Skip to main content

मेडिकलका विद्यार्थीलाई होस्टल छाड्न कलेज प्रशासनको उर्दी


विद्यार्थीमाथि रुखो व्यवहार । चर्को शुल्क । त्यसमाथि कलेजको असुरक्षित वातावरण, अनि विद्यार्थीले कसरी भयरिहत वातावरणमा संवेदनशील मानिएको मेडिकलसम्बन्धी ज्ञान आर्जन गर्न सक्छन् ? शान्ति क्षेत्र भनिने शैक्षिक संस्थामा त्रासको वातावरण ! यस्तै भएको छ ,  भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स कलेजमा । करीब १५ सय विद्यार्थी अध्ययन रहेको सो कलेजका विद्यार्थीले कलेज प्रशासनलाई आफ्ना माग पुरा गर्न दवाव दिने उद्देश्यले सुरुमा २४ घण्टे अल्टिमेटन दिएर आन्दोलन सुरु गएका थिए । तर, असोज १० गतेदेखि सुरु भएको आन्दोलनलाई सम्बोधन गर्न कलेज प्रशासनले कुनै चासो दिएको छैन ।
त्रिभुवन विश्वविद्यालयको नियम विपरीत कलेजले बढि शुल्क लिएको, होस्टेल सुविधा नभएको, विद्यार्थीको सुरक्षा नभएको, सरकारी अस्पतालमा अभ्यासका लागि नलगेको लगायका कारण आन्दोलन गर्नु परेको विद्यार्थीहरुको भनाई रहेको छ । यसैगरी कलेजमा नयाँ प्रिन्सिपल प्रोफेसर आनन्द कुमार आएपछि विद्यार्थीमाथी रुखो व्यवहार गरेको विद्यार्थीहरुले दाबि गरेका छन् । कलेज प्रशासनले आन्दोलनमा लाग्ने विद्यार्थीलाई फेल गराइदिने धम्कि समेत दिएको विद्यार्थीहरुको दाबी छ । universal1
यसैगरी विद्यार्थीहरुले आफ्नो माग पुरा गर्न माग गर्दै क्याम्पस प्रशासनलाई ७ बुँदे मागपत्र समेत बुझाएका थिए ।
क्याम्पस प्रशासनविरुद्ध स्नातक तहमा अध्ययनरत (एम.बी.बी.एस, बी.डी.एस, बी.एस्सी नर्सिंग, बी.एम.एल.टी, बी.फार्मा) का विद्यार्थीहरुका तर्फबाट बुझाइएको माग पत्रहरु यसप्रकारका छन् ।
१. त्रिविले निर्धारण गरेको परीक्षा
शुल्क (रु.३५०) २० गुणाभन्दा बढी वृद्धि ९रु. ८०००० हुनेगरी यस कलेजले परीक्षा-शुल्क लिंदैआएकोमा उक्त शुल्क त्रिविले कायम गरेको शुल्क सरह नै हुनुपर्ने,
२. विद्यार्थी भर्नाका समयमा छात्रावासको पूर्ण सुविधा भएको भनिएतापनि हाल आएर कलेजले छात्रावासमा बसिरहेका विद्यार्थीहरुलाई ६ वर्षको समयसीमा तोक्दै त्यहाँबाट निकाल्ने सूचना प्रकाशित गरेकोमा सोको खारेजी तथा सम्पूर्ण कोर्ष पुरा नहुँदासम्म छात्रावासको सुविधाको सुनिश्चितता हुनुपर्ने,
३. कलेजले डोनेसनलगायत वार्षिक शुल्क र अन्य सबै शुल्कहरुमा वार्षिक रुपले आकाशिँदो वृद्धि गरिरहेको तर अहोरात्र ड्युटीमा खटिने इन्टर्न डाक्टरहरुलाई भने खानबस्न समेत अपुग हुने गरी नाममात्रको तलब (रु. ७५००) दिंदै आएकामा सोको वैज्ञानिक ढंगले वृद्धि हुनुपर्ने,
४. विधार्थीद्वारा सञ्चालित करुणा च्यारिटेबल सोसाइटीबाट सहयोग पाएका निम्न र विपन्न वर्गका बिरामीहरुलाई जांच र बेडशुल्क मिनाहा हुनुपर्ने,
५. कलेजभित्र चौबिसै घण्टा सेवा उपलब्ध हुनेगरी गुणस्तरयुक्त चमेनागृहको व्यवस्था हुनुपर्ने,
६. समयसमयमा कलेज हाताभित्रै विद्यार्थीहरुले असुरक्षित महशुस गरिरहनुपरेकोमा पूर्ण सुरक्षाको ग्यारेन्टी हुनुपर्ने,
७. हजारौं विद्यार्थी अध्ययनरत कलेजमा लाइब्रेरी भने सय जना पनि नअट्ने भएकोमा सोको क्षमता र गुणस्तरमा वृद्धि गर्नुपर्ने,
चर्चित ब्लग माइसन्सार लेख्छ, ‘मागका सम्बन्धमा कलेज प्रशासनबाट हालका दिनसम्म कुनै ठोस पहलकदमी भएको छैन। उल्टै विद्यार्थी भुलाउने मनासयबाट मागका सम्बन्धमा अध्ययन गर्ने नाममा अधिकारविहीन टोली गठन गरेको छ। तथापि, विगतमा पनि थुप्रै बनेका यस्ता टोलीहरुले सिफारिस गरेका सुझावहरुलाई कलेज प्रशासनले बेवास्ता गर्नेगरेको पृष्टभूमिमा यो टोली पनि सोही शृंखलाको पछिल्लो कडी मात्रै भएको हामी आन्दोलनरत विद्यार्थीहरुको निष्कर्ष छ। यसर्थ, कलेजको माथिल्लो निकायले यी मागका सम्बन्धमा ठोस निर्णय नदिंदासम्म यो आन्दोलन अझै सशक्त ढंगले अघि बढ्ने छ।
