Skip to main content

हल्लामा सीमित नहोस् अंग्रेजी माध्यमको शिक्षण सिकाइ


भुमिराज शर्मा
सरकारले देशभरिका सबै सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यम लागू गर्ने बताएको छ । अंग्रेजी भाषा प्रतिको मोह बढ्दै गएपछि सरकारले सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यम लागू गर्ने तत्परता देखाएको हो । निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने भन्दै केही बर्षयता सहरी क्षेत्रका सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएका छन् । कतिपय सम्पन्न सामुदायिक विद्यालयहरुले अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गर्दै आएका पनि छन् । अंग्रेजी माध्यमबाट पठनपाठन गरिएका विद्यालयहरुको शैक्षिक गुणस्तर केही सुधारिएको पनि पाइएको छ ।
तर मुलुकका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम लागू गर्ने कुरा अत्यन्तै जटिल छ । यो माध्यमबाट पठनपाठन गराउँदा सामुदायिक विद्यालयमा अंग्रेजी भाषामा दक्ष शिक्षकको समस्या पर्न सक्ने अवस्था छ ।  सरकारले अंग्रेजी माध्यमबाट अध्यापन गर्न नसक्ने शिक्षकलाई तालिम दिने बताए पनि सरकारले प्रदान गर्ने कुनै पनि तालिमहरु प्रभावकारी हुन सकिरहेका छैनन । सामुदायिक विद्यालयका शिक्षकहरु सबैभन्दा बढी अंग्रेजी भाषामा कमजोर छन् । अहिले अनिवार्य अग्रेजी विषय त नेपाली माध्यममा पढाइरहेको अवस्थामा अन्य विषय अंग्रेजी माध्यममा पढाउन सक्ने देखिँदैन । अहिले अभिभावकमा देखिएको अंग्रेजी भाषा प्रतिको मोहले सामुदायिक विद्यालयका शिक्षकहरु पनि यही भाषामा शिक्षण गर्न बाध्य भएका छन् । तर यसरी विना तयारी र विना अनुभव अंग्रेजी माध्यमका पाठ्यपुस्तक पठन पाठन गराउँदा विद्यार्थीहरु न अंग्रेजीमा नत नेपालीमा दख्खल राख्छन् । दुबै भाषामा कमजोर हुन सक्ने अवस्था नआउला भन्न सकिन्न । अंग्रेजी राम्रोसँग उच्चारण गर्न नसक्ने र भाव समेत नबुझ्ने शिक्षकहरुबाट गरिने अंग्रेजी माध्यमको शिक्षणले भर्खरै भाषा सिक्दै गरेका ससाना बालबालिकाहरुको शाब्दिक उच्चारण कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।  
त्यस्तै गरी विद्यार्थीहरुलाई पनि ससाना कक्षाहरुबाटै राम्रो जग बसालेर अंग्रेजी नसिकाउने हो भने अनिवार्य अंगे्रजी माध्यम फर्सीको मुखमा कुभिण्डो जस्तै हुन्छ । केही मेधावी बिद्यार्थीहरुले फाट्ट फुट्ट अंग्रेजी बोल्दैमा अंग्रेजी माध्यम सफल भएको मान्न सकिदैन । जबसम्म उनीहरुले मनले चिताएको कुरा नरोकिइकन अंग्रेजी माध्यममा व्यक्त गर्न सक्षम हुँदैनन्, बुझ्न सक्दैनन्  तब सम्म शिक्षण सिकाइ सफल भएको मान्न सकिदैन । तसर्थ सरकारले सामुदायिक विद्यालयहरुमा समयको माग अनुसार साँच्चिकै  अंग्रेजी माध्यमको अभ्यास गराउने हो भने अंग्रेजी माध्यममा अध्यापन गर्न नसक्ने पुराना शिक्षकहरुलाई विदाई गरी नयाँ, भाषिक दक्षता भएका जागरुक र परिश्रमी शिक्षकहरुलाई भित्र्याउने तर्फ कार्य अगाडि बढाउनु पर्दछ । अंग्रेजी माध्यमका लागि आवश्यक पर्ने दक्ष जनशक्ति, सन्दर्भ सामग्री र प्रविधिहरुको प्रयोगमा जोड दिनु आवश्यक छ ।  अन्यथा सामुदायिक विद्यालयको अंग्रेजी माध्यम केबल हल्लामै सीमित रहीरहनेछ ।   

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...