Skip to main content

शिक्षकका कमजोरी


अतीन्द्र दाहाल
समाजको सम्यता विकास र राष्ट्र निर्माणमा शिक्षाको भूमिका अतुलनीय हुन्छ । संसारका सबै प्रगति र विकास सम्बन्धित देशमा भएको शिक्षाको विकास र यसको प्रायोगिक सबलता अनि सफलताबाट नै सम्भव भएका हुन्छन् । समुन्नत राष्ट्र निर्माणका सिद्घान्त प्रतिपादन गर्ने व्याख्याताहरू सान्हा बन्धोपध्याय, सी हार्वर, जान जी जानम्याट पनि शिक्षाको गुणस्तर र समयसामयिकतालाई निकै महत्त्व दिन्छन् । त्यही भएर हो संसारका थुप्रै देशले शिक्षालाई देशको प्रमुख विकासकवच मान्छन् । सोही आत्मसात् गर्नुका कारण जापानले दोस्रो विश्वयुद्धपछि धेरै वर्षसम्म आफ्नो बजेटको लगभग ४९ प्रतिशत शिक्षामा खर्च गरेका तथ्यांंकहरू छन् ।
आजकाल शिक्षालय र त्यसमा अभ्यास हुने गतिविधिमा थुप्रै नाजायज पक्षहरूको घुसपैठ भएको छ । कमजोरी शिक्षा लिने, दिने र त्यसलाई व्यवस्थापन गर्ने सबैका होलान् । राजनीतिक हस्तक्षेप, लापरबाहीलगायतका विषय बारम्बार सञ्चारमा आइरहन्छन् । तर सिक्न र सिकाउन भनेर आएकाहरू दुवैमा सिकाइप्रतिको सही आचरण र तयारीको गम्भीर संंकट भएको तथ्यलाई भने अझै पनि सबैले स्विकार्न सकेको देखिंदैन । जसले सम्पूर्ण शिक्षालाई औपचारिक जागिरभन्दा बढ्ता प्रभावकारी बनाउन सकेको छैन । शिक्षा समाधानभन्दा बेरोजगार उत्पादनको साधन हुँदै छ । जसलाई लेखक एवं योगसाधक आचार्य श्री पथिकले आफ्नो पुस्तक त्रिभुजीय शिक्षामा समेत स्विकार्नुभएको छ । त्यही विसंगतिमध्येको एक शिक्षण पेसामा संलग्न थुप्रै आदरणीय गुरुबा गुरुआमाहरूमा नियमित अध्ययनको बानी र व्यवहारमा ठूलो अपचलन र स्खलन देखिनु पनि हो । विदेशका सामान्य कुनै पनि विश्वविद्यालयमा अध्यापन गराउने मानिसको व्यक्तिगत विवरण हेर्दा उनीहरूका प्रकाशन, लेखरचना, अध्ययन अनुसन्धान, अवधारणा प्रस्तुतिको निकै लामो सूची देखिन्छ । तर हाम्रा आम शिक्षकमा त्यो पाटोमा गम्भीर खडेरी पर्दै आएको छ । सबैले यो बुझ्नुपर्दछ कि ज्ञान र गफ फरक कुरा हुन्, गफ गर्न जान्नु नै ज्ञान दिन पनि जान्नु हैन । दुर्भाग्य, जसलाई हाम्रो शिक्षाले समानान्तर रूपमा बुझ्दै आएका छौं ।
शिक्षण पेसाको समाजमा उज्यालोको ज्योति छर्ने कर्तव्य त अवश्य हो । यो उज्यालो अति आवश्यक पनि छ । समाजले जुनसुकै मूल्य र मान्यतामा समेत यसलाई प्राप्त गर्नुपर्छ । तर उज्यालो छर्नलाई बत्ती बल्नुपर्दछ र बत्ती बल्नलाई तेल थपिरहनुपर्दछ भन्ने सत्य श्ााश्वत हो । यसलाई आम शिक्षाकर्मीहरूले मनन र कार्यान्वयन गर्नुपर्दछ । दशकौं पहिले कुनै तह पास वा उत्तीर्ण गरेकै आधारमा मात्रै कोही ज्ञानको उज्यालो छर्न सक्नेछ भनेर मान्न जायज हुँदैन । यहाँ त, असंख्य र ठूलो संख्यामा मानिसहरूले तेल थप्न कुनै प्रयास वा प्रयत्न नगरेको प्रस्ट नै देखिन्छ । दशकौं अगाडिको परिस्थिति र अवस्थाबाट समाज धेरै अगाडि बढिसक्यो । सभ्यताले विशाल फड्को मारिसक्यो । अनन्त अपचलन र विचलनहरू देखिइसके । तर अधिकांश शिक्षकहरूले आफूलाई रिसोर्सफुल, ज्ञानको विश्वसनीय स्रोत र उज्यालो छर्ने पुञ्ज भनिरहँदा धेरै अगाडि नै आफ्नो उज्यालो छर्न सक्ने सामथ्र्य समाप्त भएको आत्मसात् गर्दैनन् । र त्यसलाई पुनर्प्रयोग गर्न कच्चा पदार्थ तेलरूपी आवश्यक र अतिरिक्त अन्य अध्ययन अनुसन्धान नगरेकोे सत्यलाई बिर्सन चाहन्छन् । यो शाश्वत सत्यलाई आदर गर्नुपर्छ कि उज्यालो छर्न बत्ती बल्नुपर्दछ । बत्ती बल्नलाई तेल थप्नुपर्दछ । तर सरकारी संस्थाहरूमा शिक्षण गर्नेचाहिं कहिलेकाहीं हाजिर गर्न जाने र बाँकी समय झन्डा बोक्नेमा खर्चन्छन् । अनि निजीमा पढाउनेहरू हेलमेट बोक्दै, कुद्दै खोक्दै दिनमा १४ घन्टा पढाउन मात्रै हिंडेकै कारण अपवादबाहेक अधिकांश शिक्षकभित्रको त्यो उज्यालो दिने बत्ती भने निभिसकेको हुन्छ ।
पठनपाठन गराउने पवित्र कार्यमा संलग्न सबैले पढाउने जति नै वा त्योभन्दा ठूलो मात्रामा आफू पनि पढ्ने संस्कृति विकास गरेको बखत मात्र उज्यालोको बुझाइ र परिभाषा सार्थक हुन्छ । शिक्षक शिक्षिका उज्यालो छर्ने बत्ती छन् किनकि तिनीहरू बलिरहेका हुन्छन्, नियमित अध्ययन अनुसन्धानमार्फत बल्ने प्रयोजनका लागि नै नियमित तेल थपिरहेका छन् र आफूलाई निखारिरहेका छन् अनि निपुणतामा लागिरहेका छन् भन्ने साबित गर्नुपर्दछ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...