Skip to main content

सरकारी स्कूलमै अंग्रेजी खरर, बोर्डिङलाई बाई बाई

सूर्यकुमार क्षेत्री

उज्यालो / लमजुङ, असोज १३  – धेरै अभिभावकको रहर हुन्छ, आफ्ना छोराछोरीले खरर्र अंग्रेजी बोलुन् । त्यसैले त बोर्डिङ स्कुलमा विद्यार्थी भरिएका हुन् । तर लमजुङका केही सरकारी विद्यालयले अंग्रेजी माध्यममा पढाउन थालेपछि खस्केको शिक्षाको गुणस्तर उकासिएको मात्रै छैन, बोर्डिङका विद्यार्थी समेत सामुदायिक विद्यालयमा फर्केका छन् । नेपालीमा पढाई रहेका शिक्षक र त्यसरी नै पढिरहेका विद्यार्थी अहिले जानीनजानी अंग्रेजी सिक्दै गरेको सुन्न र हेर्न रमाइलो लाग्छ । भौतिक संरचनाको अभावमा एउटा कक्षालाई दुईवटा बनाएर पढाई भइरहेको छ । तर पढाई भने गज्जबकै छ । लमजुङको अर्चलबोट गाविसमा रहेको अलैँचे प्राविका दुई कक्षाका विद्यार्थी आफूले जानेका कुरा अंग्रजीमै सुनाउँछन् ।
तीन कक्षामा पुगेपछि मात्रै अंग्रेजी पढाउने चलनलाई लमजुङका विद्यालयहरुले फेरेका छन् । हिजोआज एक कक्षादेखि नै अंग्रेजीमा पढाई हुन्छ । ‘सिकाईका लागि अंग्रेजी, अंग्रेजीका लागि सिकाई’ यो भनाईलाई लम्जुङका विद्यालयले मूलमन्त्र जस्तै बनाएका छन् । यो क्रम सुरु भएको चारवर्ष भयो । विद्यार्थी पनि अंग्रेजीमै अभ्यस्त हुन थालिसके भन्नुहुन्छ, अलैँचे प्राविका शिक्षक देवीभक्त रेग्मी । विद्यालयको माग अनुसार ग्लोबल एक्सन नेपालले शिक्षकका लागि तालिम र शैक्षिक सामग्री उपलव्ध गराउँछ ।
लमजुङका ३१ वटा विद्यालयले यसरी अंग्रेजी माध्यममा पढाउन थालेपछि विद्यार्थी सामुदायिक विद्यालयमा आकर्षित भएका छन् । त्यसरी पढाउने विद्यालयमध्ये सूर्योदय निमावि बोझे, र सरस्वति सदन मावि सिन्दुरे उत्कृष्ट भएका छन् । यी दुई विद्यालयले जनही ५० हजार रुपैयाँ पुरस्कार समेत पाएका छन् । बोर्डिङको भन्दा धेरै सेवा सुविधा दिएर शिक्षक समेत सरकारी विद्यालयमा तान्ने होडबाजी पनि चलेको छ । केदार प्राविका प्रधानाध्यापक लक्ष्मीप्रसाद ढकाल अभिभावकले अंग्रेजीमा जोड दिएकाले पनि विद्यार्थीको पढाई सुध्रिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘अहिले त बोर्डिङ छुटाएर सरकारी विद्यालयमा विद्यार्थी भर्ना गरेका छन् ।’
निमित्त जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर अछामीले शिक्षक, अभिभावकले चाहेमा स्थानीयस्तरमा सामुदायिक विद्यालय राम्रा र गुणस्तरीय बन्ने बताउनुभयो । पछिल्ला केही बर्षयता नेपालका सामुदायिक विद्यालयहरु धेरै आलोचित छन् । खासगरी एसएलसीको नतिजाको बेलामा त्यो आलोचना धेरै हुन्छ । धेरैजसो विद्यार्थी अंग्रेजी र गणितमा फेल भइरहेको अवस्थामा लमजुङका विद्यालयहरुले थालेको यो अभियान देशका अरु ठाउँमा पनि लैजान आवश्यक छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...