Skip to main content

छ विद्यालयमा तेह्र शिक्षक, चौध विद्यार्थी


मुस्ताङ, १३  असोज । हिमाली जिल्ला मुस्ताङको छुसाङ गाविसमा रहेका छ विद्यालयमा १३ शिक्षक र १५ विद्यार्थी रहेको सार्वजनिक भएको छ । जिल्ला शिक्षा कार्यालय मुस्ताङका अनुसार छुसाङ गाविसको ताङवे प्रावि ताङवेमा तीन शिक्षक, चार विद्यार्थी, जननर्मल निमावि छुसाङमा दुई शिक्षक, दुई विद्यार्थी, ज्योती प्रावि तेताङमा दुई शिक्षक, एक विद्यार्थी, दीपज्योति प्रावि चैलेमा दुई शिक्षक, दुई विद्यार्थी अरनिको प्रावि ध्याकरमा दुई शिक्षक, एक विद्यार्थी तथा समर प्रावि समरमा दुई शिक्षक, चार विद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विद्यार्थीको पढ्न पाउने अधिकारबाट कसैलाई वञ्चित गर्न नहुने बताउँदै विद्यार्थी सङ्ख्या बढे सम्बन्धित विद्यालयमा शिक्षक पठाउने र छ वटै विद्यालय एकीकरणको प्रक्रियामा लैजान जिल्ला शिक्षा कार्यालय मुस्ताङ सहमत भएको छ । छुसाङमा रहेको जननर्मल निमाविमा स्थानीयले आवासीय विद्यालय बनाउन रकमको जोहो गर्न थालेपछि जिल्ला शिक्षा कार्यालयले मौखिक सहमति दिएको हो ।
निजीस्तरबाट छुसाङको सामुदायिक विद्यालयलाई आवासीय बनाउने र दुई वर्ष अगाडिबाट अङ्ग्रेजी माध्यममा पढाइ सुुरु भएको जननर्मल निमाविमा अङ्ग्रेजी र स्थानीय भाषा शिक्षक स्थानीयको सहयोगमा राखिने भएको छ भने अन्य शिक्षक आवश्यकताअनुसार पठाइने छ । जननर्मल निमावि छुसाङका प्रधानाध्यापक गुरूप्रसाद सापकोटाले भन्नुभयो, “आवासीय विद्यालय सञ्चालनका लागि पुरानो घर छुसाङ भई हाल काठमाडाँै महाराजगन्जमा स्थायी बसोबास गर्दै आएका प्रेम नम्डुल लामाले रु पाँच लाख सहयोग गर्नुभएको र थप रकमको खोजी भइरहेको छ ।” आगामी फागुन १ गतेदेखि आवासीय विद्यालय सञ्चालन गर्दा ४० विद्यार्थी पु¥याउने लक्ष्य रहेको जानकारी उहाँले दिनुभयो । 
आवासीय विद्यालय सुरु गर्न पूर्वाधारका लागि रु १५ लाख र दीर्घकालीन सञ्चालनका लागि करिब रु ३५ लाख गरी करिब रु ५० लाखको जोहो गर्न विद्यालय व्यवस्थापन समिति लागिपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुङक तेञ्जिङ गुरुङले बताउनुभयो । आवासीय विद्यालय सञ्चालनका लागि नौ वटै वडाको लिखित र जिशिकाको मौखिक सहमति रहेको अध्यक्ष कुङकले जानकारी दिनुभयो । मुस्ताङमा आवासीय विद्यालयको अवधारणाले आफूखुसी भएको भन्दै आवासीय विद्यालय स्थापना भएमा विद्यार्थी सङ्ख्यासमेत उल्लेख्य मात्रामा वृद्धि हुने शिक्षक अभिभावक सङ्घका अध्यक्ष चन्द्र गुरुङले बताउनुभयो । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...