Skip to main content

म्याग्दीका अपाङ्ग विद्यार्थीको शिक्षाका लागि प्रवासीले जुटाए रु ३३ लाख


म्याग्दी, ४ कात्तिक । म्याग्दी जिल्लाका अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि प्रवासीले रु ३३ लाख सहयोग जुटाएका छन् । 
 
रोजगारीको सिलसिलामा हङकङमा पुगेका म्याग्देलीले सिङ्गाको धौलागिरि माविमा सञ्चालित बहिरा, पुलाचौरका बालजागृति प्राविमा रहेको बौद्धिक अपाङ्गता र पिप्ले मौवाफाँटको ज्ञानोदय माविद्वारा सञ्चालित दृष्टिविहीन स्रोत कक्षा सञ्चालनका लागि सांस्कृतिक कार्यक्रममार्फत सहयोग सङ्कलन गरेका हुन् । 
 
म्याग्दी प्रवास नेपाली सङ्घ (मोना) हङकङद्वारा आज बेनीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका कोषाध्यक्ष कर्ण पुनले गत भदौमा हङकङमा गरिएको सांस्कृतिक कार्यक्रममार्फत रु ३३ लाख सङ्कलन गरिएको जानकारी दिनुभयो । 
 
म्याग्दीको मौलिक पञ्चेबाजा, यानीमाया, थालीनाचलगायत गीत र नृत्य प्रस्तुत गरिएको कार्यक्रममा रु ४३ लाख ५५ हजार ३८१ सङ्कलन भएकोमा रु १० लाख ५५ हजार ३८१ खर्च भई बचत भएको रु ३३ लाख अपाङ्गता स्रोत कक्षा सञ्चालन गरेका तीन विद्यालयलाई रु ११ लाखका दरले उपलब्ध गराइने कोषाध्यक्ष पुनले बताउनुभयो । 
 
अपाङ्गता स्रोत कक्षाका विद्यार्थीको भरणपोषण र शिक्षकको तलब व्यवस्थाका लागि खर्च गर्ने गरी सम्बन्धित विद्यालयका प्रअ, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि र मोना म्याग्दीका अध्यक्षको नाममा अक्षयकोष स्थापना गर्न लागिएको मोना हङकङका अध्यक्ष दल शेरपुञ्जाले जानकारी दिनुभयो । 
 
 सांस्कृतिक कार्यक्रममा हङकङमा रहेका म्याग्देलीको सक्रियता र गैरम्याग्देलीको पनि सहयोगका कारण लक्ष्यभन्दा बढी सहयोग सङ्कलन भएको अध्यक्ष शेरपुञ्जाले बताउनुभयो । 
 
फरक क्षमताका कारण विद्यालय जानबाट वञ्चित भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि सञ्चालन भएका स्रोतकक्षा दिगो स्रोतको अभावमा सङ्कटमा परेको समाचार विभिन्न सञ्चारमाध्यममार्फत जानकारी पाएपछि सहयोग जुटाइएको उहाँको भनाइ छ । 
 
हङकङमा रहेका म्याग्देलीको सहयोगका लागि स्थापित संस्थाले पछिल्लो पाँच वर्षयता मानवीय सेवाका लागि जिल्लामा रु ४५ लाखभन्दा बढी सहयोग भित्र्याएको जनाएको छ । हङकङमा करिब ८०० को हाराहारीमा म्याग्देली रहेका छन् । अहिले सिङ्गाको धौलागिरि माविमा सञ्चालन भएको बहिरा स्रोत कक्षामा १५, ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षामा ९ र  बालजागृति प्राविको बौद्धिक अपाङ्ग स्रोत कक्षामा २० जना बालबालिकाले शिक्षा लिइरहेका छन् । 
 
पछिल्लो तथ्याङ्कअनुसार जिल्लाभर २०८ अपाङ्गता भएका बालबालिका शिक्षाको पहुँच बाहिर रहेकामा गत वर्ष २०६८÷६९ मा घटेर १६७ मा झरेको थियो भने यो वर्ष मात्र थप नौ जना अपाङ्ग बालबालिका स्रोत कक्षामा भर्ना भएर पढ्न थालेका शिक्षा कार्यालयकी लेखाजोखा संयोजक कल्पना खड्काले बताउनुभयो ।
 source: merojilla.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...