Skip to main content

मुलुकभरका सामुदायिक विद्यालयहरुमा अङ्ग्रेजी माध्यम लागू गरिने


प्रकृति अधिकारी,
काठमाडौँ, कात्तिक ४ गते । अब देशभरिका सबै सामुदायिक विद्यालयहरुमा अङ्ग्रेजी माध्यम लागू गरिने भएको छ ।
अङ्ग्रेजी भाषाप्रतिको आकर्षण बढ्दै गएपछि सरकारले सामुदायिक विद्यालयहरुमा अङ्ग्रेजी माध्यम लागू गर्ने तत्परता देखाएको हो ।
शिक्षामन्त्री माधवप्रसाद पौडेलले विद्यार्थीहरुले भाषाका कारण बाधा भोग्न नहुने बताउँदै भन्नुभयो, “त्यसैले सम्पूर्ण सामुदायिक विद्यालयहरुमा अङ्ग्रेजी भाषा लागू गर्ने प्रयासमा छौँ । शिक्षा मन्त्रालयबाट यसै महिनाभित्र यससम्बन्धी निर्णय गराउने सोच बनाएका छौँ ।”
विद्यालय तहमा अङ्ग्रेजी माध्यम लागू गरिए पनि अनिवार्य नेपाली विषय हटाइने छैन ।
निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने भन्दै हालका केही वर्षयता मुख्य गरी सहरी क्षेत्रका सामुदायिक विद्यालयहरुले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएका छन् । काठमाडौँ उपत्यकाका बजार क्षेत्रका कतिपय सम्पन्न सामुदायिक विद्यालयहरुले अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गर्दै आएका पनि छन् ।
अङ्ग्रेजी माध्यमबाट पठनपाठन गरिएका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारिएको पनि पाइएको छ ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यम लागू गर्ने कुरा असम्भव नै नभएको तर्क गर्दै भन्नुभयो, “सरकारले यसका लागि आँट देखाउन सक्नुपर्दछ । आँट गर्ने तागत सरकारसँग भए पुग्छ ।”
पाठ्यक्रम विकास केन्द्रले गत २०६० सालबाट कक्षा १ मा, २०६१ सालबाट कक्षा २ मा र २०६१ सालबाट कक्षा ३ मा एउटा अङ्ग्रेजी पुस्तक थप गरेको थियो । देशका कति सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ भन्ने यकिन तथ्याङ्क शिक्षा विभागसँग छैन ।
एसएलसी परीक्षामा सबैभन्दा बढी अनिवार्य विज्ञान, अनिवार्य गणित र अनिवार्य अङ्ग्रेजी विषयमा विद्यार्थीहरु अनुत्तीर्ण हुने गरेका छन् । अङ्ग्रेजी माध्यबाट पठनपाठन गर्दै आएका त्रिपद्म उमावि, जुद्ध पब्लिक उमावि लगायतका विद्यालयको एसएलसी परीक्षाको नतिजा प्रायः अब्बल नै रहँदै आएको छ ।
शिक्षामन्त्री पौडेलले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदा शिक्षकको समस्या पर्न सक्ने स्वीकार्दै भन्नुभयो, “अङ्ग्रेजी माध्यमबाट अध्यापन गर्न नसक्ने शिक्षकलाई तालिम दिनेछौँ ।”
शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले उपत्यकाभित्रका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन सम्भावना हुनसक्ने बताउँदै थप्नुभयो, “सामुदायिक विद्यालयका शिक्षकहरु सबैभन्दा बढी अङ्ग्रेजी भाषामा कमजोर छन् । अनिवार्य अङ्ग्रेजी विषयको पुस्तक नै अङ्ग्रेजी भाषामा नपढाइरहेको अवस्थामा अन्य विषय अङ्ग्रेजीमा पढाउन सक्लान् जस्तो लाग्दैन ।”
नेपाल शिक्षक युनियनका उपाध्यक्ष पूर्णा जोशीले तालिम नदिइएमा शिक्षकहरुले अङ्ग्रेजी माध्यमबाट अध्यापन गर्न नसक्ने स्पष्ट गर्दै अङ्ग्रेजी भाषामा पढाउन सक्लान्, तर भाव व्यक्त गर्न नसक्ने अवस्था रहन्छ भन्नुभयो ।
देशभरिमा हाल ३४ हजार ७८२ सामुदायिक विद्यालय छन् भने तिनमा सबै खाले गरी करिव दुई लाख शिक्षक कार्यरत छन् ।
Source:www.gorkhapatraonline.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...