Skip to main content

नमुना आवासीय माविको रजत महोत्सव शुभारम्भ


भूमिराज शर्मा
पर्वत, ८ कार्तिक
आजको आवश्यकता, प्रविधियुक्त गुणस्तरीय शिक्षा भन्ने मुल नाराका साथ २५ बर्ष पहिले स्थापित जिल्लाको साँच्चिकै नमुनाको रुपमा रहेको नमुना आवासीय उमाविको साताव्यापी रजत महोत्सवको एक भव्य समारोहका बीच शुभारम्भ गरिएको छ । शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमकाबीच महोत्सवको शुभारम्भ गरिएको हो । 
कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला शिक्षा कार्यालय पर्वतका जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलले संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा राज्यले धेरै लगानी गरेको भए पनि आशातित उपलब्धि हासील हुन नसकेको बताउनु भयो । जिशिअ पौडेलले भन्नु भयो–अब विद्यालयको संख्यात्मक बृद्धि भन्दा गुणात्मक अभिबृद्धिमा जोड दिनु आवश्यक भैसकेको छ । अभिभावकको चाहना अनुसार शैक्षिक गुणस्तर बढाउन सामुदायिक विद्यालयहरुले संस्थागत विद्यालयबाट सिको गर्नु पर्नेमा पौडेलले जोड दिनु भयो  । 
उक्त शुभारम्भ समारोहमा विद्यालयका शिक्षक एवं साहित्यकार अन्तिम गुरुङद्धारा लिखित कृति आजाद ध्वनिको विमोचन गरिएको थियो । सो कृतिको बारेमा प्रकाश पार्दै साहित्यकार एवं समालोचक राजेन्द्र पहाडीले पर्वतले गुरुङ जस्तो एक उदियमान साहित्यकार जन्माउनु गौरबको कुरा भएको विचार व्यक्त गर्नु भयो । कार्यक्रममा ०६९ सालको बार्षिक परीक्षा लगायत विभिन्न विधामा उत्कृष्ट स्थान हासील गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको बीच बीचमा विद्यार्थीहरुले विविध साहित्यिक र सांस्कृतिक प्रस्तुतिहरु राखेका थिए ।  
कार्यक्रममा प्याब्सन पर्वतका अध्यक्ष केशवराज पुरी, एन प्याब्सन बाग्लुङका अध्यक्ष बालकृष्ण शर्मा, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य भूमिराज शर्मा, देउपुर नमुना आवासीय माविका प्रिन्सिपल बलराम शर्मा, अभिभावक यम प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा विद्यालयका प्रिन्सिपल यमप्रसाद शर्माले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियोे भने कार्यक्रमको संचालन सहायक प्रिन्सिपल खेमराज शर्माले गर्नुभएको थियो ।
रजत महोत्सवककै अवसर पारेर विद्यालयले बिहीबार पत्रकार र प्याब्सनबीच मैत्रीपूर्ण फुटवल खेल सम्पन्न गरिसकेको छ  भने शुक्रबार  विद्यालय प्राङ्गण समेत टोल, मूल सडक सफाई र सरसफाई सम्वन्धी जापानी स्वयम्सेवकबाट विद्यार्थीहरुलार्ई तालिम र शोभायात्रा सम्पन्न गरेको छ । 
विद्यालयका प्रिन्सिपल यमप्रसाद शर्माले दिनु भएको जानकारी अनुसार आज शनिबार सदरमुकाम स्थित शिक्षण संस्थाका शिक्षकहरुबीच प्रतियोगितात्मक भलिबल खेल र सदरमुकाम स्थित विद्यालयका विद्यार्थीहरुबीच भलिबल प्रतियोगिता हुँदैछ । यसैगरी  १० गते   रक्तदान शिविर सञ्चालन, ११ गते जिल्ला स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता र अभिभावक, विद्यार्थी स्तरीय चेस प्रतियोगिता   (आन्तरिक), चित्रकला प्रतियोगिता, १२ गते जनशक्ति पलायन र यसको समाधान शीर्षकमा अन्तर मावि, उमावि तहको अञ्चल स्तरीय(संयुक्त) वक्तृत्व    प्रतियोगिता, १३ गते महिला शिक्षकहरुको म्युजिकल चियर गेम र पोते माला उन्ने प्रतियोगिता, कक्षा एक पाँचका लागि म्युजिकल चियर गेम र दौड, पुरुष अभिभावकका लागि ठेलो फाल्ने र घैटो फुटाउने खेल संचालन हुने जनाइएको छ । 
महोत्सवको अन्तिम दिन १४ गते रजत जयन्ती  समारोह मूल कार्यक्रम अन्तर्गत रजत जयन्ती स्तम्भ अनावरण, दिप प्रज्वलन, व्यानर उद्घाटन, बेलुन उडाउने, परेवा उडाउने विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, सम्मान, उपहार, मायाको चिनो प्रदान र विविध कार्यक्रमका साथ रजत महोत्सव समापन  गरिने विद्यालयले जानकारी दिएको छ । 

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव