Skip to main content

अपांगता भएकालाई प्रधानाध्यापकद्वारा विद्यालयबाटै निष्कासन


नयाँ पत्रिका / बर्दिया, १३ असोज / मोतीपुर–३ मा रहेको आदर्श माविका प्रधानाध्यापक जगमोहन झाले अपांगता भएका एक विद्यार्थीलाई विद्यालयबाट निकाला गरेका छन् । ६ कक्षामा अध्ययनरत शारीरिक अपांगता भएकी मुन्नी चौधरीलाई उनले विद्यालयबाट निकाला गरेका हुन् । त्रैमासिक परीक्षा भइरहेका वेला अरू विद्यार्थीसरह व्यवहार गरेपछि आफूलाई समस्या भएको भन्दै विरोध गर्दा पढ्न नआउन भनेको मुन्नीले बताइन् । ‘पढेर पनि केही गर्न नसक्ने’ भन्दै प्रधानाध्यापकले विद्यालयबाट निकालेको उनको भनाइ छ । मुन्नीका अनुसार प्रधानाध्यापक झाले ‘तिमी पढ्न नआउ, हिँड्न सक्दैनौ, तिमीले पढेर के नै गर्न सक्छौ ?’ भनेपछि अहिले उनी पढ्न र चालू त्रैमासिक परीक्षा दिनबाट वञ्चित भएकी छन् । १८ वर्षीया मुन्नीलाई कमजोर शारीरिक अवस्थाका कारण अरूसरह पढ्न र परीक्षा दिन समस्या भएको थियो ।
१३ असोजबाट सुरु भएको त्रैमासिक परीक्षामा उनी विद्यालयले गरेको सिट प्लानिङअनुसार बस्न सकिनन् । तर, उनलाई सो सिटमै बस्नुपर्ने भन्दै दुव्र्यवहार गरिएको थियो । मुन्नीका अनुसार प्रधानाध्यापकको यस्तो व्यवहारको अरू शिक्षकले विरोध गरेपछि विवाद भएको थियो । त्यही विवादलाई ठूलो बनाएर आफूलाई विद्यालयबाट निकालिएको मुन्नीले गुनासो गरिन् । मुन्नी झन्डै तीन फिट मात्र अग्लो छिन् । उनको खुट्टाले शरीरको भार थाम्न सक्दैन । उनको दायाँ हात पनि साधारण रूपमा चल्दैन । दायाँ हात चलाउन बायाँ हातको साहारा लिनुपर्ने हुन्छ । उनी एक हातले टेकेर घस्रिएर हिँड्ने गर्छिन् । मुन्नी जन्मैदेखि शारीरिक अपांग हुन् । अपांगता भए पनि सानैदेखि नै पढ्न जाने गरेकी थिइन् । तर, ३ कक्षामा पढ्दै गर्दा विद्यालयले साङ्गहरूजस्तै व्यवहार गरेपछि उनलाई समस्या परेको थियो । मुन्नीका अनुसार कोठामा विद्यार्थीहरू खेल्दै गर्दा उनीमाथि ढलेको बेन्चले दाहिने खुट्टा र हात भाँचिएपछि लामो समय पढ्न पाइनन् ।
विद्यालयका प्रधानाध्यापक झाले आफैँले म यस्तो विद्यालयमा पढ्न आउन्न भनेका कारण नआए नआऊ भनेको बताए । उनले परीक्षामा कापी खोसेर दप्तीमा लेख्न भनेपछि मुन्नीले अपशब्द बोलेको आरोप लगाए । झाले मुन्नी अपांग भए पनि साङ्गसरह नै परीक्षाको नियम पालन गर्नुपर्ने बताए । सरकारले अपांगमैत्री भौतिक संरचना बनाउने, अपांग विद्यार्थी भएको कक्षा कोठाहरूसमेत अपांगमैत्री बनाउने भने पनि मोतीपुरको विद्यालय भवन र कक्षा अपांगमैत्री भने छैन । विद्यालयले हरेक विद्यार्थीको शारीरिक मानसिक अवस्थाबारे अध्ययन गर्नुपर्ने भए पनि विशेष क्षमता भएकी मुन्नीबारे अध्ययन गरेको छैन । विद्यालयका सम्पूर्ण शिक्षकलाई मुन्नीको शारीरिक तथा मानसिक अवस्थाबारे थाहा छैन ।
यता जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी नीलकण्ठ रेग्मीले उजुरी पर्नासाथ प्रधानाध्यापकलाई झिकाएर वास्तविक बुझेको बताए । रेग्मीले प्रधानाध्यपकले माफी मागेको बताउँदै अबका दिनमा अपांगमैत्री शिक्षा दिने बताए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...