Skip to main content

नेकपा-माओवादी सम्बद्ध शिक्षक, कर्मचारी अप्ठ्यारोमा


काठमाडौं: ११ कार्तिक 
 संविधानसभा निर्वाचनमा खटिनुपर्ने भएपछि नेकपा-माओवादी सम्बद्ध सरकारी कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक अप्ठ्यारोमा परेका छन्।

राष्ट्रिय निजामती कर्मचारी कर्मचारी संगठन आबद्ध राष्ट्रसेवक कर्मचारी र अखिल नेपाल शिक्षक संगठन आबद्ध शिक्षकहरू पार्टी निर्देशनअनुसार निर्वाचन बहिष्कार गर्ने वा निर्वाचन गराउन सरकारले खटाएको स्थानमा खटिने भन्नेमा अन्योलमा छन्।

माओवादी निकटका सरकारी कर्मचारी र शिक्षक निर्वाचनविरोधी भेला, सभा र सम्मेलनमा सहभागी भइरहेका छन्। चुनाव बहिष्कार गर्ने माओवादी निकट कर्मचारी संगठन र शिक्षक संगठनका पदाधिकारीका गतिविधिलाई समेत प्रहरीले निगरानीमा राखेको छ। उनीहरू निर्वाचनमा नखटिन विभिन्न वहानाबाजीको खोजीमा छन्। तर सरकारले सबै राष्ट्र सेवक कर्मचारीलाई निर्वाचनमा खटाउने प्रक्रिया अगाडि बढाइसकेको छ।

माओवादी निकट निर्वाचन प्रक्रियामा सहभागी भए पार्टीको नीति पूरा नहुने, बहिष्कार गरौं भने सरकारी जागिरको माया। यी दुई विषयले माओवादी निकट कर्मचारी र शिक्षक पिरोलिएका हुन्।

सरकारले पनि राष्ट्रसेवक कर्मचारीले चुनाव बहिष्कार गरे कडा कारबाही गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद् अध्यक्षले नै पटकपटक निर्वाचन सफल तुल्याउन नलाग्‍ने वा आलटाल गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न निर्देशन दिइसकेका छन्। निर्वाचन सफल तुल्याउने कार्यमा नखटिने निजामती सेवा नियमावलीअनुसार मात्र होइन कर्मचारीलाई निर्वाचन अपराध (सजाय र कसुर) ऐन कारबाही गर्ने तयारी गरेको छ।

सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी समालेका सञ्चारमन्त्री माधव पौडेलले सरकारले खटाएको स्थानमा जान आनाकानी गर्ने राष्ट्रेसवक कर्मचारीमाथि कडा कारबाही गर्ने बताए। ‘राष्ट्र सेवक कर्मचारीले निर्वाचन बहिष्कार गर्न खोज्नु अपराध हो’, मन्त्री पौडेलले भने।

माओवादी निकट कर्मचारी र शिक्षक आफ्नो कार्यक्षेत्रमा सशक्त निर्वाचन बहिष्कार गर्नुपर्ने पक्षमा छन्। राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष रुक्म लामिछानेले पार्टीले अख्तियार गरेको बहिष्कार नीति नै आफूहरूले अवलम्बन गर्ने बताए। ‘निर्वाचन बहिष्कारकै नीति हो’, उनले भने, ‘तर राष्ट्र सेवक कर्मचारी भएकाले राज्यले खटाएको स्थानमा हामी निर्वाचन गराउन जान्छौं।’

अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर बीसीले शिक्षकसँग विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन नगरेसम्म निर्वाचन बहिष्कार गर्ने बताए। ‘राष्ट्रिय सहमतिबेगर भएको निर्वाचनको कुनै अर्थ छैन’, उनले भने, ‘सरकारी शिक्षक निर्वाचन गराउन राज्यले खटाएको स्थानमा गए पनि भोट हाल्दैनौं।’ माआवादी सम्बद्ध सरकारी कर्मचारी र शिक्षकको संख्या ४० हजार रहेको दाबी उनीहरू आबद्ध संगठनले गरेका छन्।
- अन्नपूर्ण पोष्ट

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...