Skip to main content

शिक्षकहरूलाई चुनावी प्रचारमा नलाग्न चेतावनी


गणेश राई
काठमाडौ, कार्तिक १४ ,  सरकारले शिक्षकहरुलाई चुनाव प्रचारमा नलाग्न चेतावनी दिएको छ । यता शिक्षकहरुले आफ्नो ट्रेड युनियन अधिकार भन्दै चुनावमा लाग्न पाउने जिकिर गरेका छन् । शिक्षा विभागले शिक्षकहरुलाई चुनावी गतिविधिमा लाग्न नदिनका लागि देशभरिका मातहत निकायलाई पत्राचार गरिसकेको छ । आगामी मंसिर ४ गते हुने दोस्रो संविधानसभाको चुनावका निम्ति यो प्रक्रिया अघि बढाइएको हो । 'शिक्षकहरु विद्यालय समयमा चुनावी प्रचारमा लागेको गुनासो आएको छ,' विभागका निर्देशक टेकनारायण पाण्डेले कान्तिपुरसित भने, 'चुनावमा कर्मचारी अपुग भएको ठाउँमा शिक्षकलाई खटाइने भएकोले कुनै दल विशेषको प्रचारमा नलाग्न सचेत गराएका छौं । चुनावमा खटाउने काम निर्वाचन आयोगको हो ।' विभागले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको ध्यानार्षण गराएको हो । देशभरि दरबन्दीका १ लाख ७ हजारलगायत राहत, निजी स्रोतका गरी २ लाखभन्दा बढी शिक्षक छन् । उनीहरु ट्रेड युनियन अधिकार लिएर पार्टीगत रुपमा विभाजित छन् । एमाओवादीनिकट अखिल शिक्षक संगठन, कांग्रेसनिकट शिक्षक संघ, एमालेनिकट राष्ट्रिय शिक्षक संगठनलगायत छन् ।
शिक्षा विभागले पत्राचार गरेपनि शिक्षकले भने ट्रेड युनियन अधिकार भन्दै राजनीतिक मञ्चमा प्रतिनिधिमूलक सहभागिता जनाउने बताएका छन् । 'शिक्षकहरु नागरिक पनि हुन्,' राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले भने, 'हामी ट्रेड युनियनमा दर्ताप्राप्त छौं ।' ट्रेड युनियनको अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार सामाजिक, आर्थिक, बौद्धिक र राजनीतिक अधिकार दिएको अध्यक्ष थापाको दावी छ । 'राजनीतिक अधिकारअन्तर्गत चुन्ने र चुनिने अधिकार हुन्छ,' सरकारले राजनीतिमा नलाग्नु भन्नु संविधानविपरीत भएको उल्लेख गर्दै थपे, 'हामी शिक्षण सिकाइ प्रक्रिया र शिक्षण समय बाहेक टे्रड युनियन अधिकार प्रयोग गर्छौं तर संगठनको नाममा प्रचारप्रसार भने गर्दैनौं ।' दलहरुको घोषणापत्रलाई विश्लेषण गरी प्रगतिशील र आमूल परिवर्तन पक्षधर पार्टीमा लाग्ने उनले बताए ।
शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवाली सरकारले शिक्षकलाई राजनीतिक दलमा नलाग्न भन्नु मानवअधिकारको उल्लंघ हो भन्छन् । 'विद्यालयको कक्षा कोठामा शिक्षकले राजनीतिक गर्नु भएन,' अन्य कर्मचारी, पेशाकर्मीजस्तै शिक्षकले विदाको उपयोग गर्नसक्ने उल्लेख गर्दै भन्छन्, 'अन्य नागरिक सरह अन्तर्राष्ट्रिय टे्रड युनियनको मान्यताका आधारमा राजनीतिमा लाग्न पाउनु पर्छ । शिक्षकले बोल्नै मिल्दै भन्नु मानवअधिकारको उल्लंघन हो ।' शिक्षक युनियनका अध्यक्ष दिलबहादुर जोशी देशको मूल कानुन बनाउने संविधानसभाको चुनावमा शिक्षकहरु चूप लागेर बस्न नहुने बताउूछन् । 'शिक्षक बुद्धिजिवी नागरिक हुन्,' युनियन पेशागत संगठनहरुको संगठन भएकोले कुनै दल विशेष खट्न खटाउन नसक्ने उल्लेख गर्दै जोशी भन्छन्, 'देशको मूल कानुन बनाउने संविधानसभाका चुनावमा शिक्षकलाई चूप लागेर बस भन्नु उपयुक्त छैन । विद्यालय समयभन्दा बाहिर आफ्नो अधिकार प्रयोग गर्न पाउूछन् ।'
निर्वाचन आयोगले केही दिनभित्र सामुदायिक विद्यालयका शिक्षकलाई खटाउने जनाएको छ । 'सामुदायिक विद्यालयका शिक्षक खटाउने तयारी भइरहेको छ,' आयोगका प्रवक्ता बीरबहादुर राईले भने, 'जिल्ला जिल्लामा के कति संख्यामा आवश्यक छ भनेर विवरण संकलन भइरहेको छ । सातादिनभित्र टुंगो लाग्नेछ ।' प्रत्येक शिक्षक दलगत संगठनमा संवद्ध रहेका छन् । यतिखेर तिनै शिक्षकहरु देशभरिका प्रत्येक निर्वाचन क्षेत्रमा पार्टीगत चुनावी अभियानमा लागेका छन् । कतिपय नेताकै भूमिकामा छन् भने अधिकांश स्थानीय कार्यकर्ताका रुपमा दलहरुको पृष्ठपोषणमा लागीपरेका छन् । दलगत संगठनमा नरहेकाले पेशागत उन्नति नहुने आम शिक्षकको बुझाइ छ । निर्वाचन आचारसंहिताअनुसार विद्यालय हातामा चुनावी सभा गर्न पाइदैन तर अधिकांश चुनावी सभा विद्यालय आँगनमा हुने गरेका छन् ।
source : ekantipur.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...