कलेज हाताभित्र धर्ना बस्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेकोमा शुक्रबारदेखि भने सम्पूर्ण शैक्षिक गतिविधिहरु पनि ठप्प पारिएका छन्। शुक्रबारदेखि नै इन्टर्न डाक्टरहरु पनि ड्युटी छाडेर धर्ना बसिरहेका छन्। आइतबार भने कलेजको मेडिकल शिक्षा विभाग र लेखाशाखामा पनि तालाबन्दी गरिएको छ।’
यसैगरी सोमबारदेखि ओपिडि सेवा बन्द गराएका छन् । कलेज प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएर आन्दोलन शुरु गरेका विद्यार्थीले माग सम्बोधन नभएपछि ओपिडि सेवा बन्दगर्नु परेको बताएका छन् ।
कलेजले भने विद्याथीको माग सम्बोधन गर्नुको सट्टा उल्टै थप जटिलता थप्ने काम गरेको छ ।
SAM_3805
कलेज छाड्न उर्दी
कलेजमा आन्दोलन गरेको र अराजकता फैलाएको भन्दै  कलेजले बिद्यार्थीहरुलाई तत्काल कलेजको छात्रावास छोडेर जान उर्दी जारी गरेको छ । कलेज प्रशासनले लिखित रुपमै सूचना टास गरि उर्दी जारी गरेको हो ।
मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत एवम निर्देशक वि के पहवाद्धारा जारी सूचनामा छात्रहरुलाई २४ घण्टा र छात्राहरुलाई ४८ घण्टाको अल्टीमेटम दिई छात्रावास खाली गर्न उर्दी जारी गरेका हुन ।
बिद्यार्थीहरुले कलेज प्रशाससनले आफ्नो अभिभावकहरुलाई समेत फोन गरि धम्की दिएको आरोप लगाएका छन । कसैले कलेज बिरुद्ध बोले उसको क्यारियर चौपट हुने डर सबै बिद्यार्थीमा देखिएको कारण कोही पनि प्रत्यक्ष रुपमा बोल्न समेत मानेका छैनन् । शिक्षालाई ब्यापीकरण नगर, बिद्यार्थी पनि कसैको छोराछारी हुन उनिहरुलाई तर्साउन बन्द गर लगायतका नारा भएका प्लेकार्ड बोकेका उनिहरु कसैको अगुवाई बिना नै उनिहरु स्वतस्फुर्त रुपमा आन्दोलित भएका हुन ।
 अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने कलेजले आफुसमक्ष सामान्य मागहरु राख्दा बसिरहेको ठाउँबाटै गलहत्याएर निकाल्ने जस्तो अति अमानवीय दुष्कर्म गर्न खोजेर निरंकुशताका सबै पराकाष्ठा नाघेको संकेत दिएको विद्यार्थीले बताएका छन । कलेजको यस्तो निर्णयबाट आक्रोसित विद्यार्थीहरुले कलेजको अवैधानिक निर्णयविरुद्ध शान्तिपूर्ण प्रतिरोध जारी राख्ने जनाएका छन् ।
हुन त यो केवल १५ सय विद्यार्थीहरुको मात्रै सरोकारको विषय होइन। किनकि यो आन्दोलनको सफलतासंग समग्र नेपालकै आगामी चिकित्साशिक्षाको भविष्य पनि गाँसिएको छ। यस्ता समस्याहरुलाई समाधान गर्न सरकारका आधिकारीक निकायहरुले हस्तक्षेप गर्नु जरुरी रहेको बिद्यार्थि बताउछन ।
पछिल्लो समय च्याउसरी उम्रिएका मेडिकल कलेजहरुले गुणस्तरीय अध्यापन भन्दा पनि नामामूखि काम गर्दै आएको मेडिकल क्षेत्रमा चर्चाको विषय बन्दै गएको छ । यस्ता मेडिकल माफियाका रुपमा रहेका मेडिकल कलेज सञ्चालकहरुमागि उचित छानबिन गरी सम्बन्धन नै खारेजी गर्नुपर्ने विद्यार्थीहरु बताउँछन् ।
युनिभर्सलका विद्यार्थीहरु भन्छन् , ‘ प्रायः सबै निजी मेडिकल कलेजहरुको साझा समस्या यही होस् विद्यार्थीको चाहना नबुझ्ने, मेडिकल शिक्षाको गुणस्तरमा रत्ति चासो नभएको र जता पनि पैसा मात्रै खोज्ने चरम व्यापारमुखी माफियाहरुको चंगुलमा यी फसेका छन्। कालान्तरमा यसको प्रत्यक्ष असर पर्ने भनेको नेपाली सर्वसाधारण जनतामाथि नै हो। यही तथ्यलाई मनन गरेर सबै सरोकारवालाहरुले यो आन्दोलनमा आ-आफ्नो क्षेत्रबाट ऐक्यबद्दता जनाउन जरुरी भैसकेको छ।’
  विद्यार्थीको आन्दोलनबारे  मेडिकल कलेजका पदाधिकारीहरुलाई सम्पर्क गर्न खोज्दा कसैसंग पनि सम्पर्क हुन सकेन । मेडिकल कलेजका सबै उच्च पदाधिकारीहरुले सुरक्षाको अनुभुति नभएको भन्दै कार्यालयमै नगएको शिक्षा तर्फका संयोजक दिवाकर पाण्डेले बताए ।
 
Source: http://www.ratopati.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...