Skip to main content

प्रवासी म्याग्देलीव्दारा विद्यालयलाई आर्थिक सहयोग


सन्तोष गौतम, म्याग्दी २०७० कात्तिक ८ । म्याग्दीको दुई विद्यालयलाई प्रवासी म्याग्देली व्दारा २ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।
भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय उच्च मावि र दानाको काभ्रेको सरस्वती प्राथमिक विद्यालयलाई बेलायत र हङकङका प्रवासी म्याग्देलीले आर्थिक सहयोग गरेका हुन् । सर्वोदय उच्च माविलाई शुक्रबार दाना ३ घर भई हाल बेलायतमा बस्दै आएका कमल पुर्जाले व्यक्तिगत रुपमा एक लाख १ हजार १८० रुपैया र म्याग्देली प्रवासी नेपाली संघ (मोना) हङकङका अध्यक्ष दल शेरपुञ्जा र कोषाध्यक्ष कर्ण पुनले १५ हजार रुपैया उपलब्ध गराएका छन् ।
उनिहरुले विद्यालयमै पुगेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल हिराचन र प्राचार्य कमलचन्द्र लामिछानेलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । मोना युकेका बरिष्ठ उपाध्यक्ष समेत रहेका पुर्जाले दानाको काभ्रेमा रहेको सरस्वती प्राबिलाई एक लाख रुपैया सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।
सरस्वती प्राबिले बिहीबार काभ्रेमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागि चिमखोले समाज युके, मोना युके र मोना हङकङका पदाधीकारीहरुले ७६ हजार र एनआरएन युकेका अध्यक्ष र सचिव योगकुमार फगामीले १० हजार रुपैया उपलबध गराएका थिए ।
www.ebaglung.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...