) ले हालै विभिन्न विद्यालयमा गरेको अनुगमनबाट देखिएको हो । जिशिकाले च्याङथापु, फलैचा, सुभाङ, पौवासारता, चोकमागु लगायत गाविसका विद्यालयमा अनुगमन गरेको हो । यस क्षेत्रको विद्यालयहरुको सिकाई उपलब्धि ४० प्रतिशत मात्र रहेकोछ । यसरी घट्दो प्रतिशतले विद्यार्थी उत्तिर्ण हुनुमा विद्यालयहरुमा परम्परागत पारा बाटै पठनपाठन हुनु कारण देखिएको जिशिकाले जनायो । अनुगमित प्रायः विद्यालयहरुमा परम्परगत पाराले पठनपाठन भइरहेको जिशिका उपसचिव गेहेन्द्र दाहालले बताउनुभयो । उहाँका अनुसार अझैपनि शिक्षकमा सृजनात्मक र रचनात्मक शिक्षण शैली अभाव रहेकोछ ।
ठूलो स्वरले कराएर पढाउने, घोकाउने, विद्यार्थीलाई पृष्ठपोषण नगर्ने जस्ता परम्परागत पढाउने विधि शिक्षकमा कायम रहेको हो । शिक्षकहरुको पेशागत विकासका लागि बेलाबेला सरकारले दिने तालिम समेत व्यावहारमा लागु नभइरहेको पाइएकोछ । यसको बाबजुद विद्यार्थीले अपेक्षाकृत शैक्षिक ज्ञान हासिल गर्न सकिरहेका छैनन् । कतिपय शिक्षकले त विद्यार्थीहरुलाई विना तयारी र उदेश्यले पढाइरहेको समेत पाइएको अनुगमक स्रोत शिक्षक बालकुमार राइले बताउनुभयो ।
अनुभवि शिक्षक रहेका कतिपय उमाविका शिक्षकहरुमा समेत उस्तै परम्परागत पढाउने शैलि रहको अर्का अनुगमक स्रोत शिक्षक गणेश चेम्जोङले बताउनुभयो । अनुगमनसंगै विद्यार्थीको सिकाई उपलब्धी परिक्षण गर्दा प्रायः विद्यालयको प्राप्ताङ्क अङक अत्यन्तै न्यून र दुःख लाग्दो प्रतिशत रहेको अनुगमन टोलीको प्रतिवेदनले देखाएकोछ । शिक्षकहरुमा विषयगत दक्षता कम, विद्यार्थी मूल्याङ्कन प्रणाली फितलो, जाँगरको कमी, शिक्षा सिकाई कार्यमा कम सम्लग्नता जस्ता थप समस्याले शैक्षिक गुणस्तरमा सुधार ल्याउन गाह्रो भइरहेको उपसचिव दाहालले बताउनुभयो । यसबाट जिल्लाको शिक्षामा भएको लाखौं लगानी बालुवामा पानी बनिरहेको देखिएकोछ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...