Skip to main content

जनकपुरका विद्यार्थीले रोबट बनाए


१३ असोज, जनकपुरधाम । दुई वर्षको प्रयासपछि बनाइएको रोबट जनकपुरमा प्रदर्शन गरिएको छ । जनकपुरस्थित धनुषा साइन्स क्याम्पस कक्षा १२ मा अध्ययनरत कृष्णाकुमार मण्डलले बनाएको रुसी एस फोर के टुएल्भ नामको रोबट प्रदर्शन गरिएको हो ।
 धनुषा जिल्ला वासुदेवपट्टी पचहर्वा-५ का अरूण मण्डल र जुरनीदेवी मण्डलको कोखबाट २०५० सालमा जन्मेका मण्डल सानैदेखि मिहिनेती थिए । रोबट बनाउन निकै नै जटिल समस्या भोग्नुपरेको दुःख पनि प्रदर्शनका क्रममा उनले व्यक्त गरे । लक्ष्य लिएको मान्छे जस्तोसुकै कठिन अवस्थामा पनि हार मान्दैन भनेझैँ उनले आफ्नो सपना पूरा गर्न रोबट बनाएको बताए । यसअघि १० कक्षामा पढ्दा नै उनले रुसी एयर पावर बनाएका थिए ।
रोबट बनाउन रु एक लाख खर्च लागेको जनाउँदै मण्डलले सबै खर्च घरपरिवारले नै उपलब्ध गराएको बताए । आफ्नो व्यक्तिगत खर्च जोगाएर रोबट बनाएको उनले बताए । रोबटमा जनकपुरमै उपलब्ध स्रोत साधनको प्रयोग गरेको प्रस्ट गर्दै आर्थिक अभावका कारण आफूले चाहेजस्तो रोबर्ट बनाउन नसकेको उनले जानकारी दिए ।
उक्त रोबटमा चारवटा सिस्टम र बाह्रवटा बटम रहेको छ । कम पावरको रिमोट भएकाले पाँचसय मिटरको दूरीसम्म मात्रै काम गर्ने उनले बताए । रोबटले रिमोट कन्ट्रोल नियन्त्रणमा रही मानिस जस्तै हातलाई अगाडि पछाडि गर्ने, हिँड्ने, वस्तुलाई समातेर उचाल्नेलगायतका चाल देखाउने गरेको छ ।
उनका अनुसार रोबर्टमा स्थानीय सामग्रीहरु जस्तै रजिष्ट्रान्स, आइसी सेन्टर, ट्रान्जिस्टर, ग्रीन मोटर, घरेलु पार्टस्, रिले, इलेक्ट्रोनिक्स र मेकानिक्स पार्टसको प्रयोग गरिएको छ । उनको चाहना भविष्यमा गएर इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन पढेर रोबर्टिक्स बन्ने रहेको छ । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...